रुबेन पुनमगर
बिहुँ-६ दहपानी, बाग्लुंग
हाल मलेशिया
तिमीले दे'को पहिलो, फुलको थुङ्गा याद आयो
गाँउ पारी सँगै खेल्ने, चिप्ले ढुँगा याद आयो
उकाली ओराली भन्ज्यांग देउराली धाउदा सँगै
तिमीले बजाउने मधुर धुन, मुर्चुङ्गा याद आयो
मच्छापुच्छ्रे हिमालको काखैमा फेवाताल त्यो
बिचैमा बाराही मन्दिर घुमेको, डुङ्गा याद आयो
टाढा भएर हो कि ? क्षितिजपारी परदेशमा म
ङ्गल्स्यो लाफा, यावा, मैचांग, लुङ्गा याद आयो
ङ्गल्स्यो = सोल्टिनी (गुरुङ भाषा)
लाफा = साथी (मगर भाषा)
यावा = साथी (राई भाषा)
मैचांग = कान्छी (तामाङ्ग भाषा)
लुङ्गा = दाजु भाई नव परिचीत साथी भाइलाई बोलाउने चलन (लिम्बु भाषा)














