HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home विचार / दृष्टिकोण प्रभुत्ववादीहरु सशङ्कित

प्रभुत्ववादीहरु सशङ्कित

E-mail Print PDF
AddThis Social Bookmark Button
नेत्र पहराईमगर

नेपालमा घटित राजनीतक घटनाक्रम र वर्तमान राजनीतिक गठबन्धनले प्रभुत्ववादीहरु झस्किएका छन। आफनो निहित स्वार्थ परिपुर्तिका खातिर लालयीत शक्ति वर्तमान राजनीतिक उतार चढावले घोत्लिन बाध्य भएको छ। हुनत नेपालको राज्यसत्ताको अभिभारा सम्माहल्ने जुन कुनै व्यक्ति वा नेता र नेतृत्वकर्ताले आज सम्म आइपुग्दा पूरा कार्यकाल शासन गर्न सकेका छैनन्। तर माओवादीको सरकारकारबाट जनताले त्यो आशा गरेका थिए तर त्यो पनि मिथ्या सावित भएरै छोड्यो। विगत ६ दशक देखिको राजनीतिक अस्थिरतालाई नै माओवादी नेतृत्वको सरकारले पनि निरन्तरता दिन बाध्य भयो। अस्थिरतालाई स्थिरतामा परिणत गर्न अहिले सम्मका कुनै पनि कार्यकारणी सरकारको अधिकार प्राप्त व्यक्ति वा पार्टी सफल हुन सकेका छैनन्। जसको फलस्वरुप विगत ६ दशक देखिको राजनीतिक अस्थिरताबाट माओवादी पनि अछुतो रहन सकेन। नेपाली जनतालाई परिवर्तनका नाममा आफ्नो प्रभुत्ववाद लाद्न खोज्दा माओवादीको नेतृत्वमा सन्चालित सरकारले पनि परापूर्व देखि चल्दै आएको राजनीतिक परिघटनालाई निरन्तरता दिन विवश भयो। 

नेपालको इतिहासमा यस्ता तमाम घटनाहरु भएका छन् भने ६ दशक देखि यताका अवधिका राजनीतिक घटना क्रममा पार्टीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुदै आएका छन्। चाहे त्यो दुइ तिहाइ बहुमतको सरकार होस चाहे त्यो पूर्ण वा साधारण बहुमतको सरकार होस चाहे त्यो मिलिजुली सरकार नै किन नहेास् सबै खाले तौरतरीकाबाट निर्माण भएका सरकारले आफनो पुरा कार्यअवधि पूरा गर्न अहिले सम्म सकेको छैन। विगतमा कहिले राणा शासनको अभ्यास त कहिले पन्चायती शासनको अभ्यास त कहिले बहुदलीय व्यवस्थाको अभ्यासको क्रममा यस्ता घटना साधारण हुन् भनेर सरकार सन्चालकहरुले आफनो स्पष्टीकरण र गल्ती ढकछोप गर्दै आएका छन्। ती सबै खाले व्यवस्थाको अन्त्य संगै स्थापित र संस्थागत भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो सरकारले भने कनुनी राज्यको अवमूल्यन र विधिको शासनलाई अनुशरण नगर्दा आफनै गल्तीले राज्यसत्ताबाट बाहिरिन बाध्य भयो। अहिलेको राजनीतिक उतारचढावको घटनालाई पनि लोकतान्त्रिक अभ्यास भन्दा खासै फरक नपर्ला चाहे त्यो आफनो प्रभुत्ववाद लाद्नका खातिर प्रेरित किन नहोस्।

