तुल्सीराज राना मगरजोर्डन हङकङ
मौनताको संघार खोली, भावनाको जँघार तर्न सकिएन
लगे जान्छु भन्नेलाई, हिँड जाउँ भन्न पनि सकिएन
मोबाईलमै मात्र कुरा धेरै भयो, भेट्नलाई साइत जुराउनै सकिएन
बिल धेरै आए तिरीदिउँला भन्नेलाई, हुन्छ तिर्नु भन्न पनि सकिएन
डिस्को र पबहरुमा धेरै गैयो, भक्कु मातेर कहिलै हिँडिएन
दोस्ती गरौ भन्नेलाई, हुन्छ भन्न पनि सकिएन
प्रस्तावहरु धेरै धेरै आए, सुनेर पनि नसुने झै गर्न सकिएन
तर घरवाली हुँदा हुँदै, बाहरवाली राख्ने हिम्मत गर्न पनि सकिएन













