
किन्दर राई्र
नागरिक सर्बोच्चताकोलागि लड्ने निस्कर्ष सहित एमाओवादी सत्ताबाट बाहिरिएपछि अवरुद्ध भएको नेपालको राजनैतिक रंगमन्चमा अहिले गजव नृत्यको पदार्पण भएकोछ। यसलाई कठपुतली नाँच भन्न मनासीव ठानेकोछु मैले। प्रम माधव नेपालले सुजाता जोस्ट कोइराला लाई उपप्रधानमन्त्रीमा नियुक्ती यसपटकको यस नाँचको एउटा अर्को इपीसोड हो।
सत्ता छाड्नेबेलामा तत्कालिन सत्ता साझेदार एमाले र फोरमसँग कुरा नमिलेपछि र एमालेको नेतृत्वमा सरकार बनेपछि दुइवटा वाक्यांशहरुले नेपाली राजनितीमा निकै चर्चापाएको थियो "बिदेशी प्रभु" र "कठपुतली सरकार"।
एमाओवादी अध्यक्ष प्रचण्डले राजीनामा गर्नुभन्दा अगाडि प्रधानसेनापतिको बिवादको बेला भारतीय राजदुत राकेश शुदले आफ्नो मर्यादाको समेत ख्याल नगरि गरेको ब्यवहार कुनैपनि राजनितीको छातामुनी नबसेको स्वतन्त्र ब्यक्तीलाई समेत अपच भएकै हो। त्यसैले एमाओवादीको नेतृत्वले गरेको टिप्पणी "बिदेशी प्रभुको आशिर्वाद" र "कठपुतलि सरकार" आलोचनाको लागि आलोचना र टिप्पणीको लागि टिप्पणी मात्र थिएन। यसमा बस्तुगत तथ्यपनि थियो र छ।
यसर्थ हालको माकुने नेतृत्वको सरकार दुइ रुपमा कठपुतली रहेको मानिन्छ। पहिलो बाह्य र दोश्रो आन्तरिक रुपमा। यसमध्ये अहिले बाह्य भन्दापनि आन्तरिक कठपुतलीपनाको चर्चा गर्न लायक भएको छ। सरकार बन्नु अधिपछि मात्र बाह्यको चर्चा प्रभाव र सबैको लागि अपि्रय भएपनि आन्तरिक कठपुतलीपन आफैमा कतिपय अवस्थामा देशको बाध्यात्मक अवस्थाबाट सृजना हुनसक्छ। यस अवस्थामा यसलाई स्वभाविक रुपमा लिनुपर्ने अवस्थापनि हुन जान्छ। तर जव कठपुतलीलाई नचाउने हात देशको स्वार्थमा एउटा िसंगो पार्टिको हातमा नभई एउटा परिवारको स्वार्थमा एउटा ब्यक्तीको हातमा पुग्दछ त्यसबेला यो अत्यन्तै आलोच्य मात्र होइन घृणास्पद पनि हुने गर्दछ। हाल नेपालको राजनितिको कठपुतली नचाउनेको हात एउटा स्वार्थी कोइराला परिवारको पकडमा परेकोछ गिरिजा प्रसाद कोइरालाको हातमा।
संविधानसभामा सबैभन्दा ठुलो पार्टि एमाओवादी प्रतिपक्षमा बसेपछि दोश्रो ठुलो पार्टिको नाताले र सरकारमा पनि सहभागिता भएकोले सरकारमा नेपाली कांग्रेसको बढि प्रभाव हुनु अस्वाभाविक मािनंदैन चाहे जो सुकैले सरकारको नेतृत्व गरेको होस। यसकारण अहिलेको प्रम माधवकुमार नेपाल नेपाली कांग्रेसको कठपुतली भइ दिएको भए यो अलि स्वभाविक र केहि हदसम्म पाच्य हुने थियो। तर अहिले त कांग्रेसको नाममा यसको सभापति भएको नाताले गिरिजा प्रसाद कोइरालाले