HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विचार / दृष्टिकोण मगरको अस्तित्व धरापमा

मगरको अस्तित्व धरापमा

E-mail Print PDF
AddThis Social Bookmark Button
क्रान्ति पुनमगर, बागलुङ

मान्छे विचारले परिवर्तन हुनुपर्छ जातीयताले होइन किनकी जो व्यक्ति जाति र जातीय रुपले परिवर्तन हुन चाहन्छ त्यसको भविष्य कुनै हालतमा सुनिश्चित छँदै छैन। यतिबेला बाह्य हिन्दू अतिवादीहरुले च्याप्दै आइरहेको अवस्थामा मगरहरुमा आपसी वैमनस्यता देखाउनु भनेको आफ्नो कमजोरी पक्ष देखाउनु हो। विरोधीहरुले आफ्नो विपक्षीमाथि हमला गर्नु छ भने उसले कमजोरी पक्ष हेरेर हमला गर्छ। त्यसरी नै पन्चायती व्यवस्थामा हिन्दू अतिवादीहरुले हामी मगरहरुलाई सोझोपनको फाइदा नउठाएका होइनन् र आज पनि हामीमाथि बार बार घोचपेच हुँदैछ। यो कुरा बुझेको मगरहरुले खोई वर्तमानमा गुज्रेको देशको अवस्था हिन्दू अतिवादीहरुको चलखेल भैरहेको बेला मगरहरु जुट्नुपर्नेमा किन फुट्दैछन्।
 
पुनमगरहरु मगरबाट छुट्टिएर पुन मात्र हौ भनेर आदिबासी जनजातिको सूचीमा सूचीकृत हुँदैछन्। यो कतिको सान्दर्भिक हो यसलाई एकपटक सम्पूर्ण देशबासी मगरहरुले गहिरिएर सोचौं त। आज पुनले म मगर होइन भोलि थापाले पसर्ि राना एवं रीतले सबै जातिले यस्तै भन्दै फुटे भने मगर जातिको अस्तित्व कहाँ पुग्छ कि त इतिहास कि त संग्रहालयतिर एकादेशमा मगर भन्ने जाति थियो रे। त्यही पनि लोप भएर गयो रे। यस्तै-यस्तै कथा पढ्न पाइन्छ। यसमा दुईमत छँदै छैन। पहिले बेलायत िसंगापुर तथा भारतमा भर्ती हुँदा पुन थापा राना बाहेक अन्य मगरलाई लिइँदैनथ्यो किनकी पुन थापा र राना भनेका मात्रै पक्का मगर हुन् भन्ने एक खाले मान्यता थियो तर आज त्यही पुनहरुले हामी मगर होइनौं भन्नु बिरालोले मैले मासु नखाने व्रत लिएको छु भन्नु जतिकै हो कारण माथिको भर्तीप्रथा साक्षी छ पुनहरु पनि मगर नै हुन्। एउटा रुखमा विभिन्न हाँगाबिँगा र त्यसका शाखा र उपशाखाहरु हुन्छन्। के ती हाँगाहरुले म अर्कै रुखको हाँगा हुँ भन्न सुहाउँछ अहँ सुहाउँदैन नकि हाँगाले बिस्रन हुन्न हाम्रो मुख्य उत्पत्ति र अस्तित्व भनेको जरा हो। एउटा रुख हो। त्यो नभए हाँगा रहँदैन। हाँगा बाँच्न सक्दैन। त्यसको अस्तित्व हराउँछ। यो मानेमा पुनहरुले पनि बिस्रन हुन्नकी। हाम्रो उत्पत्ति मगर जातिबाट भएको हो। मगरको छातासंगठनभित्र रहेर विभिन्न संगठन खोल्न पाउनु उसको अधिकार हो तर म मगर होइन भन्नु र जातीय रुपमा छुट्टिनु मगर जातिलाई स्वार्थको हतियार बनाउनु अनाधिकार हो।
 
हालको सन्दर्भमा पुनहरुको जनघनत्व हेर्ने हो भने म्याग्दी बागलुङ रोल्पा रुकुम र पर्वतको उत्तरी भेगमा बढी रहेका छन्। त्यहाँका पुनहरुले हामी मगर होइनौं हाम्रो भाषा संस्कार छुट्टै छ भन्नु सरासर गलत हो। किनकी मगर होइन भन्ने फेरि खाम पाङ मगर भाषालाई पुनहरुको भाषा भन्नु अन्य घर्ती बुढा बुढाथोकी रोका झाँक्री आदि थरि मगरहरुलाई अन्याय गरेको ठहर्छ। पुनहरुले प्राचीन विशाल मगराँत अन्तर्गतको अठार मगराँत क्षेत्रमा बोलिने खाम मगर भाषालाई हाम्रो भाषाबारे सूचीकृत गरे भने रुकुम रोल्पा तथा बागलुङको पश्चिमी क्षेत्र निसीभुजीका घर्ती रोका रोकाय बुढा बुढाथोकी झाँक्री आदि थरी मगरहरुले के भन्लान् वास्तवमा पुनहरु मगर नै हुन् कारण स्पष्ट छ उनीहरु अठार मगराँत क्षेत्रमा बोलिने खाम मगर भाषा बोल्छन्।

