HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विचार / दृष्टिकोण एमालेले राष्ट्रलाई अनिर्णयको बन्दी बनायो

एमालेले राष्ट्रलाई अनिर्णयको बन्दी बनायो

E-mail Print PDF
AddThis Social Bookmark Button
नेत्र पहराईमगर
२४ अगष्त २०१०

नेपालको राजनीतिक इतिहासमा एमाले फाईदाको राजनीति गर्नमा निक्कै माहिर देखिएको छ। वर्तमान नेपालको राजनीतिक परिघटना मात्रै नभइकन विगतका बर्ष र दिनहरुमा पनि उसले मध्यमार्गीको नाममा दोधारे चरित्रको भूमिका निर्वाह गर्दै कुर्चीको वरीपरी घुम्नमा निक्कै व्यस्त र अनुभव बटुलेको छ। कहिले कांग्रेस संगको मित्रता कहिले माओवादी कहिले राजावादी कहिले पंचायतवादी एमालेको स्पष्ट राष्ट्रिय चरित्र हो यो। जसको कारणले देशले विभिन्न राष्ट्रिय समस्याहरुको सहि ढङगले सामना गर्न सकेको छैन। अहिलेको राजनीतिक घटनाको मूल बाधकको रुपमा पनि एमाले रहेकोमा नकार्न सकिन्न। किनकी उसले मार्ग प्रसस्त गर्नुको बदला देशलाई राष्ट्रिय सहमतिको नाममा बन्दी बनाएको छ। सदैब दलगत स्वार्थ र राज्य सत्ताको वरीपरीको राजनीति एमालेको प्रमुख मुद्धा हुदै आएको छ। त्यही विगतको गलत फोहोरी राजनीतिक खेल अहिले प्रधानमन्त्रीको निर्वाचन पांचौ पटक भाद्र ७ मा आएर पनि सम्पन्न हुन सकेन। पुरानै खेल एमाले र मधेशवादी दलहरु तटस्थ बसेर राष्ट्रलाई अनिर्णयको बन्दी बनाए। त्यती मात्रै होईन नेपाली जनता र नेपालको गरिमामय इतिहासमा प्रश्न चिन्ह खडा गरि दिएका छन्। जस्को कारणले कार्यव्यवस्था समितिले आगामी भाद्र २० गते छैथौं पटकको प्रधानमन्त्रीको निर्वाचनको मिति तय गरेको छ। 

अहिले नेपाली जनताको चासोको केन्द्र विन्दु रहेको प्रधानमन्त्रीको पद र चयन प्रकि्रया प्रति नेपाली जनताले आक्रोश र निराश व्यक्त गर्न थालेका छन्। हुनत राजनीति भनेको आफनो दल बलियो बनाउन अरु दललाई कमजोर बनाउने नीति हो। तर प्रधानमन्त्रीको निर्वाचनको सवालमा एमाले पदिय लोलुपताको मानसिक दासत्वबाट माथिउठ्न सकेन। जस्को कारणले अहिले सम्म पनि राष्ट्रलाई तटस्थको नाममा अनिर्णयको बन्दी बनाउदै आएको छ। एमाले ले कांग्रेस वा माओवादी मध्य कुनै एक दललाई समर्थन नगरे र तटस्थ बसे प्रधानमन्त्री छनौट हुन सक्दैन। कि त वर्तमान अन्तरिम संविधान २०६३ लाई संशोधन गरी नयां व्यवस्था अपनाउनु जरुरी छ। अन्यथा एमाले र मधेशवादी दल तटस्थ बस्नुको मूल जड भनेको सत्ता प्राप्तीको राजनीतिक स्वार्थ हो। एमाले र मधेशवादी दल तटस्थ बस्नुको प्रत्यक्ष वा अप्रत्यक्ष असर र त्यसको मूल्य त राष्ट्रले बेहोर्नु परेको छ। गरीब जनताको रगत र पसिनाबाट संकलित करमा ६०१ सभासदले मस्ती गरिरहेका छन्। तर एमाले आफनो दलको स्वार्थको खातिर देशलाई अनिर्णयको बन्दी बनाएर राख्दै आएको छ। के यहि हो राष्ट्रिय स्वार्थ मधेशवादी दलहरु र एमालेको। 
 
