Home साहित्य कविता - आउ खेलौँ होली

कविता - आउ खेलौँ होली

E-mail Print PDF
AddThis Social Bookmark Button

इन्जिनियर, राकेश कार्की

लस एन्जेलस

 

देश विदेश जताततै

यो कस्तो उमंग

आयो फागुन होलीको

थरिथरिको रङ्ग

 

एकआपसमा मिलेर

भिँडमा रमाइरहे

मौसम नै मज्जा आनन्द

रङ्गमै डुबाइरहे

 

बादलको स्वागत सूर्यको मुस्कान

जगतमै हाँसो छ

प्रेम(रङ्ग भरेर बेलुन प्रहार

खेलमा जो चासो छ

 

पिचिचिचि पिचकारी फोहरा

वर्षा भो रङ्गकै

नाचे सङ्गीतमै छमछम

नशा त्यो भाङकै

 

सदभावको अबिर दलेर

सप्तरङ्गी रङ्गोली

बाडेर रङ्गीन पिरती

आउ खेलौँ होली

 

Latest News