पार्टि पद्धतीलाई रद्धिको टोकरीमा हालेर मनमानी रुपमा हालीमुहाली गरिरहेको छ। आफ्नो छोरि भएकै कारण कांग्रेसभित्रको वरियता क्रममा ४७ औं स्थानमा रहेको निर्वाचनमा नराम्ररी पराजित सुजाता कोइरालालाई पार्टिको ब्यापक बिरोध हुंदाहुंदै सरकारमा िसंगो नेपाली कांग्रेसको नेतृत्व गर्दै पराराष्ट्र मन्त्रि बनाएर पहिलो नाटकको मन्चन गरिएको थियो। हुँदाहुँदा हाल आएर पार्टिलाई थाहै नदिइ उपप्रधानमन्त्री बनाउन सफल भएकोछ फेरी दोश्रो नाटकको मन्चन गरेकोछ।
दाजु विपिको त्याग र नामको सावाँ ब्याजबाट बढि र आफ्नो कि्रयासिलताबाट कम सत्ता आरोहण यात्रा शुरु गरेका गिरिजा पाचायतमा प्रबेश गर्न खुट्टा उचालि सकेका थिए। बहुदल आउँदापनि यो राजाको पनि जित हो र पाचको पनि जित हो भनेर आफ्नो सक्कली अनुहार देखाएर खुबै आलोचना बेहोरेका सर्वालोचित ब्यक्ती हुन गिरिजा। सत्ताको लागि आफ्नै पार्टिको कार्यवाहक सभापति कृष्ण प्रसाद भट्टराईलाई हराउन जिउज्यान दिने र आफु प्र।म। हुन नपाए आफ्नै पार्टिको बहुमत भएको संसदनै भंग गर्ने हदसम्म पुग्ने गिरिजा नेपालको राजनितीक अस्थिरताको प्रमुख शुत्राधार पनि हुन। २ जना साँसद किनेर बैंकक रमझम गर्न पठाएर यता शेर बहादुर देउवाको सरकार अपदस्त गर्दै मध्यावधिमा लगेर देश डुवाउँने कतिसम्मको अपराध गिरिजाबाट भयो सवैलाई चेतना भएकै कुरा हो।
सुजाताको हकमा स्याललाई बाघको खोल ओढाएर जतिनै अभिनय गर्न लगाए पनि अन्त्यमा यसले आफ्नो स्वरमा बासी नै हाल्छ भनेझै स्वभाविक रुपमा गिरिजाले आफ्नो जात जनाएको मात्र हुन् हालको उनको ब्यवहार। उनि मात्र होईन उनको चेलाचपेटा सवैले माओवादीलाई अधिनायकवादी भन्दछन् तर गिरिजाको अधिनायकवाद किन छिचोल्न छिनाल्न सक्दैनन उनिहरु गिरिजा किन आफ्नो आंगको हात्ती देख्दैनन हाल सबैभन्दा धेरै पटक प्रधानमन्त्रिको पदमा आसिन हुन सफल उनको खुराफाती खुबी त्यस्तै क्षमता र चातुर्यको कारणले भएपनि त्यस खालको खुबी र चातुर्यतालाई योग्य नैतिकवान र महान बन्न सक्दैन भन्ने एउटा िसंगो नमुना र प्रमाण हुन गिरिजा प्रसाद कोइराला।
त्यसैले मर्नेबेला हरियो काँक्रा भनेझैं हालसम्म जम्मा भएको आफ्नो प्रतिष्ठा बिषेशगरि गणतन्त्रको स्थापनासँगै सुधि्रदै गएको उन्को छविलाई लिलाम गरेर छोरिकोलागि प्र।मन्त्रीलाई यत्रो निर्णय गर्नलगाउनु भनेको आफ्नो सक्कली अनुहार उदाङ्गो पार्नु नै हो। अबभन्दा केहि फरक पर्दैन गिरिजाले हालसम्म कमाएको प्रतिष्ठा कागताली परेरै मात्र रहेछ। यो चाहीं सत्य हो यस्तो संयोग आईलाग्ने भाग्यमानी मान्छे एकदमै कम पर्दछन। पाचायतकालमा अति मजबुत अवस्थामा रहेको नेपाल एयरलाईन्सलाई लाउडा र धमीजा काण्डमा धरासयी अवस्थाको नजिक पुर्याउने यीनै बाबु र छोरि सुजाता हुन। नोकरशाही तन्त्रको मलजल गर्ने यिनै गिरिजा हुन्।
