प्रेमसागर राई
थाहै नपाई तिमि मेरो घडकन बनि बस्यौ
पलपलमा याद आउछ मुटु चुडि लग्यौ ।
तिमिलाई माया गर्नु मेरो भुल होईन
तर पनि कहिले काँही डर लाग्छ किन ?
दुई पल बिताएको हाम्रो क्षणलाई नै
सँगै बाँचौं सँगै मरौ भन्ने बचन लाई नै
सर्बस्व ठान्नु पर्ने दिन पो आउने हो कि ?
तिम्रै यादमा तड्पी तड्पी बाँच्नु पर्ने हो की ?


