हो बाह्र मगराँत क्षेत्रमा पुन मगरहरुले बाह्र मगराँतकै मगर भाषा बोल्छन् भने अठार मगराँत क्षेत्रका पुनहरु बढीजसो खस भाषा नै बोल्छन्। अठार मगराँत क्षेत्रका मगरहरुले बोल्दै आएको मातृभाषालाई २२ से तथा २४ से राज्यको समयमा सामन्ती राज्यसत्ताले कडा दमन गरी बोल्नबाट रोक लगाएको थियो। जसका कारण भाषा नै लोप भएर गयो। त्यो बाध्यात्मक परिस्थिति थियो। फेरि यता अन्य मगरहरुले पुन मगरहरुलाई गर्ने व्यवहार पनि अलि बढी हिन्दूकरण भएको देखिन्छ। हिन्दूकरणको चपेटामा बाह्र मगराँत क्षेत्रका मगरहरु अलि बढी नै परे। जसका कारण त्यही सामन्ती हिन्दूवादी सोंच उनीहरुमा हावी भयो। केही ठालू मगरहरुले मगर भाषा बोल्न नजानेका मगरहरुलाई तिमीहरु मगर भाषा बोले पो मगर हुन्छौ भन्ने जस्ता शाब्दिक प्रहारहरु पनि भएको पाइन्छ। के भाषा जान्दैमा मगर होइने र नजान्दैमा नहोइने हो त यदि त्यसो हो भने त टल्कने सिसा जतिलाई हिरा भने पनि भयो होइन र त्यसैले मगर भाषा बोले मगर होइने र नबोल्दैमा गैर मगर हुँदैन। मगर जाति भनेर त्यसले गर्व सक्छ जसले आफ्नो धर्म संस्कार र जातिको निम्ति मरिमेट्छ। त्यसकारण मगर भाषा जान्दछु भन्दैमा त्यो मगर हुन सक्तैन। जसरी नेपाली भाषा बोल्दछु भन्दैमा नेपाली होइन्न। त्यसो त स्याल बनेर बाघको खोल ओढ्नेहरु पनि छन् यहाँ भन्नुको अर्थ हामी मगरहरुलाई फुटाउन हिन्दू अतिवादीहरुले चलखेल गर्दैछन्। त्यसलाई हामी मगरहरुले बुझ्ने कहिले 

पुनहरु मगर नै हुन यो पुनहरु बोल्ने खाम मगर भाषा र लाहुरे प्रथाले नै स्पष्ट पार्छ। यदि पुनहरुले हामी मगर होइनौं भन्छन् भने हामी पुन मगरहरुले फेरि अर्को पुन मगर संगठन खोल्न बाध्य हुनेछौं। जहाँ पुनले म मगर होइन भन्छ भने त्यसको प्रतिकार गर्ने क्षमता त्यो पुन मगर संगठन दस्तामा हुनेछ। पुनहरु भित्र पनि विवाद नभएका होइनन्। म्याग्दी पर्वतका प्रायः पुनहरु हामी मगर नै हौं भन्छन् भने बागलुङका २-४ मात्र छन् हामी मगर होइनौं भन्ने पुनहरु र तिनको बागलुङमा भविष्य पनि छैन। यो यथार्थ हो। पुनहरुले हामी आदिबासी जनजाति हौं भनेर प्रधानमन्त्रीसमक्ष जानु सरासर गलत हो किनभने अहिलेका कठपुतली प्रधानमन्त्री माधवकुमार नेपाल पनि हिन्दू अतिवादी नै हुन्। जसले हामी जुटेको होइन फुटेको देख्न चाहन्छ।

