रुद्र बहादुर श्रीस मगर
गलकोट हरिचौर-३ बागलुङ
साँच्चै कला चाहिन्छ नि भाषण गर्नलाई त
सक्दो सीप चाहिन्छ है शासन गर्नलाई त
नेपालीलाई उल्लू बनाइ शासन गर्नेहरु अब
जनतालाई बुझ्नुपर्छ आसन गर्नलाई त
समानताको बिगुल अब फुकिनुपर्यो यहाँ
सबका साझा हुनुपर्छ शासन गर्नलाई त
जस्ताले नि शासन गरे हुने हाम्रो देशमा
समानता नै बोक्नुपर्छ शासन गर्नलाई त


















