सुनिता गिरी रानाजन्म दिनको हार्दिक शुभकामना तिमीलाई
अजम्बरी भएर बाँचिराख तिमी
देश बिदेशको कुना कुनामा छरीएर
मानव मष्तिष्कको रक्तकोशिकाहरुमा
अबिरल नदि जस्तै बगीराख तिमी
समय सगै इतिहासका पन्नाहरुमा
सुवासमय भएर बर्तमान छिचोल्दै
भबिष्यको सुनौलो बिहानी भएर
ज्ञानको ज्योति बनेर मानब आँखाहरुमा फुलिराख तिमी
कोशी गण्डकी र मेचीको चुल्ठोभरी लालीगुराँस फुलाएर
सगरमाथाको उचाइ सगै हिमालको चिसो हावा भएर
उन्नतिका खेतभरी लहलह बाली झै झुलिराख तिमी
सुर्यको तेजिलो प्रकाश सरी
नयाँ घाम र नयाँ पालुवा सगै
महल र झुपडीहरुमा शान्तिको सन्देश फैलाउदै
हिमाल पहाड र तराईहरुमा
पवनको सगितमय सुरीलो धुन सगै
सम्झौताको साइनो गाँस्दै स्वदेश अनि विदेशी आँगनमा
आफैमा आस्था बोकी मनै लोभ्याउने सेताम्मे हिउँ जस्तै
शान्ति दया त्याग र सर्मपणका बिस्कुनहरु सुकाउदै जाउ तिमी
यही नै हाम्रो चाहना नयाँ बर्षको बहार सगै तिम्रो जन्मदिनको शुभकामना …

















