७ जुलाई, युके। ब्रिटिश हसपिटालीटि संघ एक राष्ट्रिय ट्रेड युनियन हो जहा सुरक्षा लेजर होटल रेष्टुरेण्ट र अन्य विविध प्रकारका फुड एन्ड बेभरेज लगायतका करीब पचास हजार स्थापित कम्पनीहरु यस युनियनमा आबद्ध छन्। सो संस्थाले यस बर्षको हसपिटालीटि अवार्ड कार्यक्रमको आयोजना हसपिटालीटि स्किल एलायनस संघ र अर्वार्डी¨ बोडीको सहकार्यमा गरेको हो। उक्त आतिथ्य सत्कार शिल्पविधामा युकेमा रहेका तमाम होटल तथा हसपिटालीटि क्षेत्रमा कार्यरतले भाग लिन पाउदछन र लिएका थिए। सबै प्रतिस्पर्धीहरुलाई पछि पार्दै यस बर्ष सन् २०१० को हसपिटालीटिको अवार्ड गुल्मी जिल्ला निवासी हाल यु केमा सोफिटल लण्डन हिथ्रोमा सुरक्षा अधिकारीका रुपमा कार्यरत भू पू ब्रिटिश आर्मीका लेफटॆन कुल बहादुर बुराथोकीका छोरा रमेश बुराथोकीले आतिथ्य सत्कार शिल्पविधाको अवार्ड पाएका हुन्।
ब्रिटिश हसपिटालीटि उधोगले हरेक बर्ष करीब १९ बिलियन पाउण्ड लगानी गर्दै बर्षमा करीब २.५ मिलियन व्यक्तिले यो क्षेत्रमा विभिन्न प्रकारका कामहरु गर्दै आएका छन्। यस हसपिटालीटि क्षेत्रको मुख्य लक्ष्य दक्ष जनशक्तिको उत्पादन कामको सम्मान र प्रोत्साहन पनि रहेको छ। यो प्रतिस्पर्धात्मक प्रतियोगिता गत १३ र १४ जुन २०१० का दिन सु सम्पन्न भएको थियो। उक्त प्रतियोगिताको नतिजा गत हप्ता मात्रै प्रकाशित गरिएको थियो। प््रातियोगितामा सम्बन्धीत क्षेत्रमा कार्यरत तमाम व्यक्तिहरुले सहभागिता जनाएका थिए। तर निर्णायकहरुको नजरमा रमेश बुराथोकी यस बर्षको सर्वोउत्कृष्ट भएका थिए। एक वृहत समारोहका बीच उक्त अवार्ड वितरण गरिएको थियो। उक्त समारोहमा आफनो मन्तव्य राख्दै डेभिड र बबले सार्वोउत्कृष्ट रमेश बुराथोकीलाई यो बर्षको हसपिटालीटि एपि्रन्टस अवार्ड दिएका थिए।
स्मरण रहोस उक्त युनियनले यस प्रकारको प्रतियोगिता हरेक बर्ष आयोजना गर्दै आएको छ।



















