HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home साहित्य शहीदको मुल्य बुझ (तुल्सीराज राना मगर)

शहीदको मुल्य बुझ (तुल्सीराज राना मगर)

E-mail Print PDF
AddThis Social Bookmark Button

तुल्सीराज राना मगर
जोर्डन, हङकङ 

नयाँ नेपाल बनाउने नेताहरु
नयाँ नयाँ क्रान्तिको बिस्कुन फिजाई
नयाँ नयाँ शहीदको खेती गर्ने नेताहरु
धिक्कार छ तिम्रो नेतागिरिलाई
तिम्रो लोकचारी भसणलाई 
तिम्रो भाषण गर्ने प्रवृत्तिलाई
 
शहीदको अवमुल्यन गर्ने तिमी नै हौ
जनतालाई सुली चढाउने तिमी नै हौ
शहीदको थोपा थोपा रगतले
लाखौं लाख शहीद जन्मन्छ भन्ने तिमी नै हौ
खोई तिमीमा देशभक्ति ?
खोई तिमीमा नेपाल आमाको माया ?
 
सामान्य ज्वरो आए पनि
रुघा खोकी लागेपनि
स्वास्थ्य उपचारको लागि दिल्ली धाउंछौ
राजनीतिक उपचार गरेर घर फर्कन्छौ
कुर्लन सम्म कुर्लन्छौ नेपाल आमाको छातीमा टेकेर
दिल्ली दरबारको दरिलो उपचार देखेर
 
मलाई धेरै गर्व लाग्ने गर्छ
लखन थापा मगरको ईतिहास पढेर
जङ्गे शासनको बिरुढमा
जनतालाई एकजुत पारेर
जनताको मुक्तीको लागि
गए उनी शहीद बनेर
 
ए शहीदको रगतमा होली खेल्ने नेताहरु  हो
थाहा छ प्रथम शहीद को हो भनेर ?
थुइक्क तिमी त सत्ता तिकाउने जाल बुन्दै छौ
शहीदहरुको रगतको मुल्य भुल्दै छौ
पढ अनी सुन  ईतिहास साछी छ
प्रथम शहीद लखन थापा  हो भनेर
 
खबरदार नेताहरु ----------!
सत्ता र  भत्ताको भागबन्डामा मात्र होईन
शहीदको रगतको कदर गर्न सिक
आफुमा भएको घमन्ड झिक
शहीदको खेती  गर्न बन्द गर
शहीदको रगतको सम्मान गर
 
Comments (4)
excellent
1 Saturday, 06 March 2010 02:29
soaltee
excellent poem, keep on writing ..wishing you all the best .
अति राम्रो कविटा | यथार्थवादी
2 Sunday, 07 March 2010 13:21
रुबेन पुन मगर
आज सम्म मैले नेपाली हङ्कङ डट कममा थुप्रै कबिटाहरु पढे तर तुल्सी दाइको जस्तो कबिटा पढेको थिएन | वास्तवमा यो हो कबिटा | मेरो अनवरत सेल्युत दाजु तुल्सी अनी उहाको कविटालाई| अनी धन्यवाद हङ्कङ डट कमलाई | baglung , now malaysia
kabi lai samman
3 Sunday, 07 March 2010 13:36
Mgar blood
very good kabita, I sup to soaltee.
धन्यबाद
4 Tuesday, 09 March 2010 00:38
तुल्सीराज राना मगर
मेरो कविता मन परेर तारिफ गर्नुहुने soaltee, रुबेन पुन मगर र magar blood लाई मेरो तर्फ बाट मुरी मुरी धन्यबाद । तपाईहरुको यस्तै हौसलाले मेरो अर्को नयाँ सिर्जनाको कलम चल्ने बिश्वास लिएको छु ।

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)