HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home साहित्य गरीब राष्ट्रको इमान्दार कुल्ली (कविताः याम बहादुर थापा)

गरीब राष्ट्रको इमान्दार कुल्ली (कविताः याम बहादुर थापा)

E-mail Print PDF
AddThis Social Bookmark Button
याम बहादुर थापामगर, भानुमति ६ तनहु

झट्ट हेर्दा
सीप रहित
अभ्यास रहित
ज्ञान रहित
कला-कौशल रहित
अनि तालीम रहित
गरीब राष्ट्रको इमान्दार कुल्ली 
 
र पनि 
नेपालीपन अनि नेपाली मनले गाँजिएको
कुटो कोदालो हलो जुवा अनि उकालो ओरालो
पहाडको चिसो हावा अनि चिसो मूल पानीले निख्खर निखारेको 
गाउँघरका ती कालो सुँगुरको मासु अगेनो माथिको कराहीमा राखेर
दाउराको अगुल्ठो ठोस्याउँदै र झोस्दै चरचर भूटेर निखारे जस्तो।
निख्खर शरीर जहाँ जे मा रगडे पनि खिएर नजाने 
कामीले चुहिएको तामाको गाग्रीलाई 
आरनमा रसायन हाले जस्तो।
 
बेला बेलामा रसाई रहन पनि नपर्ने 
हेर्दा उस्तै तर अनौठो अर्गानले निर्मित यो शरीर 
अद्भुत निडर अदमको साहस
दरिलो दर्विलो निख्खर जोस र जाँगर 
ईमान्दार कर्तव्य निष्ठा अनि सोझोपन
भनौ गाउँ घरको पाखेपन अनि तन मन वचन 
दुदु-हाँडा बाजे बजै पाकोहरुको अर्ति उपदेशको पालनामा
कलिलो घेरम्लामा नगरा हाले पछि छिप्पिए जस्तै
आएको पाकोपन अनि छिप्पिएको त्यो काँचो मन
लाग्छ यिनै अदभूत शक्तिले
परदेशमा वीर पुर्खाको विँडो
थाम्न सक्षम दर्विला दरिला पाखुराहरु
अनि सालका दलिन र खम्बा जस्ता तिघ्राहरु
यिनै तितोपन र तितो सत्यको निखर उपज नेपाली। 
 
यसैले
परदेशहरुमा 
माया गर्छन अनि क्षणिक स्वार्थ पुरा गर्छन् 
जब पाखुरा अनि तिघ्राको दम सकिए पछि।
रुखरित्तै तिनै पाखा पखेरा र डाँडा काँडामा 
नाङ्गो हात अनि बुढेसकालको छिप्पिएको हाड र छाला लिएर 
फर्किन्छन्
गरीब राष्ट्रको इमान्दार कुल्ली।
 
Comments (3)
बधार्इ छ
1 Thursday, 28 January 2010 09:11
मनेाज सुर्यब‌शीमगर
बधार्इ छ याम जी यस्ता भावनाहरु सधैव भरि पढिरहन पाइयेास कलम र सादा कागजकेा मिलन गराउन कन्जुसार्इ नगर्नु हेाला है।
सार्थक अनी परिवेश सुहौदो लेख आहा !
2 Friday, 29 January 2010 02:50
soalteemagar
सार्थक अनी परिवेश सुहौदो लेख आहा ! सबैको मन छुने तर विवस्ता र बाध्यता मा जेलिएका ती जोसिला पाखुरीहरु माकुरको जालोमा कहीले नफुस्कने गरि अल्झिएझै ,अन्तिम सास छउन्जेल यसरी होलाकी उसरी होला भन्दैइ भुमरिमा डुब्न वाध्य अझा भनौ सोझा ,जोसिला तर अर्कैको बुद्धी र आदेश्मा चल्नु पर्ने बाध्यता । यम जी येसरी नै प्रेरणा दिदै गर्नु होला कही कतैइ केही सुस्त रुपमा भैए पनि चेत फिर्लाकी ?
dharai rameo 6
3 Tuesday, 04 May 2010 12:33
neera pantha
o ho hajur ko ta dharai ramro kabita 6 ta ...

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)