HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home विचार / दृष्टिकोण एउटा यक्ष प्रश्न लिम्वू कमरेडलाई

एउटा यक्ष प्रश्न लिम्वू कमरेडलाई

E-mail Print PDF
AddThis Social Bookmark Button
प्रदीप कन्दङ्वा लिम्वू

इतिहासको अत्यन्तै संगिनमोडबाट देश गुज्रीरहेको बेला देशको राजतितिक घटनक्रमहरुले निर्घात चुटिएको नेपाली जनताको मन थिलथिलो यसै भएकै छ त्यसमा नेताहरु बेला-कुबेला नुनचुक छर्किरहन्छन्। पिडाले चित्कार स्वयम त्रासदीमा डुबेको भान भइरहेको छ यस घडि। बिशेष नेता भएकैले बेला बखत तिनको दर्शन यहाँ समेत उति दुर्लभ रहेन तर यो सुखकर पनि भन्न नमिल्ने। वाककला अर्थात चतुर्यांइको भरमा ठूलो नेता भइने देश रहेछ हाम्रो। देश बिकास र जनहितका कुरा तपसिलमा संधै परिरहन्छ। यसरी तिनका गुलियो कुरा सुन्न चाहेर नचाहेर अकस्मात या जम्काभेटले परिरहन्छ। उग्र कम्युनिस्ट राजनितिमा मेरो घर चौबिसै घन्टा चुर्लुम्म डुबेको हुन्थ्यो तिनताक तर प्रकारान्तरले ममा त्यो छायाँको संघनता उति बाक्लो पर्न पाएन। बाउसंगको दुरत्व यसको प्रमख कारण रहनगयो। तथापी त्यताको भेगमा बाम चेतनाले प्रत्येकलाई चिमोटिरहेको हुन्थ्यो। यसरी किशोरावस्था देखी युवाकाल हुँदै चारदसक आसपासको जीवनकालमा देशका सोकल्ड राष्ट्रिय राजनितिक पार्टिहरुसंग मेरो साइनो नामको कुनै रेखा कोरिएन। बितेका जीवनकालको आत्मामूल्याँकन गर्दा मैले गरेको सबसे राम्रो काम यहीं रहेछ जसतो आज लागीरहेको छ। झोले हुनबाट बालबाल बचेको यथार्थ यसरी उजागर गर्न चाहान्छु म। वास्तवमा अर्काले सिर्जना गरेको घरमा प्रवेश गरेपछि झोले हुनुत सबको नियती बन्छनै मालिक हुनुत केवल मृगत्रिष्णा न हो। नत्र यो साठि बर्षको राजनितिक दौरानमा कोही जनजातीको छोरा काँग्रेस पार्टिको सभापती किन हुन सकेन एमाले पार्टिमा किन हुन सकेन माओवादीमा किन हुन सकेन कमरेड बादलहरुको हविगत किन यस्तो भयो हामी झोले हुनको बलियो प्रमाण यो भन्दा बढि म जुटाउन सक्दिन।
 
गोर्खाली राजा पृथ्बि नारायण शाहको बादशाह अर्थात सम्राट बन्ने उग्र सनकले निम्त्याएको परिणामस्वरुप देशले निर्बाध २५० बर्ष एकात्मक शासन ब्याबस्था खेप्नुपर्यो। फलतः मुलक असफलताको रसातालतिर दिनरात भास्सिरह्यो सफल भयोत केबल सामन्तवाद अर्थात रुपान्तरमा बाहुनवाद। निस्कस्रमा जनताले एकात्मक राज्य ब्यावस्थालाई बर्जित गरे र संघात्मक राज्य ब्याबस्थालाई अनुमोदन गरे तर अझैपनी सामन्त अर्थात बाहनुवादीहरु बरबराइरहेकाछन्। देश टुकि्रन्छ भन्छन् देश भत्किन्छ भन्छन् देश डुब्छ भन्छन्। साँठ गाँठ गरिरहेकाछन्। षड्यन्त्र गरिरहेका छन्। शान्ति प्रकि्रया भन्छन् हतियार ब्याबस्थापन भन्छन्। सेना समायोजन भन्छन्। राष्ट्रिय सहमती भन्छन्। थोरै ढाडेहरु मिलेर धेरै आदीबासी जनजताी मुसाहरुलाई पाजा का पाजा हानिरहेका छन्। खेलाइरहेका छन्। क्या गजवको नाटक माचन् भइरहेको छ। यो नाटकमा आदीवासी दलित उत्पिडित महिला र मधेसेहरुको मुद्धा कुहिरॊको काग जसतो हुन थालिसकेको छ। बाक्लो कालो र घना बादल मडारिरहेको छ। षड्यन्त्र र खुराफातको गन्ध चारैतिर ब्याप्त छ। आदिवासी जनजातीहरु दलित उत्पिडितहरु महिला मधेसेहरु हार गुहार गरिरहेका छन् मुर्छित प्राय धरातालबाट।

