HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home विचार / दृष्टिकोण रोग नियन्त्रणमा सरकार असफल

रोग नियन्त्रणमा सरकार असफल

E-mail Print PDF
AddThis Social Bookmark Button
मनोज घर्तीमगर 
काठमाडौं, ३० साउन 

मध्य तथा सुदूरपश्चिमका विकट पहाडी जिल्लाहरुमा सयौंको ज्यान लिनेगरी महामारीको रुपमा फैलिएको झाडापखाला तथा हैजालाई नियन्त्रणमा लिन सरकार असफल भएको छ। तर उपचार अभावका कारण दिनहुँ आधादर्जनको सङ्ख्यामा महामारीबाट ज्यान गइरहे तापनि कठपुतली सरकार रोग नियन्त्रणमा आइरहेको भन्दै सबैलाई ढाँटिरहेको छ। प्रभावित क्षेत्रका लागि "प्याकेज कार्यक्रम" लिएर जाने निर्णय गरेको सरकार अहिलेसम्म कुनै सुरसारमा छैन।

सरकारको "प्याकेज कार्यक्रम" लाई प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीले सरकार विरुद्धका स्वरलाई मत्थर पार्ने चालबाजीमात्र भएको टिप्पणी गरेको छ। "प्याकेज कार्यक्रम उपचारमा सरकार असफल भयो भन्दै विरोध हुन थालेपछि बुनिएको प्रपाचमात्रै हो" रोग नियन्त्रणका लागि जनमुक्ति सेनाका स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाबारे जानकारी गराउन गत बुधबार जनसाचार अभियानमा आयोजित पत्रकार सम्मेलनमा माओवादी स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले भन्नुभयो।
 
पूर्वस्वास्थ्यमन्त्री पोखरेल माओवादीद्वारा गठित "एकीकृत जनस्वास्थ्य अभियान" का संयोजक हुनुहुन्छ। संयोजक पोखरेलले रोग नियन्त्रण गर्न कठपुतली सरकारले चालेको कदम विफल भएको बताउनुभयो। "सरकारको प्रणाली विफल भयो" उहाँले रोग नियन्त्रणका लागि जनताले माओवादीसँग अपेक्षा गरेको बताउनुहुँदै भन्नुभयो "जनताले हामीसँगमात्र अपेक्षा गरेका छन्।" सरकार प्रमुख प्रतिपक्ष दल र त्यहाँका जनप्रतिनिधीहरुसँग छलफल नै नगरेर एक्लै चल्न खोजेकाले रोग नियन्त्रणमा असफल भएको पोखरेलको भनाइ छ। "जनप्रतिनिधिलाई त्यो अभियानमा सामेल नगर्दा सरकार विफल भएको हो" उहाँले भन्नुभयो।

माओवादीले चालेको एकीकृत जनस्वास्थ्य अभियान अन्तर्गत सयौंको सङ्ख्यामा स्वयम्सेवकसहित स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पुगिसकेको जानकारी गराउनुहुँदै पोखरेलले रोग नियन्त्रणका लागि पार्टी अन्य अभियानमा लागेका सङ्घसंस्थासँग सहकार्य गर्ने बताउनुभयो। तीन महिनासम्म साचालन हुने अभियानमा बढी प्रभावित क्षेत्र रुकुम र जाजरकोटमा गरी १३० युवालाई स्वयम्सेवकका रुपमा परिचालन गराउने उहाँले जानकारी गराउनुभयो। पोखरेलले महामारीबाट ३३१ जनाको मृत्यु भइसकेको बताउनुभयो। तर स्वास्थ्यमन्त्रालयले २४३ जनाको मात्र मृत्यु भएको बताएको छ।
 
अभियानका लागि ३४ लाख रुपियाँ जम्मा भएको जानकारी गराउनुहुँदै संयोजक पोखरेलले रोगको नियन्त्रणका लागि तत्कालीन कदमसहित दीर्घकालीन कदम चाल्ने बताउनुभयो। "तत्कालीन समाधानसहित दीर्घकालीन समाधानमा लाग्छौं" उहाँको भनाइ थियो। उहाँले जनमुक्ति सेनाले रोग नियन्त्रणका लागि खेलेको भूमिकाको सरकारले अवमूल्यन गरेको बताउनुहुँदै साचारमाध्यमलाई प्रचारप्रसारमा सहयोग गरिदिन आग्रह गर्नुभयो। पत्रकार सम्मेलनमा जनुक्ति सेना नेपालका स्वास्थ्य विभाग प्रमुख कृष्ण रेग्मी विवशले रोग प्रभावित क्षेत्रमा असार २० गतेबाट २३ वटा स्थानमा घुम्ती शिविर साचालन गरेर ६ हजारजनाभन्दा बढी विरामीको उपचार गरेको जानकारी गराउनुभयो। रोग नियन्त्रणका लागि जनमुक्ति सेनाले १४ लाख रुपियाँ झाडापखाल राहत खातामा जम्मा गरेको बताउनुहुँदै घुम्तीशिविर साचालनको क्रममा १७ लाख रुपियाँ खर्च गरेको बताउनुभयो।
 