नेपाली कांग्रेसमा पार्टिलाई संस्थागत गरि एउटा सिस्टममा ढाल्न नसकेकोले यिनै गिरिजाले पार्टिलाई कठपुतली बनाइ रहेकोछ। पुरानो इतिहाँस बोकेको पार्टिले राज्य संचालनमा अझ निखार ल्याई लोकप्रीय बन्दै जानु पर्नेमा सबैले छोड्नुपर्ने र ग्यारेजमा थन्क्याउनु पर्ने अवस्थाको थोत्रो गाडि जस्तो हविगत भएको छ नेपाली कांग्रेस पार्टि्रको।
नेका समर्थक लेखक जगदिश घिमिरेको शब्दलाई सापटि लिने हो भने नेपाली कांग्रेस देशमा प्रजातन्त्रको लागि लडेको पार्टि भएपनि आफ्नो पार्टिभित्र प्रजातन्त्र होस भन्ने पार्टि चाही होईन। यहाँ अव एउटा थप कुरा भन्नैपर्ने हुन्छ आफ्नै पार्टिलाई सम्हाल्न नसक्ने पार्टिले देशलाई कसरि सम्हाल्छ वास्तवमा नेपालमा सबैभन्दा प्रजातान्त्रिक पार्टि भनेर चिनिएर पनि सबैभन्दा प्रजातन्त्र नभएको पार्टि नेपाली कांग्रेसनै हो। सत्तामा नेका सबभन्दा ठुलो पार्टि भएकोले अहिले यसको सभापति निरंकुश राजाले जस्तो आफ्नो पार्टि भित्र शासन गरि रहेको छन र यसपार्टिको मतको आधारमा देशमा पनि दोश्रो राजाको रुपमा हुकुमी शासन गरिरहेकोछ। वास्तवमा अहिले हाम्रो देशको कार्यकारी अधिकार प्राप्त ब्यक्ती माधव नेपाल भएपनि वास्तविक शक्ती गिरिजाको हातमा रहेकोछ। कांग्रेस पार्टिको हातमा हुनुपर्नेमा यस पार्टिको अन्य नेताको अशक्षमता र पार्टि सिस्टम नभएकोले छोरि सुजाता बाहेक सबैकुरा बिसे्रका गिरिजाको हातमा पुगेकोछ। गिरिजाको यो ब्यवहारले स्वाभिमानी नेपाली कांग्रेस समर्थकहरुको शिरनत भएकोछ पार्टिको साख गिरेकोछ। चारैतिर प्रतिपक्षहरु शसक्त रुपमा आईरहेको बेला पार्टिको अस्तित्व कसरि बचाउनु पर्नेहो नेताहरु चिन्ता ब्यक्त गर्न थालेका छन्।
नेपालको राजनितिमा नेपाली कांग्रेसमा कोइराला परिवार र भारतको राजनितीमा कांग्रेस आईमा गान्धी परिवारलाई हेर्ने हो भने केहि सन्दर्भमा समानता पाइन्छ। तर हाल आएर यो समनाताले ठिक उल्टो अवस्था ग्रहण गरेको छ। भारतीय राजनीतिमा गान्धी परिवारको निष्ठाको राजनिती देखिएको छ। सोनिया गान्धीले आफुमा आएको प्रधानमन्त्रीको प्रस्ताव अस्विकार गरेर यसको प्रमाण दिएपछि कांग्रेस आइको ईण्डीयामा प्रतिष्ठा बढेकोमात्र होइन