HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th

आमा

E-mail Print PDF
AddThis Social Bookmark Button
कान्ति गुरुङ

आमाबाबुको माया छोराछोरी माथि छोराछोरीको माया ढुङ्गामुढामाथि भने जस्तै अहिलेको परिस्थितिमा यो उक्ति ठ्याक्कै मेल खाएको छ।

म सानो छँदा मेरा बावुआमाले पनि यस्तै यस्तै भन्ने गर्नुहुन्थ्यो। मैले हिजोसम्म बुझ्न सकिरहेको थिइनँ अहिले पो त बुझ्ने मौका पाइयो। म कति भाग्यमानी रहेछु यस्ता गहिराइका पुराना-पुराना उखान टुक्काहरु समेत बुझ्नलाई सहज वातावरण सिर्जना गराइदिने महान् विचारका धनी विद्वान साँढेहरुले बसोबास गर्ने ठाउँमा मैले पनि जन्म लिन पाएँ।

कठै ! नेपाल आमाको हालत हेर खासै उमेर ढल्किसकेको त थिएन तर धेरै चकचके स्वभावका बालवच्चा भएपछि यस्तै हुँदो रहेछ क्यार ! धेरै लुछाचुँडी गर्दागर्दै आमा त खिइपोसकेछिन्। अनुहार पनि साँच्चै चाउरिएको हो या कहिल्यै हाँस्न नसक्ने भएर हो जहिले हेर् यो औंशीको रात जस्तै लाग्छ।
 
म केटाकेटी छँदा त सुन्थें आमा निकै राम्री साथै प्रभावशाली थिइन्। त्यसैले कसैले उसको सामु शिर ठाडो पार्न सक्दैनथे रे देशविदेशबाट आमाको दर्शन गर्न र उसैको काखमा लडिवुडी गर्दै खेल्न धेरै छोराछोरीहरु आउँथे रे आमासंग अंगालो मार्दै तस्वीर खिचाउँथे रे। आमा पनि खुसी हुँदै हँसिलो मुख लगाएर आफ्ना सन्तानलाई मायालु हातको स्पर्शले न्यानोपना दिलाउँथिन् रे। गर्मीमा शीतलता प्रदान गर्न सगरमाथाको हिउँ बन्न त जाडोमा मधेशको घाम बन्न दुःखी हुँदा सुन्दर-सुन्दर दृश्यहरु बन्न कहिल्यै पनि पछि परिनन् रे। र आज पनि कहीं छाडेकी छिन् र भोका सन्तानका निम्ति आफ्नै काखलाई तराईको रुप दिन तर पहिलाको जस्तो सुन्दर सन्तुष्ट भरिभराउ अनुहार र मन छैन आमाको। कति चिन्तित छिन् आमा सन्तानको यस्तो अराजक व्यवहारदेखि। तर खै त सन्तानले बुझ्न खोजेको आमाको मर्मलाई उनीहरुलाई त खाली त्यही कुर्सी रुपी आमाको टाउकोमा टेक्न हानथाप हुँदैमा ठीक्क छ। यस्तो संवेदनशील घडीमा कति भार परिरहेको छ आमाको छातीमा धान्नलाई भन्ने कुरा सोच्न अलिकति पनि फुर्सदै छैन।

उनै आमाको आँखा अगाडी कहिले आन्दोलन हड्ताल त कहिले बन्द चक्काजामको जाममा कहिले युद्ध हत्या हिँसा आतंक त कहिले चोरी डकैती अपराधको जाममा। एकोहोरो यस्तै यस्तै खेलहरु खेलिरहँदा कति चरक्क चर्किन्छ होला आमाको त्यो कोमल मुटु साँच्चै सिसा फुटेजस्तै हुँदो हो। आमाले त छाती चिरेरै दुध पिलाइरहेकी त छिन्। हामी भने कस्तो दुधले मात्रै नपुगेर रगत नै पिउन खोज्ने। अझ भन्ने नै हो भने त माकुराकै चाल भइसकेको छ यहाँ। एउटी आमा माकुरीले आफ्ना बच्चाहरुको निम्ति आफ्नो िसंङ्गो शरीर प्राण जीवन नै सुम्पिन्छिन् तर बच्चालाई भने कुनै पर्वाह हुँदैन आमाको केवल खाज पाए हुन्छ।

