Home विचार / दृष्टिकोण प्रदेशी छोरा भाग्यमानी वा अभागी

प्रदेशी छोरा भाग्यमानी वा अभागी

E-mail Print PDF
AddThis Social Bookmark Button

केदार कुँवर

पोखरा २९, नेपाल

हालसंयुक्त अरब दुवइ,

मानिसले आफ्नो जीवनकालमा भोग्दै आइरहेका अनुभव तथा अनुभुतिहरूबाट ज्ञान हासिल गरि जीवनको भविष्यका मार्गहरूका बारेमा सोच्न बाध्य हुन्छ। कुनै समय त्यस्तो लाग्थ्यो म जस्तो भाग्यमानी यो संसारमा कोही छैन। म आफ्ना वरिपरि रहेका सबै सुख र खुशिहरू मेरा बुबा आमाले नै पुरा गरिदिनुभएकोमा खुब आनन्दित रहन्थे । एक आदर्शबादि पिताको पुत्र हुन पाउँदा हर्ष विभोर हुनुका साथै बुबाको उक्त आदर्शबादि चरित्रको संरक्षण गर्न मैले कुनै कसुर छोड्ने छैन भन्ने दृढ अठोटका साथ मेरा जीवनका पाइलाहरू अगाडी बढिरहेका थिए 

मध्यम वर्गिय कृषक परिवारमा जन्मिएको भए पनि सुख सयलतथा रमाइलो माहोलमा नै मेरो बालापन हुर्किएको थियो । जब किशोर अबस्थामा पुगे अनगिन्ती दुःखहरूले मेरो जीवन भरिन पुग्यो। जबजब दुःखमा परें वा संघर्ष कठिन बन्दै गयो त्यतिबेला बुबा मेरो साथमा हुनुहुन्थ्यो र अझै पनि हुनुहुन्छ। फेरि सोच्थें–जबसम्म मेरा बुबाआमाको साथ तथा न्यानो काख मसँग हुन्छ तबसम्म म कसरी अभागी ? म कसरी गरीब ? म कसरी दुखी ?

बुबाको सरकारी जागिर नभएकोले हाम्रो परिवारका सदस्यहरू एक अर्का बाट टाढिन पर्ने कुनै अवस्था सिर्जना भएको थिएन । बुबाले जसो तसो दशैंमा नयाँ कपडा किनी दिएको देख्दा म आफैंलाई देखेर मक्ख पर्थें। आफुले लगाएको लुगाका बारे साथीहरूले चर्चा गर्दा छुट्टै आनन्द मिल्थ्यो। खुसीको सीमा हुन्थेन। म कति भाग्यमानी छोरो।

उमेर बढ्दै गयो बुवाको जिम्मेवारी तथा बाध्यताका बारेमा महसुस गर्दैएउटा अभिभावकको दायित्व बुझ्दै गएँ। बुवाकोआशिर्वादका साथमा न्यानो अभिभावकत्वको छहारीमा लुटपुटिन पाउँदा खुब खुशि लाग्थ्यो जब उमेर बढ्दै जादा उहाँको बाध्यता मैले महशुष गर्न थालें।

हामि बुबा र छोराबीच लुकामारी चल्दै गयो। कर्मभुमिबाट वार्षिक बिदामा म घर पुग्थें र करिब एक महिना समय बितायर हतारिँदै कर्मभुमि फर्कन्थें। बुबा गुनासो गर्नुहुन्थ्यो ‘अर्कोचोटि आउँदा अलि धेरै बस्ने गरी आए हुने।’ म बुझ्थें उहाँको मनसाय। मेरो पनि आफ्नै बाध्यता थियो। घर बस्ने मन हुँदाहुँदै पनि म विदेशिन बाध्य थिए 

जीवनमा प्रगति गर्नु छ भविष्य उज्जवल बनाउनु छ भन्ने मनमा थियो। त्यही प्रगतिको धुनलाई पछ्याउँदै नौ वर्ष अघि विदेशिन पुगेको म आएँ। विदेश पलायनको करिब अढाइ वर्ष पछि पहिलो छुट्टिमा मातृभुमिमा प्रस्थान गर्दा एयरर्पोटबाट बाहिरिनासाथ म आफ्ना बुवाआमालाई हेर्न चाहन्थें तर आमाको स्वास्थ्य यात्रा गर्न अनुकुल नरहेको हुनाले मैले बुवाआमालाई काठमाडौं आउन आग्रह गर्न पनि सकिन । एकरातको काठमाण्डौ बसाइको व्यग्र प्रतिक्षा पछि भोलिपल्ट म घरमा पुगें केही फुस्रो अनुहार, दुब्लो शरीर, चाउरि परेका अनुहार मेरा बुबा र आमालाई देख्नासाथ अढाइ वर्ष केही नभएका मेरा नयनहरू नतमस्तक हुदै रसाएका  त्यसमा पनि आमाको अँगालोले यि नयनहरू रूझ्न बाध्य भयका यादगार पलहरू यो छातिमा विक्षिप्त रूपमा विलय हुन नसकि सलबलाइरहेका छन्।

