गजल- बज्र कुमार राई
उम्लिरहेको तेलमाथि तारेर गयौ।
'बचाउँछु'भन्नेले नै आज मारेर गयौ।।
'प्रियतम!कदापि साथ छोड्डीन'भन्थ्यौ,
एकलाश,एकान्तमा एक्लै पारेर गयौ।।
जति थिए पीरव्यथा,मुटुभित्रै बन्द थिए,
यो के गर्यौ ति बन्दलाई उघारेर गयौ।।
कुन जुनिको बद्ला लियौ आज प्रीय!,
अक्करको भीरबाट मलाई झारेर गयौ।।
'लड्छु/भिड्छु/जित्छु/जिताउँछु''भन्थ्यौ,
युद्धको शुरुवातमै तिमी हारेर गयौ।।



