वास्तवमा हेर्ने हो भने देशको वर्तमान राजनीतिक क्षेत्रमा हरेक पार्टीमा हिन्दू अतिवादीहरुले नेतृत्व गर्दैछन् र गरिराखेको अवस्था छ। उनीहरु बोक्रेपन आपसमा नमिलेको नाटक गर्दैछन् भने आन्तरिक रुपमा मिली सकेका छन्। र उनीहरुको विचार एवं लक्ष्य भनेको नेपालबाट आदिबासी जनजातिको अस्तित्व मेटाउनु हो। मगरहरुकै कुरा गर्दा बाह्रवर्षे द्वन्द्वकालमा सात हजार मगरहरु मारिए। निश्चयपनि यो मगर समुदायको लागि बिडम्बना हो। हिन्दू अधिनायकवादीहरुले एउटा एउटा पक्ष लिएर आफूहरु नमिलेको नाटक गरेर हामीलाई एक आपसमा अर्थात् मगर-मगर जनजाति-जनजातिबीच लडाउँदैछन्। खोई हामीले बुझेको त्यसकारण अब हिन्दू अतिवादीहरुको पक्ष लिएर होइन उनीहरु विरुद्ध सम्पूर्ण आदिबासी जनजातिहरु एक भएर लड्ने बेला आएको छ। यो देश यो भूमि पूँजी सबै हाम्रो हो त्यसैले अब म यो जाति ऊ जाति भनेर बस्नु भन्दा एकजुट भएर यो देश यो राष्ट्र निर्माणमा लाग्नु अति जरुरी छ।

त्यसरी नै पुनहरुले हामी मगर होइनौं भन्नु सरासर कागजको डुंगामा बसेर महासागर पार गर्न खोज्नु जतिकै हो। हाम्रो भाषा धर्म फरक छ भन्नु मगन्तेले सपना देखेर छोरा रुँदा रिसले श्रीमतीलाई लातले हिर्काउँदा आफ्नो मागी खाने भाँडो फुटाए जस्तै हो। अर्थात् मनको लड्डु घिउसँग खानु जतिकै हो। जो कल्पनामा मात्र सीमित हुन्छ यथार्थमा होइन। त्यसकारण अब हामी सम्पूर्ण मगर आदिबासी जनजातिहरु मिलेर यो देश निर्माणमा लागौं आपसमा भाइचाराको सद्व्यवहार लिएर आपसी वैमनस्यताको राग पालेर होइन। त्यसैले सम्पूर्ण मगर एकजुट भएर आफ्नो हक अधिकारको लागि जुटौं। सबै चेतना भया।
 
