HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home विचार / दृष्टिकोण अब रोकिएला कि जुँगाको लडाई

अब रोकिएला कि जुँगाको लडाई

E-mail Print PDF
AddThis Social Bookmark Button
जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले महाबाणिज्यदुत बिनोदकुमार उपाध्यायको कार्यक्रममा सहभागिता जनाएर सहमतिको हात लम्काएका छन्। अब महाबाणिज्यदुताबासले पनि आफ्नो कुटनैतिक कौशल प्रदर्शन गर्न ढिलाई गर्नुहुदैंन।

जेबी पुन मगर

संयोग पनि कस्तो ११ अप्रिल मंकिहिलमा आयोजना गरिएका नेपाली नयाँ बर्ष २०६७ सालको शुभकामना आदानप्रदान कार्यक्रमका संयोजकहरु सबै जनजाति मूलका थिए। दुइटा कार्यक्रममा त आदिवासी जनजाति महासंघ हङकङद्धारा "अछुत" महाबाणिज्यदुत बिनोद कुमार उपाध्याय प्रमुख अतिथि थिए। दुर्गाप्रसाद गुरुङको अध्यक्षतामा सक्रिय पर्वतबासीहरुको पर्वत समाज र दल सेर्बुजा मगरको नेतृत्वमा संचालित म्याग्दीबासीहरुको संस्था मोनाले उपाध्यायलाई प्रमुख आसन उपलब्ध गराएको थियो। यी दुई मध्ये पर्वत समाज गुरुङहरुको बाहुल्य रहेको र मोनामा बहुसंख्यक मगर सदस्यहरु रहेको बताइन्छ। अन्य दुई संस्था मध्ये हेम राई अध्यक्ष रहेको संखुवासभा समाज र प्रदिप थापा मगर र सन्तोष घलेले संचालन गरेको नेपाल गुर्खा क्लबले पनि करिब संगसंगै कार्यक्रम आयोजना गरेका थिए।

भारतमै प्रयोग नगरिने त्यहाँका हिन्दु राजा बिक्रमादित्यकॊ प्रशस्तिगानमा २०६६ बर्ष अघि शुरु गरिएको बिक्रम सम्बतको जन्मोत्सव पहिचानका नाममा महाबाणिज्यदुत बहिष्कार गरिरहेको जनजाति महासंघसंग आवद्ध नेतृत्वहरुले मनाउंदैनन् होला भन्ने सोंचेको थिए तर मकीं हिलमा महासंघ अध्यक्ष भूपेन्द्र चेम्जोङ लगायतका प्रवुद्ध जनजाति मित्रहरु नै नयाँ बर्षको शुभकामना आदानप्रदानमा मग्न देखेपछि मेरो त्यस्तो सोंचाइ गलत सावित भएको छ। हेर्नु छ अब आउने ४ आइतबार जातीय संस्थाहरुले नयाँ बर्षलाई राष्ट्रियताको परिधिमा परिभाषित गरि उल्लासमय बनाउंछन कि पहिचानको सिमारेखामा बाँधेर हङकङमा फस्टाइरहेको बहिष्कारको राजनीतिक रंगमा रंगाउछन् तर मंकीहिल कार्यक्रमले एउटा कुराको खुलासा भने राम्ररी गरेको छ। या त जनजाति नेतृत्वले ब्याख्या गरिरहेको पहिचानको राजनीतिबारे हङकङेली जनजाति समूदायले बुझिरहेका छैनन् या उनीहरुले बुझेर पनि महासंघको निर्णयलाई अवज्ञा गरिरहेका छन्। यसबाट जनजाति महासंघलॆ पाठ सिक्न जरुरी छ।

