रुपा चोचाङ्गी पुन
वेग, म्याग्दी ( हाल हङकङ )
तिमीले लगाएको माया र विश्वासहरु, सबै जूठो रहेछन्।
तिमीले हेर्ने सुन्दर आँखाहरु, अन्धा बनिसकेको रहेछन्।
तिमीले समाउने ती हातहरु, कति लुला रहेछन्।
तिमीले पछ्याउने गरेका पाइलाहरु, गन्तव्यहिन रहेछन्।
तिमीले गरेको विश्वासहरु, सबै अविश्वास रहेछन्।
यसैले,
प्रेम के प्रेम गर्नु ? विश्वास नभएपछि।
ह्रदयमा नाम के लेख्नु ? तिमी नै नभएपछि।
दोबाटोमा के कुर्नु ? गन्तव्य नै अलग भएपछि।
तिमीलाई किन खोज्नु ? तिमी मै हराए झै गरेपछि।
यसैले,
पागल सरि कसरी हाँसु र ? सयौ चोट दिएपछि।
आफ्नो भन्नुको नै के पो रहयो र ? माया तोडेपछि।
खै के आँसु पुछ्नु र ? सिरानीको खोल नै भिजेपछि।
सम्झनाको रुमाल के समाउनु र ? आँसु नै सिद्दिएपछि।
















पछी पछुताउन आफै बेस्सरी |
हजार छन् आजकल स्वार्थीहरु ,
गनी नसक्नु टाउकाको केससरि |
पछुताएर के गर्नु अहिले यहाँ ,
निधार ढुंगामा नै ठोक्नेगरी |
आखिर के पायौ चोट बाहेक ,
तिमीले कोमल तिम्रो मुटु भरि |
nice poem RUPA keep up it