HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home साहित्य नसोच है मन भित्र चोट

नसोच है मन भित्र चोट

E-mail Print PDF
AddThis Social Bookmark Button
पवित्रा राई

नसोच है मन भित्र चोट दिइ टाढा गइगयौ

मिलन बिछोड संसारको रित अनि चलनै हो 

कस्तो रहेछ दैव पनि बिछोडको घाउ पर्यो

तिम्रो माया छाती भरी नबिर्सने दाग बस्यो 

नसुन्नु है बनै भरी न्याहुली चरी गित गाउँदा

न्याहुलीको रुवाइसंगै सम्झनामा आँसु झर्ला

एकान्तमा नबस्नु है मेरो आसामा बाटो हेर्दै

टाढा हुन्छु म तिम्रो छेउमा आउन सक्दिन है

नभन्नु है छाडी गयौ निस्ठुरी बनी दियौ

आफूलाई नै थाहा छैन कँहा भारी बिसाउँ

निस्ठुरीको नाम पुकार्दै नदिनु है सराप मलाई

तिम्रो सम्झनाहरु साथैमा राख्छु जुनी भरीलाई 

नसोच्नु है टाढा भयौ भुल्ने हो कि भन्दै

बस्ने छु तिम्रो सम्झनामा संधै आसु झार्दै ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)