HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home साहित्य बुख्याचा - प्रकाश रोदुङ

बुख्याचा - प्रकाश रोदुङ

E-mail Print PDF
AddThis Social Bookmark Button
बियाडेमा त्रिशुल छाप
साँढेहरु चरी रहन्छन्
चरा चुरुँगीहरु रमाई रहन्छन
बिचरा त्यो बुख्याँचालाई
झुण्ड्याइएको छ हेङगरको कोट झैँ
खेतको डिलमा
बारीको डिलमा
बियाडेको छेउमा
जब फेल भएकाहरु
क्लास चढछन्
उत्तिर्ण भएकाहरु
बुख्याचा झैँ
प्रमाण पत्रहरुलाई
सजाउछन् आफ्नो हेङ्गररुपि रुपलाई
बुख्याचा झै
बुलेटको भन्दा ब्यालेटको हुईया दिनेहरु
हारको पुरुस्कार
कुर्सी लियर जब
शीतल निवास धाउछन्
शिंहदरवारको निम्ती
तब ब्यालेटको शक्तिहरु
बुख्याचा झै
नियति भोग्नु परेकोछ
दश गजामा जंगे पीलरहरु
दिनदहाडै हराउछन्
लाखौँका सुरक्षा कर्मिहरु
लाग्दछ बुख्याचा नै पो होकि !
कि यो देश नै बुख्याचा हो हँ ?
म अलमलमा परेकोछु ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)