HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home विचार / दृष्टिकोण अनलाईन मिडिया गिनिजमा दर्ता र छापा पत्रिकाको परिपक्वता

अनलाईन मिडिया गिनिजमा दर्ता र छापा पत्रिकाको परिपक्वता

E-mail Print PDF
AddThis Social Bookmark Button
अधिराज राई “प्रकाश”

मेरो गाउँमा देशी बाबै हुनहुन्छ, साह्रै असल र सहयोगी मान्छे। बिहे कार्जे हरेकमा उहाँको सरसल्लाहा र सहयोग गाउलेहरूले लिने गर्छन्। विशेष गरेर गाउँमा बिहेवारी हुदा उहाँलाई मूलभान्से राख्ने गरिन्छ। किराँतराई जातिमा मूलभान्सेको ठूलो महत्व हुन्छ। उसले भान्साको सम्पूर्ण कामको अख्तियारी पाएको हुन्छ। कार्जे सफल भएपछि शिर उभ्याउनीमा रक्सि,मासु र पैसा राखेर चित्त बुझाउने गरिन्छ। खास नाम अर्कै हो बाबैको तर जवानाको लाहुरे भएकोले सबैले देशी भन्छन्। यती राम्रो र असल मान्छे भए पनि जाँडले मातेको बेलाचाहिँ उहाँको नराम्रो बानी पनि छ। त्यो आफ्नो कम्जोरी उहाँलाई पनि थाहा थियो र भन्नु हुन्थ्यो मातेको बेलाको माफ मैले नपाउने भएँ, मेरो मृत्युमा पनि मलामी हुदैनन् होला। हुन पनि जव मात्नु हुन्थ्यो अनि उहाँलाई अघि लगाएर हिड्यो, किन घचेटिस भन्ने फेरि पछि लगाएर हिडयो, किन छाडिस भन्ने। तरै पनि गाउँ समाजमा मातेको बेला घटेको घटनालाई ठूलो विषय बनाइँदैन थ्यो।
 
 
तर यो हंगकंगजस्तो अत्याधुनिक शहरमा पनि त्यो हाम्रो नेपालीपन हटेको छैन। यो राम्रो पनि हो। यो सहरमा पनि यस्तै मातेको मान्छेले पत्रिकाको भट्टि चलाएको छ। पहिला पहिला शहरमा किस्ने साँढे भयर ठाउँ न कुठाउँ खुबै ठोक्यो, कहाँ कता बितह पर्यो को नि २-४ वर्ष राम बम्जन जस्तै हरायो। बमजन बुद्ध भयर देखा नपरे पनि। किस्ने फेरि आदिवासी पुरुष “बाहिङ” भयर निस्केको छ। मातेर हो वा मातेको अभिनय गरेको हो फेरि जताभावी सिङ उध्याउन थालेकोछ। नमाती हान्ला जस्तै त हैन फेरि मातेरै हान्यो भनुँ भने ठाउँमा नै हान्छ। यसलाई कसरी संयोग मात्र भन्ने र कयौँ पटक समाचार साभार गरियो, यो हाम्रो वाध्यता पनि हो किनकि हामी पूर्णकालिन पत्रकार हैनौँ। कुनै एक सभारमा हेडलाईन चेन्ज गरियो जान वा अन्जानमा तर वाहिङलाई आकाश खस्यो,पत्ताल भासियो, किन ? “दुबै हातमा लड्डु” भएको किन खोसियो बान्तावाको ? खोज पत्रकारिता राम्रो कुराहो। तर गत वर्षदेखि नै रामकृष्ण बान्तावालाई खेदेको खेदेकै देखियो। बान्तावा पनि भन्छन किन खेद्यो खेद्यो स्वास्नी हरेको थिईनँ,छोरी चेलिलाई आँखा झिम्काई दियको छैन। तुच्छ बँचन गरेको छैन। हो, हुन पनि त्यस्तो स्वभावको त हैनन उनी। तर खोक्न चाहिँ अलिक बढी नै खोकिदियो क्यार। बिहानीको निन्द्रा भङ्ग भयो जस्तो छ शहरमा। हुन पनि बिहानीको निद्रालाई कान्छि भन्ने गरिन्छ। 
 
