HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home विचार / दृष्टिकोण खोई त दलित गणराज्य ?

खोई त दलित गणराज्य ?

E-mail Print PDF
AddThis Social Bookmark Button
पूर्ण बिक पहाडी

हजारौ वर्ष देखी शोषीत र पिडामा परेका नेपालको दलितहरुको अधिकार यती बेला पनि अधिकार विहिन बनाईदै छ। सवाल हो नेपालको जातीय गणराज्य घोषणा र नेपालका ३२ लाख दलितहरुको गणराज्यमा नाम नआउनु। के नेपालका दतिलहरुको कुनै राज्य छैन? के नेपालका दलितहरुको कुनै अधिकर छैन? यदी छ भने खै दलित गणराज्य? यो प्रश्न आजका राजनितिक दललाई।
 
के दलित मानव होईन? के दलित नेपालको कानुन अनुसार मानवले गर्न पाउने सबै अधिकार प्रयोग गर्न पाउदैन? यदी पाउदैन भने भन हामी पनि आफ्नो अधिकारको लागी बन्दुक उठाउन तयार छौ। हामी ३२ लाख दलित आफ्नो अधिकारको लागी लडन तयार छौ। होईन भने सबैले पाउने अधिकार हामीले पनि पाउनु पर्छ। न कि दलितलाई बन्दुक बोकाएर शासन गर्न धामिर्क भ्रम पैलाएर हामी माथी अझै अत्याचार गर्ने अधिकार अब कसैलाई छैन। संसार विकसित भईसकेको छ। अब अत्याचार गर्ने यो संसार रहेन। सबैले आफ्नो अधिकारको लागी ज्यान लिन पनि जानेका छन् र दिन पनि। यो कुरा अहिलेका सत्ताधारी र रोड धारीले बुझनु आवश्यता छ।
 
दलितललाई अधिकारविहिन बनाईदै छ। दलितलाई राजनितिक लोभ देखाएर फरिया मुनी घुमाईदैछ। यो कुरा दलितको नाममा राजनीति गर्ने दलितहरुले किन बुझदैनन्? प्रश्न ति दलित नेताहरुलाईः तिमीहरु दलितको नाममा राजनितिक गर्दछौ छौ भने कुन दलितलाई अधिकार दियौ? खै कहाँ छ दलित गणराज्य? खै कहाँ बोल्यौ अन्तरजातीय बिवाहलाई सर्वच्चताले रोक लगाउदा किन नाम मात्रको राजनितिक गछौ? किन बिकेको राजनितिक गछौ? अब अरुको फरिया भित्र बसेर राजनितिक गर्न छोड होईन भने त्यो दिन नजिकै आउदै छ शोषितपीडित दलित बाट तिम्रो अन्त्य हुने।
 
सयौ वर्षको लागी नयाँ संविधान लेखिदैछ। नयाँ संविधानमा दलित अधिकार कहाँ के अबको संविधानमा पनी दलितहरुले स्थान पाउदैनन् भनेर बस्नु भनेको त चिन्ता र शोकको कुरा मात्र हो। अधिकार त अब हामी आफै खोज्नु पर्छ। उठ हे दलित हो अरुका लागी सधै किन मर्दर्छौ? अरुका लागी सधै किन अधिकार खोज्दछौ? तिम्रो घैटोमा घाम लगाउ। होईन भने हजारौ वर्ष सम्म पनि पीडित हुनेछौ। शोषित हुनेछौ। सधैको छि छि र पानी छिटो हाल्नेछन्। मरेको सिनो खानलाई गुहार्ने छन्।
 
के हामी पशु हौ अरुले खा भने खाने नखा भने नखाने? यो त पशुले पनि मान्दैन। हामी त मानव हौ। यो नेपाली नागरिकले जती अधिकार पाउंछन त्यो हामीले पनि पाउनु पर्छ। यदी हामी अधिकार पाउदैनौ भने यो राज्यलाई हामी माथी राज गर्ने अधिकार पनि छैन। होइन भने राज्यले पनि अधिकार दिने चेस्टा गरोस्। मानवताको हैसियतमा नेपाली जनताले जति पाउनु पर्ने अधिकार हो त्यो दलितको पनि हो। अबका दिनमा राज्यले मोही माग्ने धोग्रो लुकाउने काम नगरोस्। दलितहरु उठे भने राज्यलाई पनि थेग्न गाह्रो होला। चेतना भया।
 
Comments (2)
thank
1 Wednesday, 02 March 2011 12:30
raju
tara meetra daleet bhanna word ra samuha ko panee bechar garnu parchha kina ki yas word lea pane
TH ANKS FOR PURNA JEE
2 Friday, 26 August 2011 16:21
DB Nepali
Tapai le dalit sawal lai liyar desma rajnitik garne aguwa harulai tikho bana hannu bhayo r sarba sadharana lai chetana dine khalko lekh lekhekoma . Aaja pani yastai khale lekh rachana aaudai garun.Thanks.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)