यो देशमा संघियताको मुद्धालाई सबसे पहिला उठाएको लिम्वूवानले हो कोइ सक माओवादीले यो मुद्धालाई बोक्यो आपुनो बनायो आन्दोलन उत्कस्रमा पर्यायो पछार्यो फेरी बोक्यो। हामी यो तमासा मुक पशुलेझैं हेरीरहेका छौं। के हो हाम्रो वजुद हाम्रो औकात हाम्रो हैसियत माओवादीले हात झिक्योकि हामी सखाप याने हामी खरानी माओवादीमा लाग्ने हाम्रा साथिहरु भन्छन् हामीसंग भावना मात्र छ। इच्छा मात्र छ। चाहाना मात्र छ। शक्ति छैन जो हामीले भने जसतो लिम्वूवान प्राप्तीको निम्ति हामीलाइ चाहिन्छ। मुलतः यसकारणले माओवादीले जे गर्छ हामी त्यसैमा सिमित रहनुपर्छ। ५२ सालमा माओवादीले जनयुद्ध सुरु ग्र्दा माओवादीसंग के थियो आजको शक्ति थियो आजको जनाधार थियो अवश्य थिएन। केबल बिचार र भावनाको बलमा माओवादीले युद्ध जसतो जोखिमपर्ण खेल सुरुगरेको थियो। त्यतीखेर माओवादीले माखो मार्ला मा-कसम कसैलाई लागेको थिएन। आज लिम्वूवानमा उठेको आवाजलाई यसरीनै जिस्क्याइँदै छ। बडो गमदारी तालमा साथिहरु भन्छन् साथिहरुहो भावनाले मात्र चाहानाले मात्र लिम्वूवान आउँदैन त्यसको निम्ति शक्ति चाहिन्छ जो हामीसंग छैन माओवादीसंग छ। भोली माओवादीले हात झिक्यो भने के गर्ने लिम्वू कमरेडहरुले सोच्नुभएको छ यदी सोच्नुभएको छैन भने सोच्नुहोस र माओवादीको काँधमा चढेर जुन सपना देखिरहनुभएको छ त्यो सपना आपुनो खुट्टामा उभिएर आफै देख्ने प्रयत्न गर्नुहोस। भोली त्यसको हो जसले आज सपना देख्छ र देख्छ केबल आपुनो बल बुतामा आपुनो बाहुबलमा। अरुको भरोषामा बिश्वाषमा सपना देख्नु किमार्थ ठिक परोइन।