हुन पनि नेपालमा गठित भएका हरेक मिलिजुली सरकारमा एमालेको सहभागिता र हालीमुहाली रहदै आएको छ। हरेक पार्टीले बनाउने सरकारमा एमालेको सहभागिता अनिवार्य जस्तै सावित भयो विगतमा। अहिले पनि त्यही विगतकै पुरानो बल्छी थापेर एमालेले कांग्रेस वा माओवादीलाई फसाउन खोजी रहेको छ। मध्यमार्गीको नारा दिएर सत्ता प्राप्ती गर्नु भन्दा एमालेको अरु राष्ट्रिय स्वार्थ देखिन्न र देखिएको पनि छैन। एमालेले अब त्यो दहीच्यूरे रणनीतिलाई त्याग्न वा पुर्नविचार गर्न सकेन भने उसको अस्तित्वमाथी गम्भिर प्रश्न खडा हुन सक्ने छ। लोकप्रिय नेता मदन भण्डारीको निधन पश्चात एमालेले दुई धारको नीति अवलम्बन गरेको प्रस्टै देखिन्छ र पार्टीमा पनि दुईधारको स्पष्ट चिरा देखिन्छ। जस्को कारणले पनि एमालेले राष्ट्रिय हितका खातिर आज सम्म सहि निर्णय लिन सकेको छैन। खाली कसरी हुन्छ राज्यसत्ता र आफनो कुर्ची कसरी जोगाउने र कसरी राज्यसत्ताको नजिक रहने भन्ने भन्दा अर्को सोंच एमालेमा विकास हुन सकेन। जस्को फलस्वरुप देश अहिले सम्म पनि उनीहरुकै पार्टीको स्वार्थका खातिर अनिर्णयको बन्दी बनेर बसेको छ। यो फोहोरी खेल कति महिना सम्म चल्ने हो त्यो केही दिन वा महिना पछि उजागर भएरै छोडने छ। तथापि देशले भाद्र २० मा पनि देशले नयां गति लिन सकेन भने राष्ट्रले कुनै एउटा निर्णय लिँदै अगाडि बढनु पर्ने निश्ति जस्तै भइसकेको छ। 

नेपालमा सम्पन्न संविधानसभाको निर्वाचन पश्चात गठन भएको सहमतीय सरकार र हाल सम्म आइपुग्दा एमाले र मधेशवादी दलहरुको सहभागिता सु निश्चिात जस्तै भएको छ। विगत एब बर्ष देखि एमालेकै नेतृत्वमा गठित सरकारको आफनै पार्टीको संस्थापन पक्षको असहयोग र विभिन्न अडचनका कारण माधव नेपालले प्रधानमन्त्रीको पदबाट राजीनामा गर्न बाध्य भएका थिए। उनको राजीनामा पश्चात साउन ५ गतेको लागि प्रधानमन्त्रीको निर्वाचनको मिति तय गरियो। निर्वाचनमा तीन ठूला दलका नेताहरु झलनाथ खनाल पुष्पकमल दाहाल र रामचन्द्र पौडेल प्रधानमन्त्रीको उमेदवार बने। साउन ५ गते निर्वाचन भयो। तर निर्वाचन अगावै एमालेले स्पष्ट आवश्यक दुई तिहाई बहुमत आफनो पक्षमा नपुगेको भन्दै खनालले उमेदवारी फिर्ता लिए। गत साउन ५ गते सम्पन्न प्रथम निर्वाचनमा प्रचण्ड र पौडेलले आफनो समर्थनमा आवश्यक बहुमत प्राप्त गर्न सकेनन्। एवं रितले साउन ५७ १६ २१ हुदै भाद्र २ गतेलाई मिति तय गरियो। तर भाद्र २ को निर्वाचन विविध कारण देखाउदै भाद्र ७ गतेलाई सारियो। भाद्र ७ गते पनि प्रधानमन्त्रीको निर्वाचनमा सहमति हुन नसके पश्चात प्रधानमन्त्रीको पांचौ निर्वाचन सम्पन्न भयो तर दुबै उमेदवारले आवश्यक बहुमत ल्याउन सकेनन्। अन्तत कार्यव्यवस्था समितिले आगामी भाद्र २० गते प्रधानमन्त्रीको छैठौ‌ निर्वाचनको मिति घोषणा गरेको छ। यदि एमाले र मधेशवादी दलले आफनो पुरानो निर्णय परिवर्तन नगरेको खण्डमा उक्त दिन पनि पुरानै परिणाम प्राप्त हुने निश्चित छ। 

भाद्र ७ को निर्वाचनमा पनि एमाले र मधेशवादी दलहरु तटस्थ बस्दै फोहारी खेल खेलेरै छाडे। जस्को कारणले भाद्र ७ गते को प्रधानमन्त्री चयनको मिति सहमतिका लागि भन्दै २० गतृलाई सारियो। यो राजनीतिक घटनाले विश्व र नेपाली इतिहासमै नभएको गलत चमत्कारिताको फोहोरी खेल एमालेले खेलेका छन्। यो एमाले रमधेशवादी दलको तर्कमा सहि भएता पनि विश्व र नेपाली जनताको सामु राम्रो र सवल पक्ष भने पक्कै पनि होइन। यस्तो अवस्था सृजना हुँदा पनि एमालेले कुनै एउटा दललाई समर्थन गर्नुको सता राष्ट्रलाइ आफनो दलको बन्दी बनाएर बसेको छ। आज यही यक्ष प्रश्न एमालेको सामु खडा भएको छ। सदैब राष्ट्रियताको खातिर मध्यमार्गी नीति अवलम्बन गरेको दुहवी दिने एमाले किन मौन बसेको छ। हुनत सवाल स्पष्ट एमाले विभाजनको लगभग संघारमा छ। तर उनीहरु पार्टी विभाजन चाहदैनन् तर राष्ट अधोगति तर्फ गएको हेर्न चाहन्छन्। त्यती मात्रै नभएर अढाई करोड जनताको भावनामाथी कुठाराघात पनि हो एमालेको दोधारे धैर्यता। के यही हो एमालेको मध्यमार्गी राष्टियता?