२१ औं शताब्दीकॊ एक दशक सम्म आइ पुग्दा पनि नेपालका राजनीतिक पार्टीहरुको व्यवहार ’’बाह्र बर्ष कुकुरको पुच्छर ढुडग्रोमा राख्दा पनि जस्ताको त्यसतै’’ भने झै सावित भएको छ। नेपालकेा इतिहासमा विगत देखि वर्तमान सम्म भएका ती सबै राजनीतिक घटनाक्रमले सरकारको नेतृत्व गर्ने व्यक्ति वा पार्टीहरु जनता र राष्ट्रिय स्वार्थका खातिर खासै राम्रा कार्यहरु गर्न नसकेको घाम जस्तै छर्लङ्ग भएको छ। कुनै पनि व्यक्ति वा पार्टी जनता र देशको नाममा बलिदानी भन्दा पनि केवल आफनो पार्टीको स्वार्थका खातिर लालयीत मात्र हुन पुगेको प्रमाणित भएको छ। जसले गर्दा देशले राष्ट्रिय अखण्डता र नेपाली जनताका खातिर खासै गहकिला कार्यहरु गर्न सकेन। अभ्यासका नाममा स्पष्टीकरण दिदै नेपाली जनताको आँखामा छारो हाल्ने कार्य बाहेक अरु आज सम्म हुन सकेको छैन। राष्ट्रको हितमा भन्दा पार्टीहरु आफनो पार्टीको प्रभुत्व जमाउनका खातिर लालयीत हुदै आइरहेका छन्। यो पवृतिले नेपाली जनता र देश समृद्धिको बाटो तर्फ अगाडि बढन निश्चित रुपमा सक्ने छैन। पार्टीहरुको यो व्यवहार निरन्तर जारी रहे देश गृहयुद्धको मारमा नपर्ला भन्न सकिन्न। 

नेपालमा विगत केही बर्ष देखि हात-हतियार धाक-धम्कीको राजनीति र लाठी-मुडग्रो एवं सर्वसत्तावादी राजनीति हावी भएको छ। देशमा स्थापित नयां व्यवस्था संघीय लोकतान्त्रि गणतन्त्र नेपालको स्थापना र सुरुवाट संगै विगतका ती गलत घटना र रवैयाहरु नदोहोरिएलान र शान्तिको अनुभूति गर्न सकिएला र पाइएला भन्ने जनताले सोचेका र आशा गरेका थिए। तर जनता अहिले झन त्रसित र सशङ्कित रुपमा कत्ति खेर के हुन्छ भनेर जिवन यापन गर्न बाध्य भएका छन। त्यती मात्रै नभई जातीय क्षेत्रिय वर्गीय हिसाबले पनि जनता प्रताडित भएका छन् र हुने क्रम जारी छ। देशमा पुरानै घटनाक्रमहरुको सर्वत्र पुनंरावृति भइरहेको छ र विगत कै घटना एक पछि अर्को गर्दै दोहोरीरहेकेा छ। सामान्य मुद्दाहरुलाई पनि राजनीतिक पार्टीहरुले राजनीतिक रंग लगाईदिदा समाजमा भयको वातावरण दिन प्रतिदिन सिर्जित भएको छ र हुने क्रम जारी छ। 

देशमा घटित वर्तमान राजनीतिक घटनाका जिम्मेवार र खेलाडी स्वंय माओवादी नै हो। नेपाली जनताको एतिहासिक संविधान निर्माण गर्नका लागि नेपाली जनताले संविधान सभाको निर्वाचन पश्चात माओवादी लगायतका राजनीतिक पार्टीहरुलाई सभासद हुदै सरकारकारमा पठाएका हुन्। तर सभासद तथा पार्टीहरु जनताले दिएका म्याण्डेटको सत्ता राज्यमा आफनो प्रभुत्व जमाउने खेल र अभिलाशामा व्यस्त हुन पुगे। त्यही प्रभुत्ववादी र अधिनायकवादी गलत सो‌च र खेलका कारण माओवादीले राज्यसत्ताबाट हात धुन पुग्यो। तर माओवादीले अरुलाई आरोप लगाएर आफू जनताको नजरमा बढो चोखो बन्ने प्रयत्न गर्नु जनताको अवमूल्यन बाहेक अरु के हुन सक्छ। त्यती मात्रै होइन माओवादीका कार्यकर्ताहरु पार्टी नेतृत्वको निर्देशनको ठाडै उलङघन गर्दै पार्टीको रणनीति र निर्देशन भन्दा बाहिर गएर आफनो विगतकै रवैया देखाउन र उही हत्या हि‌सामा रमाउन थाल्नु तथा जनयुद्धको धङधङीलाई समाजको मूल प्रवाहमा रुपान्तरण गर्न नसक्नु माओवादी पार्टीको अर्को गम्भिर भूल थियो। यावत कारणहरुले गर्दा सरकारले सोचे जस्तो कामहरु गर्न सकेन र विवादको घेराबाट माथी उठ्न पनि सकेन। 