गतसाल भएको निर्वाचनमा अत्यधिक सफलता पनि हासिल गरेकोछ सोनियाले मनमोहनिसंहलाई प्रधानमन्त्री सुम्पेर महानता देखाउँदै आफ्नो राजनीतिक यात्रा छोटाएकी होईनन दिर्घकालिन यात्राको सुरुवात गरेकी हुन उन्को परिवारवादी हुनुहुन्न भनेर राजनैतिक ईमान्दारितालाई हेरेरपनि आगामि दिनहरुमा जनताहरु स्वयंले घोषणा गर्नेछन सोनियालाई सत्ता सुम्पन। यता नेपाली कांग्रेसमा कोइराला परिवारले ठिक उल्टो अल्पकालिन राजनीति सुरु गरेको छन कि गिरिजाको मृत्यु संगसंगै कहिल्यै उठन नसक्ने गरेर सुजाताको रजनैतिक मृत्यु अवश्यंभावी छ। पारिवरिक रजनैतीक अन्त्य निश्चित छ तर िसंगो नेपाली कांग्रेसलाई दिर्घकालिन रोग हुने टडकारो समभावना छ। प्रस्ट छ राजनितीलाई आफ्नो परिवारको प्रतिष्ठाको खेलको रुपमा लिइएको हुनाले कोइराला परिवारका साथसाथै नेपाली कांग्रेसको राजनैतिक साख पनि गिरि रहेको छ।
गिरिजाप्रति अन्य कांग्रेसी नेताहरु खुब रिसाउछन् क्रुद्ध हुन्छन तर गिरिजाको सामु गडुलको अगाडि सर्प जस्तो भइ हाल्छन्। कांग्रेस सरकारमा जाने भएपछि सुजातालाई कांग्रेस पार्टिको तर्फबाट नेतृत्व गराउँदै सरकारमा पठाउँने निर्णयमै कांगे्रसमा केहि असन्तुष्टीका आवाज नउठेका होइनन् तर केहि दिनमै साम्यपनी भइहाल्यो। बिदेशी नागरिकसँग बिहेगरेर सुजाता जोष्ट बनेकी नेपालीपन र संस्कार बिसे्रकी लाउडा धमिजा काण्डका नाइके मध्ये एक निर्वाचनमा जनताले नराम्ररी हराइदिएको पराराष्टमन्त्री जस्तो जिम्मेवार पद सम्हालेकी उनले भारतको औपचारिक भ्रमण एकघण्टा अगाडि रद्ध गरेर देशको प्रतिष्ठामा आँच आउने छुद्र ब्यावहार देखाएको र पराराष्ट मन्त्रीको हैंसियतले नेपालको सिमा भारतले मिचेर हजारौ नेपालीहरु प्रत्यक्ष बिचल्लीमा परेको बखत यसप्रति केहि थाहा नभएको भनेर नाटक गर्ने देशप्रति उत्तरदायित्व बिहिन तीनकौडिको ब्यक्तीलाई सभापतिको छोरी भएको हैसियतमा गिरिजाको ठाडो आदेशमा उपप्रधानमन्त्री बनाउनु माधव नेपालको लाचारीपन हो। कठपुतलीको आफ्नोपन र आफ्नो मन हुदैन। यदि उ गिरिजाको कठपुतली होइन भने भारतबाट फर्कनासाथ सुजातालाई कार्वाही गर्न सक्नु पर्दथ्यो। त्यसैपनि माधव नेपाललाई पार्टी भित्रैप नि पिँध बिनाको लोटाको संज्ञा दिने गरिन्छ। प्रधानमन्त्रीको थुप्रै अवसरहरुलाई गुमाउँदै अनावस्यक र विवादास्पद अवसरमा राजालाई यही पदको लागि निवेदन समेत हाल्न पुगेको सामन्ती संस्कार अनुसार दाम राखेर ज्ञानेन्द्रको खुट्टा भक्तिभावले ढोग्ने नेताले नेतृत्व गरेको पार्टि हुनाले एकताका जनताले अपार माया र बिश्वास िदंदा दिदै आज यो पार्टि तेश्रो स्थानमा गुडुल्किन पुगेकोछ। यस सुजाता काण्डले वास्तवमा जनताको काँधमा चढि रहेको एमालेले फेरिपनि जनताको काँधमा सु गरि दिएकोछ आफ्नो अडान अलिकति पनि राख्न नसकेर।
