डीबू मगररत्नाले आकस्मात कम्प्युटरको 'स्वीच अफ' गरिदि ई। फरक्क फर्कि ई अनि आफ्नो ओछ्यानमा गएर गम्लंग घोप्टि ई। घुँक्क घुँक्क गर्न थाली। साँच्चै रुन थाली। आँशुको खोलो बगिरहेको थियो। घोप्टो परेर रोएकी ले आँशु नाकको डांडी हुँदै ओछ्यानमा खस्दै थियो। केही मुखतिर पस्दै थियो भने केही चिउँडो हुँदै तन्नामाथि तर्किरहेको थियो। उता उसको श्रीमान् एकछिन् हल न चल ,अक्क न वक्क भएर बसिरह्यो। एक घण्टा लाएर गरेको काम 'सेभ' गरेकै थिएन सत्यानाश पारिदि ई। 'ब्ल्याक् आ उट' भए जस्तै भयो। मन मनै सोंच्यो, घोरियो तैपनि चुपै लागेर बस्यो केहिबेर। त्यसपछि लुखुर लुखुर ओछ्यान कोठातिर लाग्यो। रत्ना रोइरहेकी नै थि ई। के भो रत्ना ? किन रोइरहेकी ? उसले सोध्यो। तैपनि रत्ना बोलिन। कम्प्युटरको 'स्वीच अफ' गरिदिएको मा उसलाइ रिस नउठेको त कहाँ हो र तैपनि केहि भएकै हो कि भनेर रत्नालाई सोध्न थाल्यो।'किन रो ई रहेकी प्रिया ?' उसले केहि फकाए जस्तो र केही जिस्काए जस्तो गरेर सोध्यो। 'त्यही कम्प्युटर समाएर बस्नू नि'एकै सासमा झम्टि ई रत्ना। ऊ साँच्चै रिसाए जस्तै देखिन्थी। गाला राता राता देखिन्थे। रुवाई अझै सकिएको थिएन। आँशु बगिरहेकै थियो ,परेली भिजेकै थियो। सुँक्क सुँक्क गर्दा गर्दै सिंगानका फोकाहरु नाकका पोरावाट फरर निंस्कदै फुट्दै गर्थे। रत्ना यस्ती कहिलैपनि थि इन। राम्रो घर परिवारमा हुर्केकी पढे लेखेकी अैमा ई हो। श्रीमान् लाई अरु त के तिमी भनेरपनि सम्बोधन गरेकी थि ईन। तर किन यति हद्सम्म तल झरी आज ? शिष्टाचारको न्युनतम विन्दुवाट पनि तल झरी। खासमा कता कता तनावमा देखिन्थी र साँच्चै 'सिरियस' देखिन्थी ऊ।
रत्नाले कम्प्युटर बन्द गरेको र त्यस्को बारेमा प्रयोग गरेको वाक्यको आशय बुझे झैं उसको श्रीमान् ले ओछ्यान पस्ने सुर कस्यो। भुइँमा लत्रेका खुट्टालाई एकैसाथ उठाई परतिर धकेल्ने प्रयास गर् यो तर पूरै ज्यान छोडिदिएकी ले सार्नै सकेन। फेरि दुवै हात र आफ्नो खुट्टाको पनि भर गरेर बल्लतल्लमाथि राख्यो। रत्ना एकै गुजुल्टो परी। टाउकालाइ यसो सिधा पारेर ज्यानलाई उता धकेल्यो अनि खालि रहेको सानो च्यापमा पल्टियो।
------- केहीबेरपछि रत्ना पर्लक्क उता पल्टि ई। लोग्ने ख्वार ख्वार्ति घुर्न थालिहाल्यो। रत्नाका आँखा भने आँशुमा डुब्न थाले। उसका आँखा वरिपरि घरि लोग्ने घरि कम्पुटर गर्दै घुम्न थाले,फायलका चाँगहरु घुम्न थाले। उठेर लोग्नेलाई कोपरुँ कि जस्तो लाग्न थाल्यो। फायल सायल च्यातूँ अनि कम्प्युटर नै फुटाइ दिउँ कि जस्तो लाग्न थाल्यो। एकपटक लामो सास तनेर तनक्क तन्कि ई सिरक भित्रै। उसलाई कता कता तिर्खा लागेको हो कि नलागेको हो, निंद्रा लागेको हो कि नलागेको हो पत्तै भैरहेको थिएन। वाक वाक लाग्ला जस्तोपनि हुने,मुख सुकेको जस्तोपनि हुने भैरहेको थियो। कस्तो हो कस्तो एक किसिम थाहै नहुने छटपट महसुस भैरहेको थियो। त्यहि बेला