बहुसंख्यक जनजाति बसोबास गर्ने र सय जति संस्था सक्रिय रहेको हङकङमा एउटा व्यक्ति तीन चार वटा संस्थामा संलग्न रहनु यहाँको बिशेषता जस्तै भएको छ। जस्तै यस्तो बहुरुपले सार्वजनिक रुपमै नैतिक अप्ठ्यारो झेलिरहेका किरात राइ यायोक्खाका अध्यक्ष किसन राई पेशाले पत्रकार हुन्, ब्यावसायले संचारमा लगानी गर्ने मालिक। त्यसैले उनी नेपाली चेम्बर अफ कमर्स हङकङका सचिव पनि हुन्। उता राजनैतिक रुपले एमालेका सक्रिय कार्यकर्ता पनि हुन् र जन्मथलोको हिसाबले प्रत्यक्ष अप्रत्यक्ष धरान मन्चका सक्रिय सदस्य पनि। मोनाको कार्यक्रममा शुभकामना मन्तब्य दिने पुन मगर समाजका अध्यक्ष राजु पुन मगर म्याग्दीबासीको हैसियतले त्यहाँ आफ्नो भनाई राख्न पुगे। तर यता उनले अध्यक्षता गर्ने संस्था जनजाति महासंघसंग आवद्ध नभएपनि पुन मगर समाजको माउ मगर संघ हङकङ जनजाति महासंघको सदस्य संस्था हो। त्यसैगरि कार्यक्रममा आसन ग्रहण गर्ने अर्का म्याग्दीबासी हर्कनारायण तुलाचनले अध्यक्षता गर्ने थकाली समाज पनि जनजाति महासंघकै सदस्य संस्था हो। त्यसो त जनजातिलाई महाबाणिज्यदुत बहिष्कारको राजनीतिक मार्गमा हिंडाइरहेका भूपेन्द्र चेम्जोङ पनि संचारकर्मीको हैसियतले कार्यक्रममा न्यूज कभर गर्न पुगेका थिए। दलीय रुपले उनको आफ्नो कुनै सिद्धान्त प्रति आस्था होला। उनी संचार मालिक पनि हुन्। जन्मभूमीको हिसाबले पाँचथर समाज संग कुनै न कुनै रुपमा उनको आवद्धता रहन्छ नै। यस्तै बहुरुपी भूमिका निर्वाह गर्नुपर्ने बाध्यताकै उपजका कारण मकीं हिलमा जातीय संस्थाका प्रमुख लगायतका जनजाति मूलका बिभिन्न संस्थाका नेताहरु उपाध्यायसंग कुम जोडेर बस्न पुगेका हुन्।

यस्तो सामाजिक जटिलताको अद्योपान्त अध्ययन नगरि कार्यक्रमको तर्जुमा गरेकै कारण आज जनजाति महासंघ क्रमशः जनजाति बीचमै एक्लिदै गैरहेको देखिन्छ। मंकी हिलको मात्र कुरा होइन। नेपाली जनसम्पर्क समितिले ४ अप्रिलमा बिनोद उपाध्यायको उपस्थितिमा गरेको कार्यक्रममा अधिकांश जनजाति ब्यक्तित्वहरुको जमघट थियो। तमू ट्युहल हङकङले त आफ्नो साँस्कृतिक विभाग नै परिचालन गरेको थियो। उपाध्याय आउने थाहा पाएपछि अन्तिम समयमा सर्कुलर गरेर कार्यक्रममा जान ठिक्क भएका जातीय संस्थाका कलाकारहरुलाई रोकिदिएपछि फियोना र तमू ट्युहल ले आफ्ना कलाकार पठाएर समितिको नाक बचाइदिएको थियो। दिवगंत गिरिजाप्रसाद कोइरालाको शवयात्राको दिन "प्राविधिक कारण" देखाउदै मकीं हिलमा विविक्यू सहितको डान्स आइडल प्रतियोगिता गर्ने फियोनाले अन्तिम समयमा कांग्रेसको भातृ संस्थालाई त्यस्तो सहयोग गरेर त्यतिबेलाको गल्ति सच्याउने काम गरेको छ। यो राम्रो शुरुआत हो।

