नेपाली जनसम्पर्क समिति हँगकँगले माओवादीका कार्यकर्ताहरुले गिरिजा प्रसाद कोइराला र के पी ओली झापा जिल्ला विर्तामोडमा कालो झण्डा प्रदशन र ढुङ्गा मुढा गरेकोमा सो घटनाको भत्सर्ना गरेको छ। नेपाली जनसम्पर्क समिति हँगकँगले जारी गरेको प्रेस विज्ञप्ती यस प्रकार रहेको छ।
प्रेस विज्ञप्ती
नेपाली जनसम्पर्क समिति हंगकंगले गत हप्ता नेपालको झापा जिल्ला विर्तामोडमा शहीदहरुको शालिक अनावरण गर्न गएका भू पू प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापत्ति गिरिजा प्रसाद कोइराला र भू पू उप प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता के पी शर्मा ओलीलाई ए नेकपा माओवादीका कार्यकर्ताहरुले कालो झण्डा र ढुङ्गा मुढा गरेको प्रति नेपाली जनसम्पर्क समिति हंगकंग उक्त रवैया र कार्य प्रति घारे भत्सर्ना गर्दछ। यस्ता कार्यले लामो शंघर्ष पछि प्राप्त उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको खिल्ली उडाएको समेट जन सम्पर्क समितिको ठहर रहेको छ।
नेपाली जनसम्पर्क समिति हंगकंग


















