HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विचार / दृष्टिकोण अमेरिकामा अध्ययनरत सुशील खड्काले अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड प्राप्त गरे

अमेरिकामा अध्ययनरत सुशील खड्काले अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड प्राप्त गरे

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० अगषत २, अमेरिकामा अध्ययनरत बाग्लुङका एक विद्यार्थीले त्यहाँको मेइन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड प्राप्त गरेका छन्। चार वर्षअघि अध्ययनका लागि अमेरिका पुगेका बाग्लुङ नगरपालिका-३, गुठीका सुशील खड्काले विश्वविद्यालयको वार्षिकोत्सवको अवसरमा उक्त अवार्ड पाएका हुन्। सन् २०१० मा इन्जिनियरीङतर्फ स्नातक तहमा अध्ययनरत विश्वविद्यालयका सबै विद्यार्थीलाई उछिन्दै खड्का उत्कृष्ट भएका छन्। विश्वविद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीलाई विभिन्न विषयका उत्कृष्ट विद्यार्थीलाई अवार्ड प्रदान गर्दै आएको छ। विश्वविद्यालयमा विश्वभरका १२ हजार विद्यार्थी अध्ययनरत छन्।
 
उनले पेन्त्रि्कयाटिक  क्यान्सर छुट्टयाउन प्रयोग हुने सुन तथा चाँदीका सुक्ष्म कणको प्रयोगसम्बन्धी अनुसन्धान र शैक्षिक क्षेत्रमा उत्कृष्ट स्थान ल्याएबापत उक्त पुरस्कार पाएका हुन्। ‘मेरो प्राज्ञिक क्षमता, नेतृत्वदायी भूमिका र अनुसन्धानको मूल्यांकन गर्दै विश्वविद्यालयले सम्मान गरेको छ,' खड्काले टेलिफोनमा भने, ‘यो मेरो व्यक्तिगत नभएर नेपालकै सम्मान भन्ने ठानेको छु।'  

विश्वविद्यालयले प्रत्येक वर्ष प्रदान गर्दै  आएको उक्त अवार्ड सन् २००९ मा फ्रान्सका विद्यार्थीले पाएका थिए। खड्काले अमेरिकाको पल्प एन्ड पेपर फाउन्डेसनबाट छात्रवृत्तिसमेत पाएका छन्। उनी फाउन्डेसनबाट वार्षिक १५ हजार डलरको छात्रवृत्ति पाउने पहिलो अन्तर्राष्ट्रिय विद्यार्थी हुन्।

विश्वविद्यालयका रासायनिक तथा जैविक इन्जिनियरिङका  प्राध्यापक माइकल मेसनसँगको सहलेखनमा दुई पुस्तकसमेत प्रकाशन गरेको उनले बताए। म्याग्दीको बरंगजामा जन्मेका खड्काले कक्षा ८ सम्म गाउँकै सरकारी स्कुल तथा कक्षा ९ देखि बाग्लुङको अमृत आदर्श उच्चमाविमा अध्ययन गरेका थिए। चितवनबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण उनले काठमाडौंको निक उच्चमावि डिल्लीबजारबाट ‘प्लस टु' उत्तीर्ण गरेका थिए।

अमेरिकामा छोराले पाएको  सम्मानप्रति बाबु केशवले खुसी प्रकट गरे। भूपू भारतीय सैनिक उनले भने, ‘मैले सोचेकोथिइनँ, सुखद खबरले खुसीको सिमा छैन।'   

पाँच दिदीका कान्छा भाइ सुशील स्कुल  देखि नै मेधावी थिए। अमृत आदर्श  उच्च माविका प्रिन्सिपल महेशचन्द्र प्रधानले उनको तारिफ गरे। ‘निकै लगनशील र जिज्ञासु थियो,' दार्जिलिङ भ्रमणको स्मरण गर्दै प्रधानले भने, ‘त्यसबेला उसलाई यात्राको रिपोर्टिङको जिम्मा दिएको थिएँ, उसले त किताबै तयार पारेछ।
 
Comments (1)
thank you and god bless to you
1 Tuesday, 07 September 2010 12:30
bharat thapa
I am so happy Bhai susil pargati ko paila yassari nai badhos thank you.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)