HongKongNepali.com, The Next Media

Saturday
Nov 01st
Home विचार / दृष्टिकोण हगे पछि दैलो देखिएला

हगे पछि दैलो देखिएला

E-mail Print PDF
AddThis Social Bookmark Button

 

अधिराज राई प्रकाश

 

कमिला र डाईनोसरको उत्पति संगसंगै भएको थियो रे। समयसंगै परिवर्तन हुन सफल कमिलाको अस्तित्व अझै छ तर भिमकाय डाईनोसरको भने अस्थिरपन्जरहरु मात्र सग्राहलयहरुमा देख्न पाउछौ।

यस समयमा अत्यान्तै फस्टाउदै गएको विधा भनेको अनलाईन (वेवसाईट) पत्रकारिताहो यसको प्रभाव हंगकंगमा पनि नपर्ने कुरै भयन। यसको उपस्थितिलाई हंगकंगबासीले पनि सहर्ष स्विकारेको देखिएकोछ । समयको मागसंगै समयअनुसार परिवर्तन गर्दै यो समाज डाईनोसर हुने कुनै सङकेत छैन तर हंगकंगबाट प्रकाशित एभरेष्ट साप्ताहिकका प्रधान सम्पादक,प्रकाशक देखि हल्कारा सम्मका पद गुथेका किसन राईले नबुझेर त हैन तर खुबै बुच पचाएको देखिन्छ। वा अनलाईन मिडियालाई नस्वीकारेको जस्तो व्याबहार पटकपटक भएको र गरेको देखिन्छ। अनलाईन मिडियालाई द्धोन्दको स्थित गराएर यसको फाईदा लिन खोजेकोत हैन यस तर्फ पनि बेलौमा सचेतहुन आवश्यकछ। ठुला भयर पनि समय संगै परिवर्त हुन नसकेको डाईनोस त हुने हैन भन्न जो कोहिले पनि थालेकाछन ।

आदिवासी जनजाति पत्रकार संघ हंगकंग (अनिज) गठन पछि हातधोएर मेरो पछि लागेका लागेकैछन। व्यक्तिगत रुपमा हुने नहुने आरोप लगायर रत्यौली खेली रहेका मात्र हैन पत्रकारहरुको साझा संगठनको मिटिङमा पनि बिना प्रसंग कुरा उठाउन पनि पछि परेका छैनन रहेछन । त्यत्ति मात्र हैन आफ्नो पत्रिका एभरेष्टको सम्पादकियमा अनिजको गठनलाई आफू अध्यक्ष रहेको पत्रकार संघको सौता लागेको जस्तो ठानेर दोहोलो काढेकोले गर्दा अनिज हंगकंगले प्रेस विज्ञप्ति सहित अपिल पनि झिक्ने अवस्था सृजना भएको थियो। यो त सवै हंगकंगबासीहरुलाई थाहा भएकै कुरा हो ।

हंगकंग सरकारबाट अनुदान प्राप्त एकमात्र नेपाली रेडियो सन्देश कार्यक्रममा चुरा थापासंग मेरो नामै लियर पद नपाएको पीडा भन्ने सम्मको बकवासलाई मैले पत्रकार र पत्रकारीताको हितको लागि कानमा तेल हालेर बसेकैहो तर म र म सम्बन्धित रहेको मिडिया र सस्थाहरुलाई नै पटक पटक आक्षेप लाउने मात्रहैन बाईपासनै गर्न थाले पछि केहि खुलस्त गर्नु पर्ने आवश्यकता रहेको छ ।

अनलाईन मिडियाबाट ताजा समाचार तथा घटनाक्रमहरु सम्प्रेषण हुन थाले पश्चात हंगकंगका पेपर न्युज पत्रिकाको विक्री तथा विज्ञापनमा केहि ह्रास आएको भएता पनि पेपर पत्रिकाको आफ्नै छुट्टै विशेष स्थान भएको अवश्था चाहि यधपी छ। तर सडक बने पछि भरियाले भारि बोक्न पाईन भनेर सडक भत्काउने काम गर्न खोज्नु कति बुद्दिमानीहो ? मैले पटक पटक हामी पत्रकारहरुको बिचमा  केहि कन्फ्युजन र ईगो महशुस गरेकोले यसको समाधानको निम्ति अन्तर्क्रिया हुन पर्यो भनेको र मौखिक माग पनि राखेकै हो तर खै के कारणले हो आजसम्म नेपाली पत्रकार संघको अध्यक्षको हैसिएतबाट लागु हुन सकेकोछैन । तपाईको समस्या म व्याक्तिसंग होकि म आवद्द सस्थाहरुसंगहो ? आउनुस खुलस्त होऊ। भट्टि पसलमा पिठयुमा कुरा काटेर के पाईन्छ ? हामीसंग पनि तपाईको धेरै कर्तुतहरुको प्रमाण छ ।