निश्चित रुपमा के स्पष्ट हो भने दलहरुले आफैले गरेको सम्झौंताको कार्यान्वयन नगर्दा एक आफसमा अविश्वासको खाडल बढेको हो। जुन धु्रव सत्य पनि हो। सहमति र सम्झौंता गर्ने तर कार्यान्वयन नगर्ने दलहरुको नेपाली परिवृति कहिले समाप्त हुने हो त्यो भविष्यले नै वताउने छ। जुन अविश्वासका कारण प्रधानमन्त्रीको चयन समयमै हुन सकिरहेको छैन। कांग्रेसले विगतमा गरेका सहमति कार्यान्वयन गरेको खण्डमा प्रधानमन्त्रीको उमेदवार फिर्ता लिने जनाइसकेको यस अवस्थामा माओवादीले गम्भिर रुपमा सोच्नु पर्ने समय आएको छ। त्यसकासाथै किन माओवादीलाई अन्य दलले समर्थन गरेका छैनन भन्ने सम्बन्धमा पनि ठूलो विश्लेषण गर्नु पर्ने समय माओवादीको सामु आएको छ। अविश्वासका कारण माओवादीको नेतृत्वमा सरकार निर्माण हुन सकिरहेको छैन। जुन ध्रुव सत्य पनि हो। 

नेपालका कम्युनिष्ट शक्तिहरु राष्ट्रि्रय स्वार्थका नाममा पार्टीगत स्वार्थमा रुमलिदै आएको इतिहास जगजाहेर रहेको छ। त्यती मात्रै नभएर सर्वहारा पार्टीको नाम दिने तर लाखौं करोडौको सम्पतीको मालीक भएर घुम्ने कुर्चीमा रम्नेहरु कसरी सर्वहारा जनताको पार्टी हुन सक्छ। आदर्श एकातिर काम व्यवहार अर्कोतिर के यहि हो समृद्ध जनता र नेपालको स्थापना। त्यती मात्रै होईन विविध प्रकारका आन्दोलन र जनआन्दोलन तथा जनताको भावनामाथीको कुठाराघात पनि हो। सर्वहाराको नामले गरीब नेपाली जनताको आंखोमा छारो हाल्ने काम वाहेक अरु के नै भएको छ नेपालमा। कम्युनिष्ट शक्तिहरु र वर्तमानको एमाले चाहे त्यो राणा शासनको पतनको सवालमा होस चाहे त्यो पंचायती व्यवस्थाको पतन होस वा राजसंस्थाको पतनमा होस वा बहुदलीय व्यवस्थाको पुनः स्थापना पश्चात गठित सरकारका सवालमा होस वा प्रतिनिधिसभाको पुनः स्थापनाका सवालमा होस। केबल राज्यसत्ताको वरीपरी र फाइदाको राजनीति गर्दै अन्य समकक्षी दलहरुलाई बाध्यतामा फसाउदै आएका घटनाहरु बाहेक एमाले संग अरु के नै छ। सत्तामा जानका खातिर देशलाइ अर्निणयको बन्दी बनाउन निक्कै माहिर देखिदै आएको एमाले अहिले पनि उही विगतको फोहोरी खेलमा रम्ने निश्चित प्राय भएको छ। तर नेपाली जनतालाई देशको स्वार्थका खातिर हामीले यसो गरेको भन्न पछि नपर्ने एमाले र कम्युनिष्ट शक्तिहरु कसरी राष्ट्रवादी हुन सक्छन् र कती दिन ढांत छलको खेल खेल्ने नेपाली जनताको नाममा। 

अढाई करोड जनताको भावनालाई आफनो पार्टीको स्वार्थमा रमाउने एमाले र मधेशवादी दलहरु अराष्ट्रिय शक्ति हुन। जो आफनो दलको स्वार्थमा चुलुम्र्म डुबेको छन्। यदि होइन भने प्रधानमन्त्री जुन कुनै दलको भएता पनि विजय पराजय ठूलो सवाल होइन तर देशलाई बन्दी बनाउनेलाई कसरी जनताको पार्टी भन्ने आफनो पार्टीको आन्तरीक स्वार्थ र विवादलाई राष्ट्रको समस्या संग जोडेर फाइदा लिन खोज्ने शक्तिलाई कसरी जनमुखी र जनताको पार्टी भन्ने आज नेपाली जनताले यहि प्रश्नको जवाफ खोजेका छन्।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)