सरोजदिलु विश्वकर्मा
"मानिस ठूलो दिलले हुनछ जातले हुँदैन…।" यस छन्दमा निर्माता महाकवि देवकोटालाई सवै साहित्य अनुरागीहरुले सम्मान गर्दछन्। अनि यिनै शब्दोगारलाई शीरमा राखेर दिन-दुःखीका वेदना दर्द उत्पीडनमा धेरै श्रजकहरुले श्रृजना गरेका छन्। "दुःखीको घरमा मात्र तेरो वास हुने भए हे इश्वर दया राखि अझ मलाई दुःख दे…।" दुःखमा इश्वर देख्ने वालकृष्ण समको नामलाई पनि छातीमा राखेर कलम चलाउने श्रष्टाहरु उत्तिकै छन्। आजकामध्येमा धेरै साहित्यकारहरु सुत्दा डुल्दा र बोल्दा यिनै देवकोटा सम तिवारी लेखनाथ पौडेलहरुलाई सम्झना गर्दछन्। तर जव खान लाग्दछन् त्यतिवेला खानु हुने भए अहिलेका कतिपय श्रष्टाहरुले ती देवकोटा र समज्यूका हाडछाला चोक्टाचोक्टा पारेर खाँदा हुन्। त्यसैले सजिलै भन्न सकिन्छ - मानव धर्मका गाथा गाएर ती महान श्रष्टाहरुलाई दिनभरी भाक्ने कतिपयहरु नै उत्पीडनका ठेकेदार शोषणका भागीदार र दुःख र पीडाका जिम्मेवार नबनेका होईनन्।
कुनैवेला भक्तिवादी लेखकहरुले राजामहाराज र सामान्त तथा देवीदेवताको गुणगान गाउंथे त्यसवापत मोठ विर्ता वा नगद वक्सिस पाउँथे र आफ्नो सुब्यवस्था गर्दथे। तिनैलाई महान साहित्यकार भनिन्थ्यो। साहित्यमा फेरि २००७ को जनक्रान्तिपछि अर्को युगको शुवात भयो - प्रतिकवादी साहित्य। तर अन्ततः त्यस्ता रचनाका मालिकहरु पनि जसोतसो शाहीतन्त्रको नजिक रहेर राज्यबाट केही न केही प्राप्त हुने अभिलाषामा कलम चलाउन पुगे। तिनले पनि गरीवी दारुणता र शोषणकै विरुद्ध कलम चलाएपनि तिनले आफूलाई भने शोषक सामन्त र सभ्रान्तपनाबाट अलग राख्न चाहेनन्। तिनका कलमहरु ब्यक्तिगत प्रवृती र गलत संस्कारका विरुद्ध नभई फगत नाम र दामका लागि अन्ततः केन्द्रित हुने थाले। साहित्यकारिता बेचेर ब्यक्ति बने आम्दानीको गतिलो जोहो गरे राज्यको आँखामा चोखो ठहरिए तर तिनले समाजलाई बनाएनन् वरु राज्यलाई थप बोझ लगाए। तिनले आफ्ना श्रृजनाका माध्यमबाट अन्याय अत्याचार भ्रष्टचार र यथास्थितीको घोरविरोध जनाए तर तिनका ब्यवहार भने गरीवलाई मान्छै नगन्ने उत्पीडित र अछूत बनाइएकाहरुलाई फेरि पनि तिरस्कार गर्ने विाचत पार्ने अनि उच्च जातको जोहो गर्ने मानसिकताबाट बाहिर आउन सकेनन्। यिनै साहित्यकारहरुले अहिले पनि आफूहरुले महान कार्य गरेको राष्ट्रलाई ठूलो गुण लगाएको भनि गर्व गर्दै कतिपयले आफूलाई नेपाली आकाशभन्दा अग्लो उचाईमा उभ्याईरहेका पनि होलान्।
अहिले पनि उही पुरानै चिन्तनका श्रष्टाहरु साहित्यीक रजतपट्मा साँढे भएर विराजमान छन्। जो राष्ट्रियताको कुरा गर्दछ नेपाल आमाको गाथा गाउँछ तर आफ्ना सन्तानको लागि युरोप र अमेरिका लक्ष्य निर्धारण गरिदिन्छ। जो उत्पीडन रुढी चिन्तन र भेदभावका विरुद्ध कविता कोर्दछ अनि दलित-उत्पीडितहरुलाई देख्दा घिन मान्दछ। जो शेाषण र दमनका विरुद्ध आफ्ना छन्द कथा पट्कथाहरु वुलन्द पार्दछन् अनि तिनैहरु ब्यवहारमा जेसुकै हरकत् गरेर भएपनि सम्पति आफ्नै घेराभित्र सोरसार् रहोस् भन्ने चाहना राख्दछन्। यिनलाई अव महाकवि देवकोटाका अनुयायी भनेर पुजा गर्ने कि साहित्यका दलाल भनेर तिरस्कार गर्ने यिनलाई समका अनुरागी