HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home साहित्य पीडा वोध र उन्मुक्ति (कविताः केवल गंगा गुरुङ)

पीडा वोध र उन्मुक्ति (कविताः केवल गंगा गुरुङ)

E-mail Print PDF
AddThis Social Bookmark Button
 
टेकिएका कोमल धर्तीमा
जव
अप्रत्यासीत चट्याङ्गहरु
बेजोडले बर्षीदिन्छ
यी अल्हादित मनहरु
टुक्रा टुक्रा वनि उछीट्टीन पुग्छ
तव
जोड्नलाई अस्विकार गर्छन्
यी संसारका प्रशिद्ध विचारहरु
कतै अलच्छिनाको
लान्छाना लगाउँछन्
कतै विचार विचार मिलेर
पूर्व जन्मको पाप ठान्छन्

यस्तै हुँदो रहेछ यहाँ
स्वार्थी संसारमा
यस्तै हुँदो रहेछ यहाँ
परिमार्जित शहरमा
जस्तो कि
अभियान्तकारीले वनाएको
उहि पुरानो जापानीज घर जस्तो
तर मर्म बुझ्ने कस्ले ?
आँसु पीउँनु निद्रा हराउँनु
अनि अनाहक मै दोषी देखाईनुको पीडा
आफ्नै छाती ननिचोरीए सम्म
आफ्नै मुटु नटुक्रिए सम्म
त्यसैले अव यी संकुचित विचार विच
रमाउने रहर छैन मलाई
जहाँ म अनाहक मै वेश्या ठम्याईन्छु
जहाँ म क्षणभर सँगै वस्दैमा
कसैको रख्खेलको उपनाम पाउँछु
कतै अव सजिएर
बाटो वारपार गर्दा पनि
नगर वधु सम्झी मोल सोध्ने हो कि ?
एक्लै भेटे बाटो छेकी
समय तोक्ने हो की ?
त्यसैले म
आदर्श अनि अहंकारी शहर छोडी
फराकिलो विचार भएको
सानो गाउँमा वसार्इ सर्दैछु ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)