उक्त कार्यक्रममा किरायाको निबर्तमान अध्यक्ष हेजेन राई, मितेरी समाजका तुलसी गुरुङ, एमालेका ओमराज साम्बाहाम्फे, धरान हङकङ मन्चका प्रदिप थापा मगर, एनआएएनका त्रिलोक गुरुङहरुको सक्रिय उपस्थितिले पनि जनजाति महासंघको नेतृत्वले आफ्नो कार्यक्रम माथि पूर्नसमिक्षा गर्नुपर्थ्यो। हो माथि नाम उल्लेख गरिएका ब्यक्तिहरु बिभिन्न अन्य नामधारी संस्थाको आवरणमा त्यहाँ पुगेको बताउलान् जुन अहिलेसम्म भएकै त्यहि हो। तर मिहिन रुपमा हेर्ने हो भने यी सबै महानुभावहरु कुनै न कुनै रुपमा आफ्ना जातीय संस्थासंग आवद्ध पक्कै होलान्। भूपेन्द्रजीहरुकै तर्कलाई केन्द्रमा राखेर हेर्ने हो भने पनि जातीय हिसाबले उनीहरु सबै जनजाति हुन्। त्यसैले उनीहरुले जनजाति आन्दोलनलाई पूर्ण समर्थन गर्नुपर्दछ। तर यथार्थ के हो भने यस्तो पटक्कै भएको छैन। जस्तै २३ मार्चमा उपाध्यायलाई स्वागत कार्यक्रम राख्ने त्रिलोक गुरुङको नेतृत्वको एनआरएन हङकङको कार्यसमितिमा बढी जनजाति छन् भनिन्छ।

यसलाई आधार मान्ने हो भने पुनः दोहोरयाउनु पर्ने हुन्छ बहिष्कारको राजनीतिमा जनजाति महासंघ पूर्णत असफल देखिएको छ। मतैक्यता निर्माण गर्न सकेको छैन। जनजाति बीचको यस्तो ध्रुबीकरणले जातीय आन्दोलनलाई टेवा दिदैंन। के उसोभए महासंघले आफ्नो सर्कुलरलाई अवज्ञा गर्ने जातीय संस्था र नेतृत्वलाई कार्वाही गर्नसक्छ?  मलाई लाग्छ सक्दैन। यस्तै कार्वाही प्रक्रिया बढाउंदा हङकङ नेपाली महासंघले भोगेको दुर्गतिलाई अध्ययन गरिरहेका जनजाति नेतृत्वले यस्तो गल्ति पक्कै पनि दोहोर्याउने छैन। महासंघसंगको आवद्ध टुट्दैमा हामीले केहि गुमाउनु पर्देन भन्ने मानसिकता ब्याप्त हङकङका संस्थाका टाउकेहरुकै ब्यवहारका कारण नेपाली महासंघ आजको अवस्थासम्म आइपुगेको छ। भोलि जनजाति महासंघमा पनि त्यहि रोग लाग्नसक्छ। किनभने अन्तत्वगोत्वा घुमाइफिराई राजनीति गर्ने ब्यक्तिहरु तिनै हुन्। अहिले हेम लिम्बुले जे अप्ठ्यारो भोगिरहेका छन् समयमै बुद्धि नपुरयाउने हो भने भूपेन्द्र चेम्जोङले पनि त्यस्तै परिस्थतिको सामना गर्न नपर्ला भन्न सकिन्न। जनजातिहरुको प्रतिष्ठित छातासंगठनको लागि यो शुभसंकेत होइन। एक जना जनजाति नेता मित्रको बुझाईमा महासंघको निर्णयमा उपेक्षा देखाइरहेका संस्थाको क्षेत्र र जातिगत संरचना हेर्ने हो भने जातिगत रुपमा मगर, गुरुङ र थकाली देखिएका छन् भने क्षेत्रगत हिसाबले पश्चिमेलीहरु। यदि यस्तो बिश्लेषण सहि हो भने जनजाति बीचमै हुन नसकेको एकताले कसरी हुन्छ जातीय आन्दोलन सफल? यसमा नेतृत्वले मनन गर्न र कमीकमजोरी केलाउन जरुरी छ। महासंघको अधिबेशन नजिकिंदैछ। कार्यअवधि नसकिंदै महासंघ अध्यक्षले गर्नुपर्ने धेरै काम हुन सक्छन् तर सर्बप्रथमतः उनले महाबाणिज्यदुत बहिष्कारको राजनीति, जसले उनलाई अलोकप्रियता र असफलताको कगारमा धकेलिरहेको छ तुरुन्त समिक्षा गरि टुंग्याइहाल्न जरुरी छ। यसमा महासंघ गम्भीर भएको जस्तो देखिएको पनि छ। जुनै रुपमा भएपनि मंकी हिलमा पहिलोपटक सशरिर भूपेन्द्र चेम्जोङले उपाध्यायको कार्यक्रममा उपस्थिति जनाएका छन् यसलाई शुभसंकेतको रुपमा लिइनुपर्दछ। उनले अन्य जातीय संस्थाका अध्यक्षहरुलाई पनि आसन ग्रहण नगरेपनि उपस्थिति जनाउन पठाएको बताइन्छ। त्यहाँ देखिएका जातीय संस्थाका प्रमुखहरुको चहलपहलले त्यस्को पुष्टि पनि हुन्छ। यसलाई कमजोरी भन्दा पनि सहमतिय पहलकदमीको रुपमा बुझि महाबाणिज्यदुताबासले पनि जनजाति महासंघको सिमितता र बाध्यतालाई ध्यानमा राख्दै सहमति र सहकार्यको हात बढाउन ढिलाई गर्नु हुंदैन। आफुलाई बौद्धिक र प्रतिष्ठित भन्नेहरुले तत्काल आफ्नो मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न अगाडि बढे सबै नेपालीको कल्याण हुनेछ। आशा गरौं त्यस्तो शुभसमाचार छिटै सुन्न पाईनेछ।
 