भनिन्छ सर्पको खुट्टा सर्पले देख्छ अनि अंशको कुरा वंशलाई थाहाहुन्छ । मत दुवै पट्टि समानको हकदारी हुँनी  कि कसो ? नेपाल चेम्बर्स अफ कमर्शको अधिवेशनमा जसरी धेरै कुराहरु उठयो मसंग पनि धेरै कुराहरु थियो तर त्यो उपयुक्त ठाउ हैन भनेर हर प्रयास गरेर मनलाई साङलो लगाईयो। मिडियालाई बोलाउने जिम्मा पाएर – लिएर कसैलाई बोलाउने कसैलाई नबोलाउने । काखा र पाखा गर्नु चेम्बर्सको गरिमामय पदमा बसेकोलाई सुहाउछ ? अनलाईनलाई मिडियाको हैसियत दिन नखोज्ने अनि आफु आवद्द सस्थाबाट एकलौटि विज्ञापन लिनु कति सम्मको नैतिकताहो । यसको मतलब अनलाईनलाई विज्ञापन दिनु पर्यो भनेको कदापी हैन । तर हंगकंगबाट नै सञ्चालित अर्को पेपर पत्रिकालाई बिलो सम्मको हैसियतमा नराख्नु कहा सम्मको लाचारपनहो कि बहादुरि पन ? त्यो सब विज्ञापनहरु मिटिङले पास गर्ने अनि विज्ञापन दिने कि, विज्ञापन राख्ने अनि पैसा माग्ने ? यि यस्ता झिना मसिना कुरा गर्नु हामी कसैलाई शोभामय हुदैन।

हंगकंगकै जेठो नेपाली सस्था फियोना हंगकंगबाट पनि पाएको जिम्मेवारीलाई छलछाम गरि मूलबाटो डटकमलाई पटक पटक बाईपास गर्नु खोजेको कुरा कमिटीका जिम्मेवार व्याक्ति मार्फत सार्वजिनक भए पछि पछिल्लो समयमा पदाधिकारिहरुबाट नै सिधै सम्पर्क हुने अवस्था कस्ले बनायो ? भर्खरौ लिटिल वड किन्डर गार्टेनको दिप श्रेष्ठ साँझमा प्रचार प्रसारको जिम्मेवारी मागे पछि मूलबाटो डटकमलाई किन बाईपास गरियो। यसको सुईको धन थापाले पाए पछि सिधै पोष्टर र आमन्त्रणा दिनु पर्ने लाज मर्दो स्थित किन आयो ? के यहि हो पत्रकारिताको धर्म ? तपाई आवद्द केहि कार्यक्रमलाई व्याक्तिगत र सस्थागत स्तरबाट गरेको सहयोग चाहे त्यो एभरेष्टको दसौ बार्षीकिको शुभकामना,विज्ञापन दिएर वा अन्तर्वाता लिएरहोस। यहि कारणले केहि साथिहरुबाट म तथा मूलबाटोलाई  घोच्ने र होच्याउने कार्यलाई हासेर उडाउनु पनि परेको थियो ।

तर तपाईको उबेला देखिको अहिले सम्म अरुको हनुमानहुने प्रबृतिमा कहिले फरकपन आएन मात्र दुखको कुरा रामको हैन रावणको हनुमान भएको विगत ईतिहासले प्रस्टाई सकेकोछ।पछिल्लो समयमा आएर जुन हर्कत देखियो तेस्ले स्वँयमलाई नंगाई दिएकोछ । तत्कालिन जनसम्पर्क समितिका अध्यक्ष ईश्वर खाँडसंग मधपान गरि कुटाकुट गरे पछि जनजातिको मुद्दा वनाई आदिवासी जनजाति महासंघलाई गुहारेकोले तत्कालिन कार्य समिति सदस्यको हैसियतले मैले पनि समर्थन गर्दै उन खाँडलाई स्पस्टिकरण लिने र गलत देखिएमा माफ मगाउने कुरा थियो तर धेरैले त्यो बेलानै जाडको झगडाहो भनेका थिए र कालान्तरमा त्यो पुष्टि पनि भएको होकि भन्ने लागेकोछ। किनकि मगर संघ हंगकंग समेतको पहलमा  लखन थापामगरलाई प्रथम सहिदको माग राख्दै हंगकंग माहाबाणिज्यदूतावासमा झुण्डाईएको फोटोले उनलाई दुख्यो । जातिय सस्था किरात राई यायोक्खाको अध्यक्ष,पुर्व आदिवासी वर्ष पुरुष र आदिवासी जनजाति महासंघको सदस्य भएको ब्याक्तिले यस्तो हर्कत गरेर म पत्रकार हु भनेर मात्र उक्कन मिल्छ ?

जुनब्याक्तिलाई आदिवासीहरुले स्वीकार अझै गरेका छैनन  बरु उनै माहाबाणिज्यदूत श्री विनोद कुमार उपाध्यायले लखन थापामगरलाई ससम्मान आफ्नो सरकारि कार्यलयमा स्थान दिएकाछन। यि यस्तै ब्याबहारले गर्दा ईश्वर खाँड एक पल्ट हैन दुईदुई पटक हंगकंग आउदा पनि आदिवासी जनजाति महासंघले यस बुधामा प्रवेश गर्न नसकेको हुनु पर्छ। अझै पनि केहि बिग्रि सकेकोछैन,विचार बिमर्श बहस गरौ। पत्रकारहरुको पनि यस समाजका ठुलो महत्व छ। यहाका पत्रकारहरुको पत्रकारिताको भुमिका मात्र नभएर सामजिक दायित्व पनि भएकोले हामी सजिलै उम्कन सक्ने स्थितिमा छैनौ। अझै पनि हामी सिक्ने र नया प्रयोगको मोडमा छौ बाकि दिनहरुमा हामी बिचमा रहेका  असमझदारिका राटोहरुलाई भबिष्यमा मेटदै अगाडि बढौ। हगे पछि दैलो देखियो भन्ने उखानको चरिरार्थ नहोस । अस्तु

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)