Comments (11)
लेख राम्रो छ
1 Sunday, 23 May 2010 14:49
Syangjali
क्रान्ति पुन मगरजीको लेख राम्रो लाग्यो / जनजातिहरुलाई फुटाउन खोज्नेहरुको पछि लागेर उनीहरुको हितमा चल्नेहरुलाई वहांको लेखले राम्रो चड्कन दिएको छ / फुट्न होइन जुट्न तिर लागौं, वहांको भावनालाई म सदैब कदर गर्छु / अझै अरु लेखहरुको अपेक्षा गरेको छु /
यो लेखले कसैको आँखा खोल्न मद्दत गर्ने छ ।
2 Sunday, 23 May 2010 20:01
पुनमगर
तपाइको लेखले अब पनि पुन भनाउदा साथिहरुको आँखा खुलेन भने ति साथिहरू पुनमगरहरूको प्रतिकारको लागि तयार भए हुन्छ । अनि क्रान्ति पुनमगर ज्यु बाह्रवर्षे द्वन्द्वकालमा सात हजार मगरहरु होइन अठ हजार चानचुन हुन आउँछ । धन्यबाद ।
good artical
3 Sunday, 23 May 2010 20:28
sandesh poon magar
karnti jee ko artiacl dherai ramro chha hami ma unity vayar janu parchha tes ma hamro valai hun chha magar bandhu haru jaya magar
वास्त्विक सत्यता
4 Sunday, 23 May 2010 23:42
Pun Voice
लेख अती नै राम्रो छ । अहीलेको राजनितिक पार्टी हरुमा एक अर्काको खुट्टा तान्ने बानी ले गर्दा खेरी, सुन्दर देश नेपाल कहीले पनि प्रगती तिर लाग्नु सकेन । त्यस्तै गरेर पुन हरुले आफ्नो जातियता को लागी केही गर्नु पर्‍यो भन्दा खेरी, केही बुद्धिजिवी हरुले कुरा न बुझिकन खुट्टा तान्ने प्रवती, एउटा सामान्य कुरा नै हो । सर्व प्रथम खाम भाषा किन भनिए को हो भनेर त्यसको ईतिहास जान्नु जरुरी छ । अनी यो मगर हरु को भाषा मा मगर ढुट, काईके र खाम भाषा मध्य खाम भाषा पनि कति थरीको छन् र कता-कता तिर बोलिन्छन भनेर बुझनु पर्‍यो । र तपाई एउटा पुन भएर पनि पुन भित्रको अरु थर् जसलाई पद पनि भन्ने गरिन्छन, त्यस बारा मा अली अनभिज्ञ भएको देखियो । पाईजा, तिलिजा, फगामी, रन्तिजा, शेर्पुजा, पुर्जा, गर्बुजा, चोचाङी, पहरे पुन, थाने पुन, सुतपहरे पुन, खोरजा, बुदुजा ईतियादि उपथर हरु अरु जाती न भएर, पुन हरुको एउटा उपथर हो भनी जान्नु पर्‍यो । पुन हरु, नेपाल मगर संघ को अन्तर्गत रहदा खेरी, किन तिनीहरुले पुन हरु लाई खाम भाषा सिक्नु र सिकाउनु मा बाधा अनी प्रतिबन्ध गर्ने कोशिश गर्‍यो भनी तपाई लगाएत अरु बुद्धिजिवी व्यक्तीहरु जानकारी न हुनु पनि सक्छ । अनी केन्द्रिय मगर संघ को प्रमुख व्यक्तित्व हरु बाट, आम जन्-सभा तिर, पुन हरु लाई होच्चाउने पाराले किन भाषण दिनु हुन्छ ? तपाई साथै अरु मित्र हरु लाई पनि म के भन्नु चाहन्छु भने, बितेको केही सालमा, केन्द्रिय मगर संघ र पुन हरु बीच यसै बिषय मा, भित्री समस्या भएको हुनाले, एक-आपस मा छल्-फल गरि यो सम्स्याको समाधान पनि खोजिए को थियो जुन बिना निश्कर्ष टुङ्गियो पनि, अहीलेको देश को परिस्थिती जस्तै गरेर । के अझै पनि हिन्दु अतिवादी हरुको चल्-खेल हो भन्नु हुन्छ हजुर हरुले । यदि हो भन्नु हुन्छ भने, त्यो केन्द्रिय मगर संघ मा भयो कि पुन हरु मा भयो ? कि बारह मगरात क्षेत्रको मगर हरुले अठारह मगरात क्षेत्रको सोझा-साझा मगर हरुलाई जे गरे पनि हुन्छ, यिनी हरु लाई दबायेर राखनु पर्छ भन्ने मनसाय लिनु भई, त्यसो गरिएको हो । ईन्द्र ज्युको लेख पनि राम्रो थियो, त्यस्मा उनी ले लेख्नु भएको की किन यस्तो हुँदा पनि केन्द्रिय मगर संघ वा अरु अहीले सम्म चुप्-चाप छन् भनेर । शायद उहाँ लाई पनि यो माथी लेखिएको कुरा हरुको जानकारी न भएर पनि होला । शायद अहीले सबै ले राम्रो सित बुझनु भयो होला की, किन केन्द्रिय मगर संघ अझै पनि चुप्-चाप छन् भनेर, हैन र ? किन भने उनी हरु लाई पहीले नै यो कुरा हरु थाहा थियो, जस्मा उनी हरुको आफ्नो कमजोरी थियो र अहीले पनि त्यसै कमजोरी को प्रतिक्रिया स्वरुप नै, उहाँ हरु चुप्-चाप बस्नु भएको हो । नत्र कसलाई यो सहन हुन्छ की, आफ्नो परिवार बाट, कुनै फुटेर जावस भन्ने, होइन र । रुकुम्, रोल्पा र बाग्लुङ तिर को घर्ती, बुढा, रोका हरु ले पनि खाम भाषा बोल्छन, अनी मगर हरुको भाषा मध्य, सबै भन्दा धेरै थरी को भाषा खाम नै हो । छन्तेल जाती हरुले पनि, उनी हरुको भाषा लाई पनि खाम भाषा नै भन्ने गर्छन् । अहीले पुन हरुले, आफ्नै केन्द्रिय मगर संघ बाट केही न हुने देखिएको कारण ले, पुन हरु पनि कसैको साहारा मा न बसौ, भनि आफुमा जोश्-जागर र होशला अनी विश्वाश ले भरिपुर्ण भएको हुनाले, आफ्नो खुट्टा मा आफै उभीनु पर्छ भनी, एउटा संस्था खोल्नु लाग्दा खेरी, देश्-बिदेश को बुद्धिजिवी महानुभाव हरुले, वास्त्विक कुरा