(लेखक हिमाल खबरपत्रिकाका पूर्व समाचार सम्पादक हुनुहुन्छ।)  
 
Comments (3)
well done
1 Wednesday, 14 April 2010 07:37
Good
J B JI this is real and true our janajati leader saying some thing actualy doing other thing like Bhupendra Chemjong. Bhupendra ji try to some polticle for next term Chairman.
Q ?????
2 Thursday, 15 April 2010 18:45
Nepali Keto
हैन यो जनजाती भनेको चाही के हो ?? जे बी जी तपाई पत्रकारको नाताले यसो यहि कमेन्ड बक्समा भुझाई दिनु हुन्छ कि भन्ने आशा गर्द छु तर म ब्याख्या गरेर लामो सब्द लेखेको अलि बुझ्दिन छोटो शब्द मा है ।। भुपेन्द्र जी लाई सोधौ भने उनैलाई ......... जहिले पनि हङकङको पत्रीका पढ्यो कि ज्ञान बर्दक या खबर भन्दा पनी यस्तै कुरा मात्र देखेर मलाई पनि जनजाति भनेको के चाहि रहेछ भनेर जान्ने ईच्छा जागेकोले तपाईलाई दु:ख दिन मन लाग्यो । धन्यबाद जे बी जी
Good ?
3 Monday, 19 April 2010 12:20
Ram
Mitra Nepali Keto ko ? ma malai pani chitta Bujheyo, Bhupendra ji haru ko Artha ma Jana jati bhaneko sampradaik hangama ho malai lagchha. Tara sachet janjati haru ko lagi saman abasar ra saman jatiya adhikhar ho. Tara kunai jati ko adhikar mathi dhaba bolera saman jatiya adhikar prapta hunchha bhannu sampradaik bhanda aru ke Huna sakchha? Galat jatiya bichar ka karan aba prapta huna lage ka jatiya adhikar pani ohjhel ma parna sakne sambhaban badhe ko chha . jasko udharan khas chetree samaj ko youth dasta lai herda hunchha. Aba bhupen ji haru ko jastai sonch ko bikas garne ho bhane Nepal ma jatiya rakta pat ka din haru lai dherai din parkhanu pardaina.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)