HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विचार / दृष्टिकोण पार्टीका नेताहरुले प्रजातन्त्रको मेरुदण्डलाई कुल्चिए

पार्टीका नेताहरुले प्रजातन्त्रको मेरुदण्डलाई कुल्चिए

E-mail Print PDF
AddThis Social Bookmark Button
सुमित्रा पौडेल
७ अगष्त २०१०
 
नेपालमा पन्चायती ब्यबस्थालाई नेपाली जनताले निरन्कुस र तानासाही सम्झदै प्रजातन्त्र प्राप्तिका लागि त्याग र बलिदानका साथ २० ओै बर्ष अगाडि गरेको संर्घसले स्थापित प्रजातन्त्रलाई स्थापित त गरायो तर नयाँ उमङ र अभिलाषाहरु बोकेर आएको प्रजातन्त्रलाई नेपालका राजनीतिक हिम्सिखरहरुले नेपाली जनताको लागि अभिसाप बनाए। सुख शान्ती र सम्वृद्धिको कामना गर्दै समाजअका कमी कमजोरी, विकृती र बिसंगतिहरुलाई निर्मुल बनाएर जनताको इच्छ। र चाहना अनुरुप बाँच्न पाउने अधिकारलाई दिनानुदिन उम्रदै गएको पार्टिका नेताहरुले प्रजातन्त्रको मेरुदण्डलाई कुल्चिएर आ-आफ्नै सुखभोग र होडबाजीमा नेपाली जनताको आँखामा छारो हाल्ने काम गरे।

बर्षौ अघि देखी शान्तीको चाहना गरिरहेका सोझा नेपालीहरु देशका सारथीहरुको भूमिकालाई हेरीरहे तर आफ्नो भुल र अपराधहरु नेपाली जनताका लागि घातक बन्नेछ भन्ने कुरा उनीहरुले कहिलै मह्सुस गरेन्नन। सान्ती र सम्ब्रिद्धैको कामना गर्दै बर्षौ देखी आशा गरीरहेका देशबासीहरु माथि निस्चित गन्तब्य दिने भूमिका निर्बाह गर्न नसक्नु आज देशका सारथीहरुको हेलच्याक्राई र जनता प्रतिको द्रीढ सङकल्पलाई नाघी ईमन्दारिता प्रती गम्भिरता नभएको भन्ने नेपाली जनताले स्पस्ट बुझ्न सके।
 
जति बर्षहरु बित्दै गए उपेछित प्रजातन्त्रका अभिलाषाहरु जनताका ईच्छा र चाहना मात्रैमा सिमित रहे। यसरी बन्चित भएका नेपालीहरु निरासिदै आज बिकल्पहरु खोजी रहेका छन्। जति नव बसन्तहरु पार भएता पनि हरेक पलहरुमा जन कहाली लाग्दो निरासाका बादलहरु थपिदै गए। देशका सारथीहरुको दायित्व र उनीहरुको काँधमा आई परेको मुलुकको समस्याहरु र देशलाई निस्चित गन्तब्यमा पुर्याउने अठोट जनताको अगाडि राखे पनि गम्भिर भएर आफ्ना इमन्दारिता र स्वाभिमानलाई झुटो आश्वासनमा जनताहरुलाई रुमालयाउने काम मात्रै गरे। यो सोझा नेपालीको लागि अभिशाप बन्दै गयो।

देश भित्र गर्नु पर्ने जनताको इच्छ। र चाहना अनुसारअको संबिधान निर्माण गरी बर्सौ अघी देखी नेपाली समाजमा बिध्धमान रहेको शोषण उट्पिडन, सामन्तबाद, बिसमता र अन्य कुरितिहरुको अन्त्यगरी समुन्नत नेपालको निर्माण गर्ने बाचा हरेक बर्ष गरे पनि बेबहारमा लागु नहुनाले नेपाल र नेपालीको स्वाभिमान अन्तरराष्ट्रिय छेत्रमा गिर्दै गैरहेको छ। राजनीतिक पाट्रीका नेताहरुको बैमनुस्याता र खिचातानिले आबध्ध हुन नसकी जनता माथि सफल र विश्वाशअको घेरालाई भित्र पार्न सकेनन त्यसको सट्टा देश दिनानु दिन उजागर बन्दै गयो।

अब नेपाली जनताहरु यस्ता देशका अभिशापहरुलाई परास्त गर्दै सहमति हुँदै आत्मसात गर्नुपर्ने आजको अवस्था देशको अगाडि तड्कारो रुपमा आएको छ। देश भित्रका यस्ता कमजोरीहरुले एतिहासिक तथा युगान्तकारी उपल्ब्धिहरुलाई अन्तरराष्ट्रिय शक्तिहरु जालखेलका साथ कमजोरीपन माथि फाईदा उठाउनु स्वभाविक हो। यस्ता कुराहरुलाई गम्भिरतापूर्वक मनन नगर्ने हो भने भोलीको अवस्थाको बारेमा ''नया नेपालको सिर्जना' 'नाम मात्रै हुनेछ।

हरेक क्षेत्रबाट जनताको बाँच्न पाउने अधिकार को हनन्, अराजकता र दण्डहिनताको जुन भयानक रुप देशले लिइरहेको छ यसबाट नेपाली जनतालाई मुक्ति दिँदै सर्वाधिकारको हितको लागि कदम चालिनु र मुलुकको लोक प्रजातान्त्रिक प्रकृयामा गतिसिल तुल्याउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्साहबर्द्घक दृष्टिलाई उपेक्षित गराउनु आजको आवस्यक्ता बनेको छ। यस्तो चुनौतीपूर्ण घडीमा अद्भभुद कार्य गरी आम जनताको हृदयमा शान्तीको अनुभुती गर्ने अर्थपुण कार्यको घोषणा भई नेपालको अराजक्तालाई अन्त गर्दै नेपाली जनताले गुमाएका अधिकारअहरु र शान्तीको अभिलाषा पुरा गर्ने स्वाणैम आबसर प्राप्त होस् यही शुभकामनाका साथ बर्षउ अघी देखिको आसा पलाउला या नपलाउलान्? नेपाली जनताले पर्खिरहेका स्वर्णिम युगलाई उपभोग गर्न पाउलान् नपाउलान् ? यस्तै छत्रछाँयामा बसिरहेका छन् नेपालीहरु, अझै पनि बोकिरहेका छन् आशा र अभिलाषाहरु र यो देशको चर्को रुपले कस्तो मोड लेला ? यिनै धेरै धेरै प्रश्नबाचाक चिन्हहरु खडा भईरहेका छन् आज हामी सबैका लागि, नेपाली जनताका लागि।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)