बास्तवमा माधव नेपालमा अलिकति पनि नैतिकता र अडान भएको भए सुजातालाई उपप्रम बनाउनुभन्दा अगाडि कांग्रेस पार्टिको निर्णय सुन्नु पर्दथ्यो। के माधव नेपाललाई गिरिजाले सुजतालाई यसरी अगाडि बढाएको कुरा कांगे्रसको अधिकांश नेता कार्यकर्ता र जनता कसैलाई पनि रुचिकर छैन भन्ने कुरा थाहा थिएन र अवस्य थियो। तर किन लिए उनले यो स्वार्थि गिरिजाको पक्ष उसको िसंगो पार्टिलाई एकातिर पन्छाएर यस्मा उसको आफ्नै स्वार्थ छ। यो पदपनि उनै प्रभुको कृपाले पाएको हो र यसलाई बचाउन पनि कांग्रेस पार्टि भन्दा हालको अवस्थामा यसको सभापति गिरिजालेनै निर्णायक भुमिका खेल्नेछ भन्ने लागेर नै माधव नेपालले यसो गरेका हुन। वास्तवमा एमालेमा अध्यक्ष समेत रहेका निर्वाचनमा जितेको झलनाथ खनाललाई प्रम नबनाएर दुवै स्थानबाट हारेका माधव नेपाललाई प्रम बनाउन पनि एमाले भित्रको ओलीको गुट स्वार्थ र गिरिजाको ब्यक्तिगत स्वार्थ नै थियो। त्यसमा पनि इतिहाँसमा अगाडि प्रधानमन्त्री उपनाम जोड्न माधव नेपालको बर्षौ देखिको रहर सपना र कल्पना। कठपुतलीनै भएपनि सत्ता माओवादीको हातमा जान दिनुभन्दा जसरी पनि यसलाई ढल्न वा खतराको स्थितिमा नपुर्याउने भन्ने मानसिकताले गिरिजाको आदेशलाई मानेको हो। किनकी अन्य कांग्रेसी नेताहरु गिरिजाको बिरोधमा जतिनै मच्चिए पनि अन्त्यमा थच्चिइ हाल्नेछन् भन्ने कुरा माधव नेपाललाई लागेको हुनाले सुजातालाई बढाउँन श्रेयस्कर ठानेको हो। जे होस अझ नेपाली राजनीतिको रंगमाचमा कस्तो कस्तो नाटक मंचन हुँदै जाने हो हेर्नुछ केहि बर्षलाई।
अहिले हाम्रो कठपुतली सरकारमा श्री ६ महाराज गिरिजा प्रसादको हात छ। यसको रबर स्ट्याम्प कहिले रामवरण यादव त कहिले माधव नेपालको हातमा जाने गर्दछ। अहिले महाराज गिरिजाको रबर स्ट्याम्प लिएर माधव नेपाल बसेकाछन्।
आखेरी सरकार कठपुतली न पर्यो। जसको हात उसैको चाल जस्तो मादलको ताल उस्तै नाँचको चाल। गिरिजा मादल बजाई रहेछ माधव नेपाल कम्बर मर्काइ मर्काइ जोकर भएर नाँची रहेकाछन र सुजाता कोइराला मारुनी भएर नाँची रहेछन छ्याम्छ्याम्। हामी नेपाली जनता हेरि रहेकाछौ लाटाले पापा हेरेझै टुलु टुलु।
अक्टोबर २३ २००९
कजवे-बे हङ्गकङ्ग
