भनेर फूलमाला अर्पण गर्ने कि शब्द-विलासिताका ठेकेदार भनेर वाँकी साहित्यप्रेमी दुत्कार्ने यिनका रचनाहरुलाई सिरानीमा राखेर निदाउने कि रक्षानमा हुँक्याई दिएर आराम गर्ने अव पछिल्लो पुस्ताका साहित्यकारहरु जो आफूलाई प्रगतिवादी ठान्दछन् एकपल्ट पछाडि फर्केर हेर्दै आफूलाई कहाँ छु भनि मुल्यांकन गर्नुपर्ने हुन्छ। यस्ता सोच पालेका र संस्कृत आरचण नभएका लेखकहरुले श्रृजेका रचनाहरु सवै वकवास मात्रै हुन जसको अध्ययन होईन बटुलेर आगो ताप्नु नै वेश हुन्छ। र यी साहित्यकारलाई राष्ट्रका गहना भनेर पुज्नुभन्दा बाटामा देख्नासाथै थुक्नु नै मनासिव हुन्छ। जवकि यिनीहरु साहित्यीक जगतका भाइरस् हुन् जसले बाँकी साहित्यकारहरुको दिमागलाई नै हयाङ् पार्दै आएकाछन्।
यसरी आजको साहित्य फेरिपनि वाहुनवादी चिन्तनबाट अलग रहन सकेकेा पाईदैंन। वाहुनवाद भनेको कुनै जातिकेा संस्कार होईन ुजनको नाम गरौं जसोतसो मनको इच्छा पुरा गरौं मै खाउष मै लाउष सव भोग मै गरुँु भन्ने चिन्तन नै हो। जवकि जिव्रो र कलम तिनकै चल्छ तर पाखुरा चल्दैनन् तिनका पसिना बग्दैनन्। यो पाखुरा र पसिना बगाउनु नपर्ने सवैभन्दा सजिलो मेसो पनि साहित्य नै हुनाले साहित्य जगतको पहिलो पंत्तिमा तिनै छुरा-जिव्रे हुने वर्गहरु नै रहेको सत्य हो। फलतः प्रज्ञा प्रतिष्ठानदेखि कथा कविता र उपन्यास निवन्धसम्म र प्रकाशन गृहदेखि साचार गृहहरुसम्मका वौद्धिक हुन पाइने क्षेत्रमा त्यही वर्गहरुको अधिपत्य छ।
हो साहित्य श्रष्टाहरु पक्कै पनि राष्ट्रका गहना हुन्। यिनको सम्मान हुनै पर्दछ यदि तिनका लेखाई र गराईमा एकरुपता छ भने। महाकवि देवकोटा पुरानो कोट लगाउँथे नयाँ किताव पढ्थे। उनी आफ्नो आम्दानी हिड्दाहिड्दै दीन-दुःखीका लागि बाँढेर सिध्याउँथे अनि आफू भने डगरमा फालिएका चुरोटका ठुट्टाहरुका सहाराले कविता लेख्थे। वालकृष्ण सम राज-खान्दानी जहानीया राणा शासनको भौतिक ऐश-आराम त्यागेर उत्पीडन शोषण र गरीविको यथार्थभित्र रमाउन चाहे। तिनीहरु यही माटोमा यही माटोका लागि मरेर गए र उनीहरु फेरिपनि यही माटोकै लागि बाँचिरहेका छन्। अरु पनि यस्ता दर्जनौ श्रष्टा होलान् जसले जे देखे त्यही लेखे त्यही वाँचे र त्यही अनुकुलको जिन्दगी अनुपम् ठाने। अतः अवका साहित्यकारले आफूलाई साच्चै नै देवकोटा सम पौडेल भिमनिधि तिवारी आदि मुर्धन्य ब्यक्तित्वहरुको अनुयायी ठान्ने र अनुग्रही तुल्याउने हो भने जे देखिन्छ त्यो लेख्नु र वाँच्नु पर्दछ। लेखे अनुसारकै भोगाई र गराई हुनुपर्दछ। राष्ट्रवादी कविता वाँच्ने श्रष्टाहरुले आफू र आफ्ना छेाराछोरीको सुरक्षित भविश्य अमेरिका र युरोपलाई बनाउने भन्दा एकमुठी स्वास रहुन्जेलसम्म जन्मेकेा मुलुककै लागि अर्पण गर्न अरुलाई प्रेरित गराउनु पर्ने हुन्छ। तवमात्र श्रष्टाहरु राष्ट्रकेा गहना भएको ठानिन्छ र तिनीहरु मात्र पुज्यनीय हुन्छन्। र यस्तै स्वभाव र सांस्कृतिक ब्यवहार भएका श्रष्टाका श्रृजनाले नै पाठकहरुलाई यो मुलुकको वास्तविक रुपान्तरण र समृद्धितर्फ प्रेरित पार्न सक्दछ। यस्तै श्रष्टाहरुलाई राज्यले आर्थिक तथा सामाजिक सुरक्षा दिन गम्भिर हुनुपर्दछ।

















