HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home साहित्य मेरो छाती (कविता)

मेरो छाती (कविता)

E-mail Print PDF
AddThis Social Bookmark Button
ईन्द्र एलजी थापामगर

आजकल,

मेरो छाती चस्स चस्स दुख्छ।

त्यसैले छाती छामि रहेको छु।

किवदन्ति जस्तै  लाग्ने,

पूर्व, टिस्टा देखि पश्चिम, गढवालसम्म फुकेको मेरो छाती,

मेची र महाकाली भन्नु मात्र सुस्ता, पशुपतिनगर, टनकपुर, दाङ हुदै जताततै,

दिनदहाड मेरो छाती खुम्चिरहँदा,

मेरो रगत पानी पानी भएको छ। 

त्यति मात्र  हो र !

सगरमाथा जस्तो  अग्लो स्वाभिमानयुक्त छाती,

निलो पासपोर्ट बोकेर एम्बेसीहरुमा पुग्दा,

आबै ! यत्न बिधि खुम्चिएर कति पुड्को भएको हो ?

कैजार विलियम तर्साउने यो छाती ! 


मेरो छाती मात्र  होईन,

म स्वयं नेपालीबाट  आजकल,

जाति, धर्म, क्षेत्र, वर्ग, समूह, आस्था आदि/ईत्यादिमा खुम्चिरहेको छु।

आवश्यकता भन्दा  बढी,

जताततै खुम्चिरहेको  छु। 

यसैले त,

मेरो छाती यसवेला समस्याहरुको डंगुरमा,

हराइरहेको छ

छटपटाइरहेको छ


भतभत पोलिरहेको छ।
 
Comments (1)
Well done.
1 Saturday, 31 October 2009 17:51
Netra Paharai
well done Indra Ji keep in continue.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)