HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home विचार / दृष्टिकोण बिनोदलाई चेम्बर्सको स्वागत जनजातिको बिरोध

बिनोदलाई चेम्बर्सको स्वागत जनजातिको बिरोध

E-mail Print PDF
AddThis Social Bookmark Button
राई चन्द्र दुमी 

जनजाति महासंघ हङकङले गैरजनजाति महावाणिज्यदूत नियुक्ति र आगमनको बिरोध गर्दैगरेको अवस्थामा केही संस्थाहरुले स्वागत कार्यक्रम सम्पन्न गरेको समाचारहरु आउन थालेका छन्। लामो समयदेखि आदिवासी जनजाति महासंघले जनजाति मुलको महावाणिज्यदूत माग गर्दै आएको हङकङमा प्रधानमन्त्रीकै भाई बिनोद उपाध्याय नेपाल नियुक्त भईआएपछि जनजाति महासंघ हङकङले फिर्ता गर्ने, नगरे कुनैपनि संघ संस्थाले नस्विकार्ने सकृय प्रचार प्रसार गरिरहेकै बेला नेपाली कांग्रेस निकट जनसम्पर्क समिति हङकङले भने महासंघको मागसंग बिमती राख्दै गएको ४ फेव्रुवरी बिहिबार स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

त्यसैगरी चेम्वर्स आफ कमर्सले पनि हिजो ५ फेब्रुवरीको शुक्रबार त्यस्तै कार्यक्रम सम्पन्न गरेको छ। चेम्वर्सका अध्यक्ष जे.एन. ज्ञवाली, महासचिव दासुराम पराजुली तथा कोषाध्यक्ष्य राजेन्द्र थापाको बिशेष सक्रियतामा कार्यक्रम संचालन भएको थियो। यस बीचमा एनआरएनको २ किसिमको सर्कुलरको कारण कुन ढंगले उपस्थिति जनायो एकिन गर्न सकिएको छैन। 

एनआरएनका अध्यक्ष त्रिलोक गुरुङ्गले अघिल्लो दिन जनजाति महासंघका अध्यक्षसंग परामर्श गरेर सक्रिय सहभागिता नजनाउने तर साधरण भेटघाट गर्नैपर्ने हुन्छ भनेर सहमति भएको कुरालाई सचिवले सर्कुलर गरिसकेपछि तुरुन्तै अध्यक्ष गुरुङले चेम्वर्ससंग मिलेर स्वागत कार्यक्रम नै आयोजना गर्नुपर्ने एकलौटी निर्णय गर्दै अर्को सर्कुलर पठाएका थिए।

नेकपा माओवादीको भातृ संगठन जनसरोकार समाज हङकङका कार्यबाहक अध्यक्ष कृष्ण बहादुर लिंखाको जनसम्पर्क समतिको स्वागत कार्यक्रममा भएको उपस्थितिलाई रहस्यमय भनेर सर्वसाधरणले लिएका छन्। माओवादीका एक खरो नेताका अनुसार उनले संस्थालाई जानकारी नदिई त्यता गएका हुन् तर ब्यक्तिगत हिसावले पनि उनलाई त्यस्तो कार्यक्रममा जान आत्माले नमान्नुपर्ने हो। उनले भने "लिंखालाई स्पष्टिकरण मागिनेछ किनभने आजको मुल बिषय जनजातिहरुको मुक्तिसंग जोडिएको मुद्दा हो। जनजातिको ठुलो हिस्साले क्रान्तिमा भाग लिएर सफल भएको यस घडी ब्रम्हाणवादी एकाधिकारको अन्त्य गर्दै जातीय मुक्तिलाई संघीयतामा लगेर आफ्नो माटोको मालिक आफै बनाएर आत्मा निर्णयको अधिकार प्रदान गर्ने हाम्रो पार्टीको लक्ष्य हो। महावाणिज्यदूत बिनोदको भन्दापनि सरकारलॆ बोकेको ब्रम्हाणवादी चिन्तन र बर्ग चरित्रको हामी बिरोधी हौ"। जातीय आधिकारिक संस्थाका कुनै पदमा नरहेको ५ ओटा मात्र जनजाति मुलका अनुहारहरु देखिएको ने.का. निकट जनसम्पर्क समितिको स्वागत कार्यक्रममा समितिको अध्यक्ष ई्र्रश्वर खाँड लगायतका उपस्थित केहीले फूलको गुच्छा तथा खादा लगाई स्वागत गरेका थिए। स्वागतपछि महावाणिज्यदूत भएर आएका नेपालले सवैभन्दा पहिले हामी नेपाली हौँ त्यसपछि मात्रै बिभिन्नि जातजाति हौँ भन्दै उपस्थितहरुको मन जित्ने प्रयत्न गरेका थिए।

गएको हप्ता एभरेस्ट साप्ताहिकसंगको अन्तर्वार्तामा बिनोदले सरकारको कर्मचारीलाई विरोध गर्नु भनेको सरकारको विरोध गर्नु हो। यसो गर्दा देश कमजोर हुन्छ भनेका छन् भने अन्तिममा आएर आफुले पनि सवै क्षेत्रकाले राजदुत हुन पाउनुपर्छ भनेर सरकारसंग माग गर्दै आएको कुरा जाहेर गरेर आफैमा बिरोधाभास पुर्ण कुरा बोलेका थिए। यहि बिरोधाभास पुर्ण उनको अन्तर्वार्तालाई जनजातिहरुले चांही आफ्नो माग गर्दा मुलुक कमजोर हुने र आफुले गर्दा देश सुध्रने अर्थमा बिनोदले लिए भनेर आरोप लगाएका छन्।

स्मरण रहोस् २८ जनवरीको दिन जनजाति महासंघको नेतृत्वमा ५ दर्जनभन्दा बढी मानिसहरुको उपस्थितिमा दूतावास घेराउ गरी उनको नियुक्तिको बिरोध गरेको थियो। महासंघले प्रदर्शनमा जातीय हैकम बन्द गरिनुपर्ने, गैर जनजाति महावाणिज्यदूत फिर्ता हुनुपर्ने, समावेशी तथा समानुपतिक सिद्धान्त अवलम्बन गरिनुपर्ने जस्ता नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)