स्वभाविक रुपमा मान्छेमा फरक फरक आनीबानी हुन्छ। रामकृष्ण बान्तावामा बढी महत्वकाँक्षा भयकै हो। जसको परिणाम स्वरुप विगतमा अप्ठ्याराहरू पनि आएकै हो। अब तेसबाट शिक्षा लिदै त्यसलाई फिल्मको मध्यान्तर अघिको सिन सम्झन्नु पर्छ। जे भए पनि अन्यमा नायकको जीत भएकोछ। आगामी दिनहरूमा बोल्नु र लेख्नु भन्दा अघि दुई खेप सोच्ने गरौँ हामी सबैले। तेसो गरे कसो होला र आजसम्म कुनै पनि हंगकंगे नेपाली कलमले नपाएको सफल्ता पाएकैहो “सघन तुवाँलो” र लेखकले यस्मा कुनै विवाद रहेन। अघि हिड्नेको खुट्टा तान्ने नेपाली प्रवृति नै हो। भाइको अनुहार हेरेर-शत्रुको र बिरालोको अनुहार हेरेर बाघको लख काटनु रे भन्छन। खेदाखेदको क्रम यस्तै रहे भोलिको दिनमा सघन तुवाँलो मैले लेखीदिएको। गीतहरू मैले बेचेको भन्दै शहरमा मान्छेले दावी गर्न के बेर ? 

सञ्चार भनेको समाज हेर्ने दर्पण र सुधार गर्ने माध्याम पनि हो। दुबै हातमा लड्डु शीर्षक चेन्ज भयो भनेर ढ्याङ्ग्रो ठोक्ने परिपक्क छापा पत्रकारहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अनलाईनको हैसीयतले मूलबाटो डटकम तयारछौँ।

 
 
बिगत १९९८ सालबाट म साउथ चाईना नियमित हेर्दै आएको छु। यस बीचमा धेरै नै ताईमोशन ,बादरेडाँडाँह¿मा बिबिक्यु धुवाँईयो तेसको लेखाजोखा नगरुँ। तर जुन अंकमा शीर्षक करिर्वतन बारेमा पाठ सिकाउने कौशिस गरियो तेहि अंकको मात्र म कुरा गर्छु। वर्ष ११ अकं ७ एभरेष्टको पेज ७ मा सबै साँप्रा र बिकिनि फोटोहरुको स्रोत खुलाईएको छैन। पेज १० र ११ मा त झन सम्पूर्ण पुनर लेखन वा साभार हो कहीं कतै छुट्याईएको छैन। ती सबै फोटा र लेखहरू जुन १२ तारिक २०१०, साउथ चाईनाको पेज ए-३ र ए ४ को हो। फोटो एपी र स्टेन्लि सिनले खिचेको हो। कि एभरेष्ट भन्ने पत्रिका भट्टिमा छु मन्तर भएर बनेको हो ? यो माथि उद्रित गरिएको त एउटा सानो अंशमात्र हो। तथ्याङकमा राखेको जति लेखेमा महाकाब्य बराबर होला।
 
 
 