जातिय मुक्तिको निम्ति बलिदान गर्ने सबसे स्वर्णिम समय हाम्रो दैलो ठेलोमा आइपुगेको छ तर हामी घोर निन्द्रामा सुतिरहेकाछौं। जस्तै सुवास नेम्वाङ लिम्वू एमाले छोडेर सभामुख पद त्यागेर जातिय मुक्तिको निम्ति लिम्वूवान आएभने के हुन्छ पदम सुन्दर लावती लिम्वू आएभने तुलसी सुब्बा लिम्वूहरु आएभने अहिलेका साना ठूला लिम्वूवान सम्बद्ध पार्टि संगठनहरु उनिहरुको पछि लाग्लान बुदिजिवि श्रमजीवि मजदुर किसान ब्यापारी बिधार्थी एकै ठाउँमा आउलान यो यक्ष प्रश्न मैले एकजना लिम्वू कमरेडलाइ सोधे उनले भने मलाई लिम्वूवानी जनताको विश्वास छैन। म चैं लाग्दीन हाउ। अरे लिम्वूवानमा बसेर लिम्वूवानको राजनिती गरेर लिम्वूवानी जनतालाई अविश्वाष गर्ने आफैले टेकेको धरातालमाथी शंका गर्ने जनता जस्तो सास्वत शक्तिलाई अविश्वास गरेर ओ कमरेड अर्को कुन त्यसतो शक्ति छ जसको बलमा तपाँइ राजनिती गरिरहनुभएको छ मधेसे नेताहरुलाई जनताले कसरी साथ दिए दृष्टान्त सामुन्ने छ तर हामीसंग आँट छैन विश्वास छैन एकता छैन आपुनो स्टेटस गुम्ने भय छ। शक्तिबाट बिमुख भइन्छ भन्ने डर छ। तर जुन शक्ति र जुन स्टेटसको भ्रम खिपिएको छ त्यो पानीफोका भन्दा किमार्थ फरक छैन। आज सुवास नेम्वाङ लिम्वू मुलुककै गरिमामय पदमा छन् हामी गौरव गरिरहेकाछौ तर यो सेरोमोनियल हो कसलाई थाहा छैन। भोली अर्को कुनै सुवास नेम्वाङ लिम्वू जस्तो प्रभावसाली नेता आवोस उसको पनी यसैगरी दाँत झारिन्छ र सेरोमोनियल बनाइन्छ। यदी यो कुरा झुठो हो भने सुवास नेम्वाङ लिम्वूलाई एमालेको तर्फबाट प्रधान मन्त्रिको निम्ति अगाडी सारियोस अथवा भावि एमाले अध्यक्षको रुपमा हेरियोस। यो सम्भव छ छैन बरु एमाले पार्टि बिलिन हुनसक्छ बरु यो देश भारतमा सहसा गाभिन सक्छ तर एमाले लगायतका कुनै पनि पार्टिले यो काम गर्नेछैन यो मेरो बझाइ कम र दावी ज्यादा हो। कमरेड बादलको बढ्दो प्रभावलाइ माओवादी पार्टिमा कसरी दमन गरियाे यो दृष्टान्त कसको अगाडी छिपेको छ भ्रस्टाचारको स्वर्ण युगमा पदम सुन्दर लावती लिम्वूले भ्रस्टाचारको मुद्धा खेप्नपर्यो। के यो देशमा पदम सुन्दर लावती लिम्वूले भन्दा अगाडी कुनै मन्त्रिले भ्रस्टाचार गरेको थिएन एउटा लिम्वूको छोराको राजनितिक प्रभाव बढ्यो त्यसलाई नष्ट गर्न उसलाई भ्रष्टाचार जस्तो कलङकको टिका लगाइयो। यसरी एउटा मट्याँग्राले दुईटा चरा एकसाथ्ा झरेको छ। एउटा पदम सुन्दर लावती लिम्वूको राजनितिक चुरीफुरीको दोहोलो काढियो अर्को लिम्वू पनि भ्रस्टाचारि हुन्छ भन्ने नजिर स्थापित गरियो। यस्ता थप्रै दुखान्त दृष्टान्तहरु हाम्रो सामुन्ने छरपस्ट छन् तथापी झोला हाम्रो काँधबाट हटेको छैन। निस्कर्षमा हामीले संधै अर्काको घरको रखवारी गर्यौं तर आपुनो घर भत्केको हामीले कदाचित देखेनौं। कहिले सम्म यॊ यक्ष प्रश्न पुनः एक पटक लिम्वू कमरेडलाई सोधिराखेर म यो लेखबाट बिदा चाहान्छु आसेवारो।
 
Comments (1)
kina?
1 Sunday, 18 September 2011 18:36
Teju
yo desh sabai ko sajha ho kasai ko pewa hoina.sabai jat jati haru saman hun vanne vawana aa-afuma rahena vane yo desh rahadaina. ho kamred aa-afu sangathit ra ek hunu parchha din awasye auchha tara hami nai sarbesarwa hunu parchha aru sabai hamro hunu parcha vanne sochai bokne ho vane vabissye digo hudaina. adhar baliyo navaye je pani bigranchha.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)