HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home साहित्य म हुनेछु नेपाली (कविता - प्रकाश रोदुङ)

म हुनेछु नेपाली (कविता - प्रकाश रोदुङ)

E-mail Print PDF
AddThis Social Bookmark Button
म हु गोर्खाली

राष्ट्रियता हराएको

परिचय गुमाएको

बाच्नलाई  खान एक पेट

मिठोको लोभमा 

भएर जिब्रोको दासी

मेरो नाम हो गोर्खाली

टिष्टा-काकडाका  पहरेदार

थिए मेरो पुर्खा नेपाली

मेचि-महाकालीमा  खुम्चियो

म हु विर गोर्खाली

युद्दमा उम्रिएको पप्पि फूल

बोकेर बारुदको  भकारी

अरुको निम्ति दिन्छु ज्यान

हुकुम पाउनु  मेरो शान

प्राण भन्दा  प्यारोछ,कर्तब्य

अरुको सिमाना रक्षा गर्नु

हो मेरो प्रमुख काम

लाग्छ मनै  हु  विर बहादुर

किनकि

राष्ट्रियता हराएको

परिचय गुमाएको

न देसले साथ  दिएको

न मालिकले हात दिएको

हिजो युद्दमा  सर्वस्व गुमाएर पनि जितेको

आज कठघरामा  जितेर पनि लुटिएको

बल्छिको माछा झै तडपिदै

हुनलाई तेस्रो दर्जाको नागरीक

स्वईच्छाले  राष्ट्रियता गुमाएको

हु म विर  गोर्खाली

आमाले आशु  नझारेस

माटोले श्राप  नदिएस

देउराली भञ्याङ,चौतारी

नभुल्नु मलाई दौतरी

फ्याक्नेछु गोर्खाको पगरी

हुनेछु एक दिन फेरि नेपाली

म हु नेपाली
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)