जाजरकोटको भुर पुन्मा ढिमे थालारैकर सुवानाउली बडावन मझकोट गर्खाकोट अर्छानी सकला लिम्सा घाट रामीडाँडा लहलगायतको स्थानमा र रुकुमो खदीस्याला गोताम आठविसकोट सुर्खेतको तरङ्गा र लेखपराजुकल गाविसमा स्वास्थ्य शिविर साचालन गरेको प्रमुख विवशले जानकारी गराउनुभयो। कतिपय ठाउँमा रोग नियन्त्रणमा आइसकेपछि शिविर हटाइको र कतिपय ठाउँमा शिविर साचालनमै रहेको जानकारी गराउनुहुँदै अन्य थप अभियानको तयारीमा रहेको बताउनुभयो। यसैगरी रोग प्रभावित क्षेत्रमा सरसफाइ जनचेतना फैलाउने र मानवीय उद्दारका लागि गत हप्ता नै राजधानीबाट करिब ५० जनाको वाईसीएल टोली त्यसक्षेत्रतर्फ प्रस्थान गरेको छ। वाईसीएल सचिवालय सदस्य युवराज आचार्यको नेतृत्वमा नेवा तमुवान र तामसालिङ राज्यका गरी करिब ५० वाईसीएल कार्यकर्ता ५ सय केजी औषधी र चिकित्सकसहित त्यसक्षेत्रतर्फ प्रस्थान गरेको हो। तीनमहिने एकीकृत जनस्वास्थ्य अभियानअन्तर्गत झाडापखालाग्रस्त क्षेत्रमा सरकारको ध्यान नपुगेको र झाडापखालाको प्रकोपबारे जनतालाई जनचेतना फैलाउने उद्देश्यले वाईसीएलको समूह त्यसक्षेत्रतर्फ प्रस्थान गरेको अध्यक्ष गणेशमान पुनले बताउनुभयो। "देशमा झाडापखालाजस्तो सामान्य रोगले मान्छे दिनहुँ मरिरहेका छन् यो सरकारको ध्यान नगए पनि हामी युवाहरु चुप लागेर बस्न सक्दैनौं" स्वास्थ्य मन्त्रालय र नेपाल सरकारको गैरजिम्मेवारीपनाले पराकाष्ठा नाघेको बताउँदै पुनले भन्नुभयो। एकीकृत जनस्वास्थ्य अभियानका संयोजक गिरीराजमणि पोखरेल र एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य एवम् वाईसीएल इन्चार्ज कुलप्रसाद केसी सोनामले जाजरकोट जाने समूहलाई टोपी र स्वयम्सेवक कार्ड लगाइ बिदाई गर्नुभएको थियो।
 
देशभरबाट वाईसीएलको करिब १ हजार जनाको समूह त्यस क्षेत्र पठाउने तयारी भएको वाईसीएल उपत्यका इन्चार्ज सागरले बताउनुभयो। सो टोलीमा अन्य क्षेत्रहरुका वाईसीएल समूहसमेत बाटोमा थपिँदै जाने उहाँले बताउनुभयो। वाईसीएलको यो समूहले त्यसक्षेत्रको स्थलगत रिपोर्ट पठाएपछि आवश्यकताअनुसार थप समूह पठाउने तयारीसमेत वाईसीएलले गरेको छ। यता अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनले महामारीको नियन्त्रणमा खटिरहेको स्वास्थ्यकर्मीहरुलाई अनावश्यक रुपमा सरुवा गर्ने कार्य गरिहेको बताउँदै आपत्ति जनाएको छ। अध्यक्ष क्षेत्रराज कार्कीले बुधबार विज्ञप्ति जारी गरी उपचारमा खटिरहेको स्वास्थ्यकर्मीलाई सरकारले प्रोत्साहन गर्नुको सट्टा सरुवा गर्न थालेको भन्दै सरुवा गर्ने कार्य रोक्न आग्रह गर्नुभएको छ। नरोके आन्दोलनमा जाने उहाँले चेतावनी दिनुभएको छ।
 
Comments (1)
sarkar nai lachar chha.
1 Monday, 17 August 2009 14:53
Rajesh Budha, Kathmandu Nepal
News padha dukha lagyo. asari sayau nepali nagrik jivanjalko abhabma marnu preko chha. Yo ro niyantran garna nasakne srakarle aru jhan k na garna sakla ra. baru rajinama diya bes.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)