प्रचण्डले वास्तविक रुपमा भारतको विरुद्ध र अन्य अन्तराष्ट्रिय दबावका कारण आफनो राजीनामा दिए वा आफनो पार्टीले अवलम्बन गरेको सिद्धान्त जनगणतन्त्र र पार्टी कार्यकर्ताको दश बर्षे जनयुद्धको धङधङीलाई सहि ढगंले थेग्न नसक्दा राजीनामा दिए वा नेपाली जनताको नाममा अधिनायकवाद लाद्न खोज्दा नसक्ने भए पछि राजीनामा दिए यथार्थ के हो अझै केही भन्न सक्ने अवस्था छैन। माओवादीले नेतृत्व गरेको सरकारले निहित स्वार्थका खातिर एउटा कर्मचारीका कारण सत्ता छोडनु पराजित मनस्थितिको उपज हो। यो भन्दा लाचार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री र माओवादीका लागि के हुन सक्छ। कसैको धम्कीको भरमा राजीनामा दिने प्रचण्डजीले दश बर्षे जनयुद्धको अपमान र जनयुद्धको सफलता र राष्ट्रिय हितका खातिर १३ हजार भन्दा बढी नेपाली आमाका छोरो छोरीहरुले ज्यानको उत्सर्ग दिएका थिए। माओवादीले ति ज्यानको उत्सर्ग दिने शहीदहरुको कुनै अदृश्य शक्तिका सामु घुंडा टेकेर खिल्ली उडाएको छ। यथार्थमा कानुनी शासनको धज्जी उडाउदै राज्यका हरेक अंगमा आफनो पकड जमाउन खोज्दा प्रचण्डले राजीनामा दिन बाध्य भए। वर्तमानमा घटित राजनीतिक घटनाले जनतामा नैरास्यता छाएको छ। प्रधानमन्त्रीको राजीनामा प्रकरणमा नागरिक सर्वोच्चताको निक्कै बखान गरिएको छ। तर प्रचण्डले कस्तो खालको नागरिक सर्वोच्चता चाहेका हुन आफूले जे गरे पनि हुने अरुले त्यही गर्दा नागरिक सर्वोच्चता हनन हुने यो कस्तो विधिको शासन। निश्चित रुपमा गल्ती राष्ट्रपतिबाट र प्रधानमन्त्री दुबैबाट भएको छ। हुनत नेपालमा विगतमा पनि यस्ता घटना भई सकेकाले यो नेपाली जनताका लागि नौलो घटना भने हेाईन तर पनि अन्य घटनाको तुलनामा बढी राष्ट्रिय अन्तराष्टिय स्तरमा महत्वका साथ हेरियो र चर्चा पाउन पनि पुग्यो। किनकी जनयुद्धको सफलताबाट राज्यसत्ता सम्हाल्न पुगेको माओवादीका कि्रयाकलाप प्रति राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुलाई बढी चासो हुनु स्वाभाविकै हो। 