होइन अव कतिाजेल यी सब अशान्ति र अपि्रयताको भुमरीभित्र रुमल्लिइरहनु कहिलेसम्म गड्गडाहट कोलाहलपूर्ण र अनकन्टारमय वातावरणलाई आत्मसात गर्ने आमा रोइरहेछिन्। अब त उसको पुकार सुन्न नतमस्तक हुनैपर्ने समय आइसकेको छ। आफ्नै भाइभाइमा लडाईं फगडा गरेर हुने वाला फाइदा र प्रगति केही छैन। यसको परिणामस्वरुप अरु नै कुनै तेश्रो व्यक्तिलाई फाइदा हुन्छ। त्यसैले त आँखा गाडिरहेका छन् बाहिरीयाहरु। उनीहरुले चाहेको पनि यहि त हो हामीहामी वीचको आपसी भाइफुट। बाहिरी पक्षले कान फुक्दैमा उडिहाल्ने कहाँसम्मको मुर्खता उनीहरुको धुर्ततालाई कहिले हो मनन गर्न सक्ने खुबी समेट्ने हामीले 

दाजुदिदी भाइबहिनी हो एकपटक आँखा चिम्लेर ध्यान एकाग्र पारेर सुनौं त कतै त्यो आमाकै चित्कार त होइन कतै आमाकै रोदन त होइन उनको धक्कानो फुट्दा समेत हामी कस्ता सन्तान हौं धिक्कार छ हामी सन्तान हुनुमा। हामीले त बुढी आमाको आँशु पुछ्न सकेनौं या चाहेनौं। ओंठमा मुस्कुराहट ल्याउन सकेनौं। बरु भएको खुसी र मुस्कान पनि टपक्क टिपेर मिल्काइदियौं महत्व नै नबुझेर पो होकी 

मलाई त अलिकति भएपनि बोध भइरहेको छ। आत्मग्लानी हुन खोजेको जस्तो छ कताकता पछुतो पो लाग्न थालेको होकी त जस्तो भान भइरहेको त छैन हुनु पनि जरुरी छ। आऔं अब हामी सबै एकसाथ मिलेर आमाको काखमा शान्तिका बीजहरु छरौं खुसीका सुमनहरु सारौं सन्तोषका वृक्षहरु रोपौं अब फेरी हातमा हात मिलाएर काँधमा काँध मिलाएर। ताकि इष्र्या गरुन् दुनियाँले चकित परुन् सारा। अब हामीले बिउँतने समय आइसकेको छ। अझ पनि सुष्ाप्त अवस्थामा नै रहिरह्यौं भने विध्वंशको जरा फष्टाउनेछ।

मनमष्तिष्कबाट इच्छाका ज्वारभाटाहरु फुटाऔं अझ पनि हरेश खाइसकेकी छैनन् आमा। नत आशाका दियोहरु निभिसकेका छन्। जसरी आमाको मुटुको गहिराइमा विशाल छातीमा हामी सन्ततिका निम्ति माया प्रगाढ छ ठीक त्यसै गरी हामीले पनि उसको अस्मिताको निम्ति प्रगाढ रुपरेखा कोर्नुपर्ने छ। सम्वृद्ध सुन्दर शान्त विशाल नेपाल आमाको रुपमा विश्वमा नै स्थापित गराउनु छ। संसारभर चिनाउनु छ।
 
Comments (1)
Mejhor/Jedo/Simipau/Namaste
1 Sunday, 22 August 2010 21:50
Krishna Shrees Magar/Galkot, Baglung
Your article is very good Kanti G, continue it. You are really good writer. Your feelings are very nice and acceptable.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)