हरु न बुझिकन, जातै फाल्नु लाग्यो भनी सोच्नु, ठूलो भुल हो । अहीलेको परिस्थिती अनुसार, यसो गर्नु पर्ने कारण पनि एउटा मुख्य कारण हो । आफ्नो जातियता को विकाश अनी प्रगती गर्नु को लागी यसो गर्नु पर्ने बाध्यात्मक परिस्थिती को श्रिजाना गर्ने को ? अब रुकुम्, रोल्पा अनी बाग्लुङ क्षेत्रको सम्पूर्ण मगर हरु पनि, अहीले नै अली टाठो हुनु पर्‍यो, नत्र फेरी केन्द्रिय मगर संघ को अवहेलना सहदै बस्नु पर्ने हुन्छ । अनी भविष्य मा, फेरी पछताउनु पर्ने हुन्छ । क्रान्ती ज्यु ले लेख्नु भएको की, जातियता ले होईन, विचार ले परिवर्तन हुनु पर्छ भन्ने, त्यो एक्दमै राम्रो हो, तपाई को जस्तो विचार अहीलेको सम्पूर्ण नेपाली हरु मा भएको भए, के नेवार्, के बाहुन, के राई, के लिम्बु, के गुरुङ्, के मगर्, के दमाई, के कामी, के तमाङ्, के थकाली, के थारु, के मधेशी हुनु पर्थियो होईन र ? हामी सबैले जातियता को आधार मा न भएर, हामी सबै एक नेपाली हौ भन्ने बिचार भएको भए, अहीले को नेपाल देश को स्थिती को परिकल्पना गरी साध्य हुने थिएन, होईन र । चेतना भया ।
good lagay bhae ghaya
5 Friday, 28 May 2010 05:57
teju pun
tapai ko lakha man paryo futtara haina jutara jada good huncha!
Mejhor/Jedo/Simingepau
6 Sunday, 30 May 2010 10:12
Kranti Pun Magar, Baglung
Mero lekh prati pratikriya janaunuhune sabai magar dajubhai didibahiniharulai dhanyabad. Tapaiharuko sath, sahayog, hausalale garda ma ajhai utsahit bhayeko chhu. Magarharuko mothertongueko protectionko lagi sabai magar ekjut hunu jaruri chha. Chahe 18 Magarant ko Magar Pang/Kham, Magar Kaike ra 12 Magarant ko Magar Dhoot sabai hamrai bhasha hun. tasartha yi bhashaharuko barabari bikasko lagi tapai hamile nai dabab sirjana garnu jaruri chha. Mero manyata pani Nepal Magar Association ma bhayeka kehi Hindubadi ani Pun Magarharuma bhayeka kehi Kathputali Hindubadi haruka karanle Magar Unityma khatara aayeko chha. tapai hami sachet hunuparchha.
kranti ji
7 Wednesday, 09 June 2010 23:19
poon.d
sayed tapai bahere sataha ma hunuhuncha tapai le kina yasto bhayo bhane bislasen garnuhos ani thaha paunu huncha bhetra ko hepaha prabirte la
subject 2 b concerned
8 Wednesday, 07 July 2010 20:16
nawang
it is a matter of grief to we all abt the dispatching of the magars.a people or the child of the same mother is moving ahead in path of destruction.since brahmins and chetris r being 1 group why r we in such apity condition?plz al mgr sunite 2gother 4 da sake of us and or upcoming generation . Nawang Rana Magar(Abhisek) nawang_xian@yahoo.com
cct
9 Friday, 06 August 2010 08:38
biren thapa magar
hami magar haru fut ma hoen juter aagadi janu ramro ho,yasta hura le magar magar haru ma fut naawos ............ biren thapa biren071@gmail.com
Ghor AAPATI !
10 Saturday, 02 October 2010 00:04
Renjaji Magar.
Kranti JI, Euta bheg ka simit Pun harulai brain wash garera sabai Pun Magar harulai samet gair Magar garauna khojieko prastai bujhinchha junkurama anne bhegka bahumat Pun Magar haru sahamat chhainan yesto samaj bhanduwa kriyakalapko ghor apati janauna parchha. Jai Magar!
Unity is the strength
11 Wednesday, 12 October 2011 21:16
Bikash Magar
This article I strongly support because it is demanding the unity among all magars. Our present necessity is also unity which creates strength and that power make us able to get our rights and lead towards victory. As i know, some Pun dajubhai who are demanding pun as a separate indegineous nationalities are because of their dissatisfaction with Nepal Magar Sangh organization. Their dissatisfaction; it is better to solve with discussion but the voice of separation leads all the magars nowhere rather it makes easy way to govern upon us by others as our past. So we have to be careful and lets speaks for the unity. Jai magars

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)