अमृत गर्बुजा मगर
चिमखोला - ५ म्याग्दी
हाल - जोर्डन, हङकङ
खोई म त बेरोजगारी जता पनि हिंडिदिन्छु
कुनै पनि प्रकारको किन नहोस अल्कोहल सबै पीइदिन्छु
तर मलाई मतलव छैन
रातभरी सेभेन-ईलेभेन र नाईट मार्केट घुम्दछु
शोक-सुर्ता छैन मलाई दुई तीन बजे सम्म सुत्दछु
तर मलाई मतलव छैन
साथी-भाई, ईस्टमित्र सबैले वास्ता गर्न छाडि सके
बैङ्क ब्यालेन्स र एमपिएफको रकम पनि मासी सके
तर मलाई मतलव छैन
रामे, श्यामे र किस्नेको सापटी पनि तिरेको छैन
फुट्या कौडि नभएर यसपाली मङ्किहिल गईन
तर मलाई मतलव छैन
जेबमा पैसा हुँदा तीन चार वटी गर्लफ्रेन्ड बनाईयो
हङकङको दश बर्षको कमाई यौन, जुवा र तासमा चढाईयो
तर मलाई मतलव छैन
बाबाले आईडी किनी दिएर १९९५ मा हङकङ आएको हो
शुरु शुरुमा चेक्लाकोकमा राम्रो नोकरी पाएकै हो
चेक्लाकोकको पैसाले पोखरामा एउटा झुपडी किनेकै हो
मामा फकाउन आएर मामाको छोरी सालीलाई बिहे गरेकै हो
तर मलाई मतलव छैन
रोजगारी र कमाउने हुँदा सबैले हाई हाई गरे
बेरोजगारी बेकम्मा र हावा दारी हुँदा सबै पर सरे
तर मलाई मतलव छैन
बेरोजगारी भनेपछी फोन पनि नगर्ने, बाटो काट्ने यहाँको चलन रहेछ
दु:ख-सुख बुझ्ने, हाई हेल्लो गर्ने मानवीय भाव राख्ने चलन पनि गएछ
तर मलाई मतलव छैन
जीन्दगीको परिभाषा भनेको नाङ्गै आउने, नाङ्गै जाने हो
अरु भन्दा पनि मेरो काली र छोरा माईकलले साह्रै दु:ख पाउने भयो
मेरो काली र छोरा माईकलले साह्रै दु:ख पाउने भयो---------------!


















