HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home साहित्य बिजुली र इन्धन बिना चल्ने मेसिन बनाए विद्यार्थीले

बिजुली र इन्धन बिना चल्ने मेसिन बनाए विद्यार्थीले

E-mail Print PDF
AddThis Social Bookmark Button
सन्तोष पोखरेल, पोखरा असार १३- समय समयको लोडसेडिङ र इन्धन अभाव खेपिरहेको बेला यहाँका एक विद्यार्थीले बिजुली र इन्धनबिना चल्ने मेसिन बनाएका छन्। 
पोखरा इन्जिनियरिङ कलेजका इलोक्ट्रोनिक्स विषयमा डिप्लोमा तहमा अध्ययनरत् कास्कीकोटका २० वर्षीय महेश त्रिपाठीले इन्धन र बिजुलीविना चल्ने 'सुपर एम' नामक मेसिन बनाएका हुन्। उनले बनाएको मेसिनलाई शनिबार यहाँ प्रदर्शनसमेत गरे।
 
परमानेन्ट म्याग्नेटिक पावरले चल्ने उक्त मेसिनका लागि बिजुली र इन्धन चाहिँदैन। यसबाट निस्केको इनर्जीले घरमा बिजुली बाल्न र राइस कुकर, टिभी चलाउन, गाडी गुडाउनलगायतका काममा प्रयोग गर्न सकिने त्रिपाठीले बताए।

'इन्धनबिना चल्ने यसबाट म्याग्नेटको सहयोगले 'फ्रि इनर्जी' निस्कन्छ', त्रिपाठीले भने- म्याग्नेटिक पावरले निस्कने शक्तिले लोडसेडिङबाट मुक्ति पाउन सकिन्छ।' लामो समयको लोडसेडिङ र समय समयमा इन्धन अभाव खेपिरहेको हाम्रो मुलुकमा यस्ता प्रविधिले सघाउने उनले बताए। 'मेसिनमा प्रयोग गरिएका ११ वटा म्याग्नेटको मद्दतले डिस्क चल्न थाल्छ र शक्ति प्रवाह हुन्छ'- त्रिपाठीले भने।

मेसिनमा म्याग्नेटसहित काठ पुल्ली पंखा, विजुलीको तारलगायतका सामान प्रयोग गरिएको छ। २० न्युटनको बल प्रयोग गरेपछि चल्ने मेसिनबाट ३ सय न्युटनको शक्ति प्रवाह हुने उनले बताए। 'म्याग्नेटको पावर बढाउँदा ऊर्जा प्रवाह पनि बढ्छ', त्रिपाठीले भने- प्रविधि थपे अटोमेटिक चल्ने बनाउन सकिन्छ।

त्रिपाठीले चार वर्षअघि देखी यसको अध्ययन गरेर पछिल्लो २ महिनामा निर्माण पूरा गरेका थिए। यसका लागि करिब १ लाख रुपैयाँ खर्च भएको उनले बताए। त्रिपाठीले सरकारी निकायबाट सहयोग पाएमा मेसिनको सहयोगले गाडी चलाउन सकिनॆ दावी गरे।

श्रोत :  नागरिक
 
Comments (1)
Wow
1 Sunday, 11 April 2010 05:19
Ganesh
Very good job u did man keep it up.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)