HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home साहित्य टंक सम्वाहाम्फेको प्रेस विज्ञाप्ती

टंक सम्वाहाम्फेको प्रेस विज्ञाप्ती

E-mail Print PDF
AddThis Social Bookmark Button
आदारणीय हङकङवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरु 

सन् २००९ डिसेम्वर २० तारीखका दिन मेरै वासस्थान नजिक आफ्नो कामवाट फर्कदै गर्दा अचानक हङकङ प्रहरीले विना कसुर मलाई ज्यादातीपूर्ण तरीकाले शंका गरी पक्राउ गर्‍यो। खासगरी त्यो दिन याउ मा ते (जहाँ मेरो वासस्थान छ ) नजिक एउटा घरको छतमा चाईनिज मुलको केटीलाई तिन जना दक्षिण एसीयाली मुलका केटाहरुले वलत्कार गरेका रहेछन्। त्यहि घट्नामा सम्वद्ध रहेको शंका गरी म सडकमा निर्दोष हिडिरहेको ब्यक्तिलाई पक्राउ गरी वलत्कारको झुटो अभियोग लगाई प्रहरी हिरासतमा ४८ घण्टा राखी अदालतको कठ्घरामा उभ्न वाध्य तुल्यायो। अदालतबाट पनि प्रहरीले अनुसन्धानको लागि अस्थाई जेलमा अरु एक हप्ता वस्न अर्को वाध्यता सिर्जना गरी दियो। अन्तत म जमानतमा सन् २००९ डिसेम्वर ३० तारीखका दिन निस्कन सफल भए।
 
यसरी म जस्तो निर्दोष बाटोमा हिडीरहेको ब्यक्तिलाई दश /दश दिन सम्म मानसिक र शारिरीक यातना हङकङ प्रहरीले दिएको हुँदा म अन्याय परेको महसुस गरेको छु। साथै हङकङ प्रहरीले दक्षिण एसीयाली मुलको नेपाली मान्छे भनेर भेदभाव गरेको प्रत्यक्ष अनुभव गरे। म अहिले हङकङ प्रहरीको भेदभावपूर्ण वलत्कारको झुटो अभियोग खेप्न वाध्य भएको छु।
 
त्यसैले म मात्र नभएर यसरी हङकङ प्रहरीले झुटो अभियोगमा अन्य निर्दोष नेपालीहरुलाई पनि पक्राउ गरी जेलमा वस्न र झुटो अभियोग खेप्न वाध्य तुल्याएको कुरा अस्थाई जेलमा रहदा थाहा पाएँ। त्यसकारण म लगायत अन्य ती निर्दोष ब्यक्तिको झुटो अभियोग विरुद्ध वोली दिन हङकङमा स्थापना भएका सामाजिक, राजनैतिक संघ संस्था लगायत यहाँ रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई हार्दिक अपील गर्दछु। हङकङ प्रहरीद्वारा वलात्कारको झुटो अभियोग लगाईनु र दश /दश दिन सम्मको मानसिक र शारिरीक यातना दिईनुले म अन्यायमा परेको कुरा सम्पूर्ण जनमानसलाई जानकारी गराउँदछु। साथै म निर्दोष र अन्यायमा परेको हुनाले मेरो प्रतिष्ठामा आँच आउँने कुनै भ्रम नफैलाई दिनहुन पनि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु।
 
हङकङ प्रहरीको अन्याय, अत्याचार र भेदभावको विरुद्ध एकजुट भएर उठ्न हङकङमा स्थापना भएका संघ संस्था, यहाँबाट प्रकाशीत हुने पत्रपत्रिका /इन्टर्नेट म्यागेजीन र यहाँ वसोवास गर्दै आउनु हुने नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा हार्दिक अपील गर्दछु। धन्यवाद ।

प्रार्थी
टंक सम्वाहाम्फे
२०१०/०१/१०
 
Comments (1)
tanka
1 Thursday, 21 January 2010 13:54
thule
अनि आफ्नो बेहिजेत किन आफै गरेको त सुन्नेले सुनेकै थियो नसुन्नेलाई पनि सुनायो कि कतै ‍,,,,,,,,,,, त हैन हौ । कि आफूलाई सारै बरिस्ट सम्झेको छ सम्बाहाम्फे जि ले । प्रेस रिलिज भनेको त बरिस्टले मात्र गर्छ है ।

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)