मनमा तर्कनाका रासहरु बुर्कुसि मार्दै आ उन थाले। पहिले पहिले उसको श्रीमान् यस्तो थिएन। पटक्कै यस्तो थिएन। भर्खरै विहे भएको बेलामा ऊ त्यही हाकिम थियो। अहिलेपनि त्यही हाकिम हो, त्यही काम हो। पहिले पहिले त्यस्तो फुर्सदिलो मान्छे अहिले किन 'विजी' ? अघिका दिनहरुमा ऊ हरेक साँझ रत्नाकै लागि खर्च गर्थ्यो। विदाका दिनहरुपनि सबै रत्नाकै लागि हुन्थे। एकापसमा खुबै मीठा मीठा कुरा गर्थे। खालि समय रह्यो कि रमाइला ठाउँहरु घुम्न जाने या 'शोपिङग' जाने अथवा नाम चलेको 'रेस्टुरेण्ट'मा खान जाने गर्थे। तर आजभोलि ऊ अरु दिनपनि ढिलो अौँछ र आएपनि थाकेको छु भन्छ सुत्छ। विदाका दिनमा पनि कम्प्युटरमा झुण्डिरहन्छ। उनीहरुका व्याक्तिगत या पारिवारिक कुराहरु केही हुनै पाउँदैन। रत्नालाई के कसो छ सोध्दापनि सोध्दैन। रत्नाको मनमा शंकाका बादलहरु मडारिन थाले। लोग्नेका 'अफिस' र 'कारिन्दाहरु' घुम्न थाले। किनकि बेला बेला अन्य 'हाकिम' र 'सेक्रेटरिहरु'को कथा सुनेकी थि ई उसले। कतिपयको घर बिग्रेको र बिगारिएको देखेकिथी,सुनेकिथी।
रत्नाले आफ्नो विगत सम्झन थाली। कसरी त्यो पट्ठोसंग भेट भएको थियो अनि कसरी तिनीहरुको विहे भएको थियो भन्ने कुरा। रत्ना आफू एक कुलघरानकी केटी थि ई। खानदानी हैसियत भएर नै ऊ अ मेरिका पढ्न गएकी थि ई। त्यहिं भेट भएको थियो त्यो पट्ठो युवकसंग। शुरुमा दुवै नेपाली भएको अनि एुटै कलेज पढ्ने भएको ले चिनजान भएको थियो। उता गच्छे त्यहाँसम्मको नभएपनि 'स्कलर्शिप'मा पढ्न गएको रहेछ ऊ। पढाईमा रिप्पु थियो, मान्छेपनि त्यतिको ठीकै हो। चिनजान हुंदै गयो, हिमचिम बढ्दै गयो। रहंदा बस्दा 'लभ' पो पर्न थालेछ। केही दिनमै उनीहरु एकापसमा छुट्नै नसक्ने भए। पारिवारिक प्रिष्ठभूमि कहाँसम्मको हो त्यो थाहा थिएन। खानदान मिल्दैनथ्यो भन्ने सुइँकोसम्म पाएकी थि ई। तरपनि ऊ शिवाय कोही भएन, केही चाहिएन रत्नालाई त्यो बेला वावा। त्यसैगरी रत्नाले सुनाए अनुसार राजनीतिक, सामाजिक, आर्थिक कुनैपनि हैसियतमा आफू उसको दाँजोमा नभएको भन्ने बुझेकोले भित्र भित्रै सशंकित थियो केटोपनि। सतहमा जे भनेपनि, जे सोंचेपनि खासमा छोड्न त ऊ पनि कहाँ सक्थ्यो र। उनीहरुले विहे गर्ने नै भए। नेपाल फर्केपछि विहेको कुरा मिलाउने जिम्मापनि रत्नाले नै लि ई। खानदान र संस्कारले गर्दा त्यति सजिलो त थिएन नै तैपनि उनको परिवार आधुनिकतामा ढल्केको ले केही आस भने लागेको थियो। एकदिन रत्ना आमाको पछि पछि लाग्न थाली। आमा जता जान्थिन् ऊ उतै लाग्थी। बाहिर गए बाहिरै भित्र गए भित्रै जान्थी। रत्नाको यस्तो चाल देखेपछि के भो रत्ना ? भनेर आमाले सोधिन्। रत्नाले ङ्यासि पारी। केही होइन भन्दै उछल्लिएर आफ्नो कोठातिर खुँिकि ई। उसले कहिलै यसो गर्दिनथी। रत्नालाई आज के भएछ भन्ने ठानी आमाले फेरि सोधिन्। 'के खोज्छस् कानो, आँखो' भने झैं भयो उसलाई पनि। शुरुमा त रोएजस्तै गरेर नखरा पारी आमाले केही कर गरेपछि आफ्नो कहानी सुनाई। सबै कुरा सुनिसकेपछि जवाफमा आमाले वुवाज्यु ले के भनिसिन्छ ??? भन्नु भयो। त्यति नै काफि थियो रत्नाको लागि किनकि उसका कुरा आमाले ठाडै अस्वीकार गरिनन्। उसलाई थाहा छ आमाले स्वीकार् गर्नु भनेको उसको कुरा पक्का हुनु हो। हो यसरी फेला पारेकी थि ई आफ्नो राजकुमारलाई।