बुवा ७६ वर्षमा प्रवेश भइसक्नु भयो, आमा पनि ६८ वर्ष। तर बुबामा उही हिम्मत, उही लगाव छ। आफ्नो दैनिक जिवनको काममा सक्रिय हुनुहुन्छ। ‘अब दुःख नगर्नुहोस् आराम गर्ने समय हो’मैले भनें तर उहाँबाट जवाफ आयो दुइ चार दिनको पाहुना बनेर आएको तँ के आराम गर भन्छस् भोलि फेरि सबेरै झिसमिसेमा नै विदेशतिर लाग्न छोड्दैनस् यस्तै, यस्तै ।

मलाई थाहा छ, मेरो बुवाआमा जीवनको उत्तरार्धमा हुनुहुन्छ। डाँडामाथिको घाम भइसक्नु भयो। मलाई यो पनि थाहा छ कि उहाँहरूलाई मेरो जरुरी छ, मेरो खाँचो छ। मलाई पनि मन छ, बुबा आमा सँगै बस्न। उहाँहरूका कुरा सुन्न। थोरै भए पनि खुसी दिन। संसार देखाउन मन छ। सेवा गर्न मन छ। मिठो मसिनो सँगै खान मन छ। तर, म भविष्य बनाउने बहानामा विदेशमै अलमलिई रहेको छु। एक किसिमको भुमरी तथा दलदलमा फसिरहेको छु।

अब मलाई उम्कन धेरै गाह्रो छ। छोरा हुनुको कर्तव्य निभाउन नसकेकोमा आत्मग्लानी बढ्दैछ। यो पीर झन् बढ्दो छ। भन्नेले भन्लान् ‘आफ्नै देश र घर फर्कन के ले रोकेको छरु म भन्न सक्दिनँ के केले मात्र रोकेको छ। काट्नेले कुरा काट्लान् ‘त्यसो भए किन फोस्रो आदर्श तरु’ तर आफ्नो व्यथा त आफैंलाई थाहा छ। म जस्तै बिदेश पलायन हुनेमध्ये धेरैले प्रश्न नगर्लान्। किनकि म अल्झेको भुमरीमा उनीहरू पनि जीवन खोजिरहेका छन्। अर्कोतिर म आफै जिम्मेवारि पिता भइ कर्तव्यपथमा लम्कनुपर्ने विवशताले पनि उत्तिकै छट्पटाइ रहेको छ।

विस्तारै बुझ्न थालेको छु, मेरा बुबाको विवशता अनि बाध्यता। परिवारप्रतिको जिम्मेवारिता। छोराछोरीप्रतिको कर्तव्य। म बुझ्दैछु उहाँको परिवारप्रति मेहनत परिश्रम तथा लगनशिलताको मुल्यअनि त्याग र तपस्याको परिभाषा। म आफूलाई धेरै भाग्यमानिसोच्थें तर अहिले लाग्दैछ बुबा पनि भाग्यमानी कहाँ हुनुहुदो रहेछ ररु उहाँको दुखको सहारा टोपलियको म, विदेशतिरै हराउँदै छु अनि उहाँको मनमा लागेको हुँदो हो बुढेस कालको साहारा प्यारो छोरा लगायत सकल परिवार सँगै बसेर मिठो मसिनो खाने। जिन्दगीका बाँकी समय सँगै बिताउने। जीवनका तितामिठा अनुभव तथा अनुभुतिहरू सुनाउने अनि बाँड्ने । सायद हामी बाबु छोरा नै अभागी।

फेरि सोच्छु कि जबसम्म मेरो बुबाआमा मसँगै हुनुहुन्छ त म कसरी अभागी ? म कसरी गरीव ? म कसरी दुखी ? हो, म संसारकै भाग्यमानी छोरो हुँ। तर यो मन भने सदा अभागिपन महशुष गर्न बाध्य छ ।

 

 

Latest News