HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home साहित्य बाल्टिमोरमा पहिलो नेपाली भाषा कक्षा आरम्भ

बाल्टिमोरमा पहिलो नेपाली भाषा कक्षा आरम्भ

E-mail Print PDF
AddThis Social Bookmark Button
समाचार तथा फोटो साभार : नागरिक
सोमबार, 28 सेप्टेम्बर 2009 08:10
गौतम दाहाल
 
 
बाल्टिमोर (अमेरिका), असोज १२- बाल्टिमोरमा रहेका स्थानीय नेपालीहरुको सामुदायिक संगठन बाल्टिमोर एसोसियसन अफ नेपलिज इन अमेरिका (बाना) ले पहिलोपटक बाल्टिमोरमा नेपाली भाषा कक्षा सञ्चालन आरम्भ गरेको छ।

आइतबार स्थानीय रोजडेल पब्लिक लाइब्रेरीमा औपचारिक कार्यक्रमको आयोजना गरी आरम्भ गरिएको भाषा कक्षा सञ्चालनसँगै बाल्टिमोर आसपास बसोवास गर्ने नेपालीहरुका बालबच्चाले अब आफ्नै भाषामा पढ्न र लेख्न सिक्ने अवसर पाउने भएका छन्।
बानाले आरम्भ गरेको भाषा कक्षा सञ्चालनको शुभारम्भका अवसरमा बानाकी अध्यक्ष रबिना थापाले सबैलाई स्वागत गर्दै आफ्ना बालबच्चाहरुलाई भाषा कक्षामा भर्ना गराई भाषा सञ्चालन कार्यलाई सहयोग पुर्याउन अभिभावकहरुलाई आग्रह गर्नुभएको थियो। हाल अमेरिका भ्रमणमा रहनु भएका योगी आत्मानन्द गिरीले नेपाली भाषा र संस्कृतिको आवश्यकता र महत्वमाथि चर्चा गरे।

यस्तो महत्वपूर्ण कार्य शुरु गरेकोमा बाना नेतृत्वको सह्राहना गर्दै सबै नेपाली अभिभावकहरुलाई आफ्नो घरमा बालबच्चालाई नेपाली बोल्न अभिप्रेरित गर्न समेत योगी गिरीले आग्रह गरे।

उनले वैदिक मन्त्रोच्चारण गरी भाषा कक्षा शुभारम्भ गरेका थिए।

बानाका महासचिव गौतम दाहालबाट प्रेषित विज्ञप्तिमा जनाइए अनुसार भाषा कक्षा सञ्चालक उपसमितिका संयोजक डा. श्याम कार्कीले भाषा कक्षा सञ्चालनको प्रक्रिया बारे जानकारी दिएको थियो।

उनका अनुसार हाललाई महिनाको दुई पटक कक्षा सञ्चालन गरिनेछ र हरेक कक्षा सञ्चालन बापत प्रत्येक विद्यार्थीबाट पाँच डलर शुल्क लिइनेछ। भाषा कक्षा सञ्चालन उपसमितिका सदस्य डा. भीम कट्टेलले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपसमितिका सदस्य एवं बानाका पूर्व अध्यक्ष कृष घिमिरले बालबच्चाका लागि अभिभावकले पूरा गर्नुपर्ने जिम्मेवारीका बारे प्रकाश पारेका थिए।

४० जना विद्यार्थीबाट आरम्भ गरिएको भाषा कक्षा सञ्चालनको शुरुवातमा शिक्षकहरु बानाका महासचिव गौतम दाहाल,नायिका एवं भाषा कक्षा सञ्चालक उपसमितिका सदस्य पूजा चन्द,बानाका सूचना निर्देशक एवं भाषा कक्षा सञ्चालक उपसमितिका सदस्य चेतन पौड्याल र भाषा कक्षा सञ्चालक उपसमितिका सदस्य यज्ञमान शाक्यले राष्ट्रिय गानसहित पहिलो कक्षा सञ्चालन गरेका थिए। कार्यक्रमको अन्तमा कलाकार एवं नृत्य निर्देशक यज्ञमान शाक्यले मञ्जुश्री नृत्यको एक अंश प्रस्तुत गरेका थिए।

पहिलो कक्षाका सहभागी विद्यार्थीहरुलाई बानाका संस्थापक मध्येका एक गणेश मलेगोले जुस उपलब्ध गराएका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)