उनको मनमा खुल्दुली अझै बढ्न थाल्यो। विवाहपूर्व र विवाहेत्तरका कुराहरु फेरि एकपटक तरंगित भएर आए। ऊ साना साना कुरामा पनि कति जिद्दि गर्थी अनि श्रीमान् ले उसका ती चाहानाहरु कसरी पूरा गरिदिन्थे। तर आजभोलि-------? एकपटक सोधेर हेरुँ न त भन्ने लाग्यो। त्यसैले श्रीमान् लाई यसो खुसुक्क चियाई तर ऊ भने ख्वार ख्वार्ति निंदाइ रहेको थियो मानौं उसलाई निंदाउन बाहेक अरु केहीसंग सरोकार छैन। रत्नालाई अझ घ्रिणा जागेर आयो ऊ प्रति। उसले सोंचेकिथी कि ऊ उता पर्लक्कै पल्टिंदा श्रीमान् ले आफूतिर तान्नेछ, अंगालोमा बेस्मारी कस्दै म्वाइ खानेछ अनि उसलाई के भएको हो सोध्नेछ, तर ऊ त--------। रत्ना एक्कासि जुरुक्क उठी, दराज खोली। दराजभरि गरगहनाहरु थिए। ती मध्य कुनै माइती तर्फका थिए अनि कुनै आफ्नै बिहेमा श्रीमान् ले किनिदिएका। ती गहनाहरु दाहिने हात देब्रे हात गर्दै हेर्न थाली। त्यो बेला त्यो गहनाको कुनै मूल्य थिएन उसको लागि केवल फोस्रो कुनै धातु वाहेक। त्यही बेला 'बैंक पासबुक' मा आँखा गयो। खातामा थुप्रै नगद मौज्दाद देखिन्थ्यो। श्रीमान् हाकिम भएपछि कमाएको पैसा थियो त्यो। पैसा जति नै भएपनि त्यसको कुनै अर्थ थिएन। त्यो केवल लेखाइमा सीमित थियो उसको लागि। एकछिनपछि किन हो रत्ना खुरु खुरु बैठक कोठातिर लागी। सजाएर राखिएका प्रशंसा-पत्र, प्रमाण-पत्रहरु तिर आँखा दौडाई जुन श्रीमान् का नाममा सजिएका थिए। रत्ना किन किन फिस हाँसी अनि आफूलाई हेर्दै ती प्रमाण-पत्रहरु नियाँल्दै गर्न थाली। त्यसपछि उनका आँखा त्यही कम्प्युटरमा गएर टक्क अडिए। छेउमा फायलको चाँग छदै थियो। त्यो कम्प्युटर र फायलहरु देख्ने बित्तिकै रिसको पारो चढेर आयो। ऊ त्यसै जर्कि ई। दुवै हात बढाएर कम्प्युटरलाई समाउन के आँटेकिथी,आफै रोकि ई। नजर भने एकटक त्यसैमा अडिरह्यो। उनको मथिङ्गलमा फेरि एकपटक विगतहरु मडारिन थाले। त्यही कम्प्युटर विगतमा कति उपयोगी थियो उनको लागि। आफूभन्दापनि प्यारो थियो त्यही कम्प्युटर। त्यही कम्प्युटरको 'च्याट'ले गर्दा उनीहरुको 'लभ' अझ झांगिएको थियो। साँच्चै भन्नु हो भने उनीहरुको विहे त्यही कम्प्युटरले गराइदिएको थियो। विहे ??? सम्झने वित्तिकै रत्ना बिजुलीको करेण्ट लागेजस्तै गरी झस्कि ई अनि कम्प्युटर समाउन बढाइेका हात आफैतिर तानी। त्यसपछि किन हो बेजोड दौडेर सुत्ने कोठा पुगी। कुर्कुच्चा उचाल्दै बिस्तारै श्रीमान् लाई च्याई, ऊ भने एकतमास निंदाइ रहेको थियो केवल एकतमास निंदाइ रहेको थियो।


