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना संगै पहिलो पटक सरकारमा पुगेको माओवादीका अभिव्यक्तिबाट धेरै जनता सशङ्कित थिए। आज नभन्दै त्यसतै प्रकारका राजनीतिक घटनाक्रम नेपालमा घटेको छ। यो राजनीतिक घटना कसैको रहर नभई माओवादी र यस पार्टीका कार्यकर्ता पंङिक्तको उछ्रिखलतालाई सहि ढङ्गले व्यवस्थापन गर्दै हिडाउन नसक्दा बाध्यताका कारण घटेको एक विकसित घटना हो। माओवादीको नेतृत्वलाई आफनै कार्यकर्ताले सरकार सन्चालनमा फलामको चिउरा सावित गरिदिए। हुनत माओवादी कायकर्ताहरु अविलम्ब आफनो पार्टीको प्रभुत्व राज्यको हरेक अंगमा जमाउन चाहन्थे तर नेतृत्वकर्ताहरुले तत्कालै त्यो सम्भव देखेका थिएनन्। तर त्यो सवालमा नेतृत्वकर्ताले आफनो कार्यकर्तालाई दिएको आश्वासनका कारण कार्यकर्ताको सामु नेतृत्वकर्ताहरु झुक्न विवश हुदै सर्वसत्तावाद बाट माथी उठ्न सकेनन्। जुन विगतको आंकलन सत्तामा गएर मओवादीले प्रमाणित गरिदिए र आज तमाम नेपाली जनताले त्यो महशुस गरिसकेका छन। माओवादीको दश बर्षे जनयुद्धको धङधङी अझै समाप्त भएको छैन। त्यही धङधङीका कारणले पनि माओवादीको नेतृत्वमा रहेको सरकारले नेपालको अन्तरिम संविधानमा उल्लेख भएको दुइ बर्षे कार्यकाल पनि पुरा गर्न सकेन। काम कुरा एकातिर कुम्लो बोकि ठिमीतिरको व्यवहार माओवादीले गरे जसले गर्दा पनि शान्ति सम्झौता तार्किक निष्कर्षमा र नयां संविधान निर्माणको काम ओझेलमा पर्ने प्रवल सम्भावना उजागर भएको छ। आफू सत्तामा रहदा पनि जनयुद्धकै शैलीमा सरकारी कामकाज चलाउन खोज्ने र सही ढङ्गले सरकारी काम कार्वाही कानुनत अगाडि बढाउन पनि नसक्ने तर दोष जति अरुको थाप्लोमा थोपरेर पानी माथी ओभाने हुन खोज्ने माओवादी प्रवृति प्रभुत्ववाद तर्फ लालयीत थियो। त्यही प्रभुत्ववादको खतराले नेपालमा नयां राजनीतिक गठबन्धनको निर्माण हुन पुग्यो। नेपालको वर्तमान राजनीतिक गठबन्धनबाट प्रभुत्ववादीहरु सशङ्कित र झस्किनु स्वाभाविकै हो।
 
Comments (2)
a tips
1 Thursday, 11 June 2009 15:27
Jwalaahk
पहराइ जीलाई साधुबाद नदी रहन सक्तिन। लेखन सैलिमा कुनै दुइमत छैन। तपाईं भन्नु हुन्छ "प्रभुत्वबादी ससङ्कित " एथार्तमा कुइएको सडेको शासनप्रनाली अहिले सम्म चलाऊदै आउने र चलाऊन खोज्ने को ? एथास्थितिलाई काएमै राख्न बिदेशिसँग दलालिगिरी गर्ने को ? अग्रगमनको अवधारणालाई नेपाली जनतामा उपेक्षित गराउने र तेस्को बिरुध्मा बिदेसिको ईशारामा सन्शध अब्रुध गर्ने को ? जनताको भावना बिप्रित देसिबिदेसी दलाल्हरु को साथ्गाठमा रम्न चाहने पार्टी को ? काङ्रेसी र एमाले twin ले २० बषे शासनकाल्मा जनतालाई अबिस्मरनिये के चिज दिएर गये ? जनादेशको बिप्रित सत्तामा तिकिरहन लाज सरम पचाएर बसिरहन खोज्ने स्वाभिमानी कि एक अत्त्याचारी ? प्रभुतो काएमै राख्न १० देखी ४०लाख मा साम्सध बोकासरी खरिद बिक्री गर्ने गराउने को ? शसङ्कित अग्रगमन्बादि कि यतास्थितिबादी ? एसर्थ ससङ्कित ति भये जस्ले यतास्थितिलाई पुनर्स्थापना गराउने कस्रत गरिरख्याछ र आफ्नो न्वारन्देखिको बल्ले नभ्याएर बिदेशी बलको साहारा लिएर भएपनी आफ्नो प्रभुतो जारी राख्ने मिथ्या प्रयास गरिराख्याछ । "आमाको दुध्ले भएन भनेर बाबुको घुडो चुसेर कहिलै हुँदैन " एसर्थ प्रतिगमनबादिनै ससङ्कित छन नत अग्रगमनबादी। कार्एमा
no complain
2 Saturday, 26 September 2009 19:49
chandra ghama from afghan
Hi Netra Paharai ji, thanks a lot for your comments to the Nepalese Political parties . Netra ji, everybody, political candidates can have criticised them but nobody can advise them how to drive to country in good way therefore, please, request invite to all to solve the badwill and be intimate together for co-porate and learn to respect other public to President. Do not think to encourage for fight because public is so tired and do not give more tyranny to Nepalese people.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)