बरिष्ठ पत्रकारज्यूले अधिवेशनबाट चुनिएर आएको कुनै पनि नया कार्यसमितिलाई बिद्रोहिको कब्जामा पर्यो भन्न भ्याउछन्। जनजातिले टिका बहिस्कार गरेको अवस्थामा उहाँ आफै जातीय सस्थाको जिम्मेवार पदमा रहेर पनि पत्रकारको हवला दिदै महावाणीज्यदुतावासमा गएर घ्याप्पै बसेर टिका थाप्न सक्नु हुन्छ। छापा पत्रिकाका पत्रकार भएरै होला नेपालबाट ल्याईएका बैरागी काईला भन्नु हुन्छ किसन त आक्पा नै रहेछ आफ्नो रेकर्ड आफैँ तोडेको तोडेकै गर्ने। हुन पनि हो एकै महिनामा तीन तीन विशेष अंकमात्र कहाँ हो र आफू अध्यक्ष रहेको सस्थाको मुखपत्र यलम्बर पनि सोही महिनाको आसपास निकाल्छन् र गत दश वर्षको रेकर्ड तोड्दै यलम्बरको सन्तानहरूलाई मात्र दाता बनाउछन् र बाँकी दाताहरूलाई हाई सन्चो दिन्छन्।
 
 
 
आफ्नो पत्रिकाले दश वर्ष पुरा गरेको खुशीयालीमा स्थापनादेखि दिलो ज्यान दिएर लागिपर्नेहरूलाई पाखा लगाउँदै प्रयोग गर्छन नव उदयमान पत्रकार र काड्छन् दोहोलो। बोल्छन उदयमान, छद्ममभेदी नाममा कमेन्ट लेख्छन् र छाप्छन् पत्रकारिताको ज्ञान नभएकाहरू आदि इत्यादि। हुन पनि हो बीबीसी ,कान्तिपुर आदिमा पुरै नाम ठेगाना भएकोमात्र छाप्छन्जस्तै गरी टोक्छन छापावालाहरू। चाईनाको खबर हंगकंग बसी बसी चाईनामा नै गएर स्थलगत रिपोट गरेकोजस्तो रिपोटिङ गर्ने छापावालहरूलाई अनलाईनले पार्नै पिर पारेको होकि क्याहो ?

सबै लोग्ने मान्छेहरू जार हुदैनन,दाजु-भाई,बाबु-छोराहरू पनि हुन्छन्। अनलाईन मिडियालाई पनि फूलको आखाले हेर्दा राम्रो हुन्छ। स्वभाविक रुपमा अनलाईन मिडियाले पेपर मिडियाको बिजिनेसमा डिष्ट्रब गरेको साचो हो तर यो समयको माग हो। मोटर बाटो बनेपछि भरियाले भारी बोक्न पाईनँ भनेर गरेको एकाध गुनासो सुनिए पनि तर जुलुस नारा दिएको थाहा छैन। यसो नगरौँ। यसो गर्दा अनलाईनभन्दा अगाडि छापावाल पत्रिकाको नै गिनिज बुकमा नाम रहन सक्छ।

रावणको गल्ति देखाएर राम महान बनाउने हाम्रो सस्कृति छ त्यो गलत छ। तेसैले “देशी बाबै” बरिष्ठ पत्रकार महोदयलाई जाँड लागे सरह मानेका छौँ। हुन त उहाँको राम्रो पक्ष यो छकि आवश्यक परे प्रचण्ड भन्दा पनि सजिलै आत्मालोचना गर्नु हुन्छ। जाबो एक वर्षमा नै अपमानको शब्दवाण सहेर माकुनेको छाला गैडाको जस्तो भो रे,त्यो पनि कुर्सीमा बस्दा। भने यो दश वर्ष कलमको खेतिमा लागेका बरिष्ठ पत्रकार वाहिङको पनि बैलाहा भैसीको जतिको बाक्लो त हुन पर्यो नि हगि?

बस यती नै आज।।।
 
Comments (1)
bajayechaan majjale
1 Saturday, 26 June 2010 16:21
bikram lafa
aruko anga ma jumra hideko dekhane afno anga maa bhaisi hideko nadekhane kisan raai lai adhiraaj rai le praman sahait majjale chuutechaan , kisan rai le pani afno patrikaamaa katipaye photo haru sabhar shrot nakhulai kana chaapne garcha .

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)