रुबेन पुनमगर
बिहुँ-६ दहपानी, बाग्लुंग
हाल मलेशिया
संघर्ष त्यसै हुदैन, हिम्मतमा आँत चाहिन्छ
एक्लै हुन्न हजुर, हातमा हात चाहिन्छ
थाक्नु हुन्न, संघर्षको मैदानमा लक्ष्य चुम्न
चर्को घाम अनि, नसुतेको रात चाहिन्छ
भाई फुटे गवार लुटे, बुझ्नु पर्यो सबैले
मगारांत हामी सबैको, साथमा साथ चाहिन्छ
परचक्री पराईको भिक्टोरिया क्रस भन्दा
मलाई प्रथम शहिद, "लखनको" जात चाहिन्छ
गोर्खा राज्य बिस्तारको गोर्खाली होइनौ हामी
मलाई मेरो आफ्नै, प्यारो "मगराँत" चाहिन्छ














