नेपालको गौरवमयी इतिहासमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहदै आएको छ। राष्ट्र्को अखण्डता र सार्वभौमसत्ता रक्षाका लागि नेपाली सेनाले अढाई सय वर्ष देखि आफूलाई सशक्त रुपमा उभ्याउदै आएको छ। तर त्यही सेनामाथि एकीकृत नेकपा माओवादीले हस्तक्षेपको प्रयास गरेको छ।
सेनामा हस्तक्षेपको प्रयास सत्ता कब्जाकै उद्येश्यबाट प्रेरित छ भन्ने खुल्दै गएको छ। संविधानसभा निर्वाचन अगाडि माओवादी अध्यक्ष प्रचण्डले नेपाली सेनालाई तथानाम गाली गरेका थिए। उनले सेनालाई कमजोर पार्ने नियतले उसको नियमित कार्यमा अवरोध सृजना गर्ने प्रकारका व्यवस्था गर्न विगतका सरकारलाई दबाब दिएको इतिहास साक्षी छ।
संविधानसभामा अपत्यारिलो जीत हासिल गरेपछि माओवादी सरकारमा पुग्यो। उसले सेनामा नियन्त्रण कायम गर्ने रणनीति तय गर्यो। तर राष्ट्रिय सेनामा नियन्त्रण कायम गर्नु सहज भएन। सेना समायोजनबाट आफ्ना छापामारलाई नेपाली सेनामा घुसाउने सेनाको नियमित भर्ती रोक्ने रणनीति असफल हुदै गएपछि जर्नेलहरुलाई अवकाश दिएर बदला लिन खोज्यो। यद्यपि अदालतले तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेपछि माओवादी न्यायालयमाथि खनियो। आफ्नो विरोध गर्ने राजनीतिक दलका कार्यकर्ताको हत्या गर्ने भने बमोजिम काम नगर्ने प्रशासकको जथाभावी सरुवा गर्ने देखि प्रेसमाथि आक्रमण गर्ने नीति अगाडि बढाउदै गएको माओवादी सर्वत्र नियन्त्रण कायम गर्न सेनामाथि खनिएको छ।
नेपाली सेनालाई अनावश्यक विवादमा ल्याएर माओवादीले देशलाई विदेशीको क्रिडास्थल बनाइदिएको छ। आफै सेनापति हटाउन विदेशीसंग लविगं गर्ने अनि आफै सेनालाई विदेशीसंग लविगं गरेको आरोप लगाएर माओवादीले भ्रम सृजना गर्दैछ। उसले विगतमा पनि भारतविरुद्ध सुरुगं युद्धको नाटक रचेकै हो। भारतमा बसेर भारतीयको सहयोग लिएर जनयुद्धलाई मलजल दिने अनि भारतीयकै विरोध गरेजस्तो गर्ने माओवादीको झूटो राष्ट्रवादप्रति सबै सचेत हुन जरुरी छ। राष्ट्रवादको नक्कली मुकुण्डो ओढेर माओवादीले राष्ट्रिय सेनालाई बदनाम र कमजोर पार्न खोजिरहेको छ। सेनालाई कमजोर पारेर माओवादीले कस्को अभिष्ट पूरा गर्न खोजेको हो ? अहिले देशलाई संघीयतामा लाने प्रयास भइरहेको छ। जातीय र साम्प्रादायिक डर धम्कीको भरमा संघ बनाउन खोजिएको छ। यसले देशको अखण्डतामा प्रश्न उठेको छ। राष्ट्रिय अखण्डताका लागि लड्दै आएको नेपाली सेनालाई कमजोर बनाउने षड्यन्त्र राष्ट्रको हितमा हुनसक्दैन। नागरिक सर्वोच्चताको नाम दिएर सार्वभौमसत्ताको रक्षक बन्दै आएको सेनालाई कमजोर बनाएर नागरिक मात्र नभएर देशलाईनै असफल बनाउने खेल भइरहेको छ।
सेनाले सरकारको आदेश नमानेको आरोप आफैमा निराधार छ। विगतमा रक्षा मन्त्रालयले भनेबमोजिम सेनाले सैन्यभर्ती खोलेको थियो जर्नेलहरुको अवकाशका सम्बन्धमा पनि सर्वोच्च अदालतको आदेशबमोजिम गरेको थियो। राष्ट्रिय खेलकुदमा पनि माओवादीले बलजफ्ती जनसेनालाई विभागीय टोलीका रुपमा सहभागी गराएपछि सेनाले छ वटा इभेन्टमा सहभागी नजनाएको घामजत्तिकै छर्लंग छ। अहिले आएर माओवादी नेतृत्वको सरकार आफ्नो कमजोरी ढाकछोप गर्न सेनालाई बदनाम बनाउन थालेको छ। यसलाई देशभित्र र बाहिर रहेका आम नेपालीले गम्भीरताका साथ लिएर राष्ट्रियताको रक्षाका लागि अभियाननै संचालन गर्नुपर्ने बेला आइसकेको छ।
नेपाली जनसम्पर्क समिति हंगकंग एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले नेपाली सेनामाथि गरेको हस्तक्षेपको घोर भत्स्रना एवं निन्दा गर्दछ। नेपाल एकीकरण देखिनै यसको सार्वभौमसत्ता रक्षाका लागि मरिमेटेको सेनालाई कमजोर बनाउनु भित्र गम्भीर षड्यन्त्र लुकेकोतर्फ आम नेपालीलाई सचेत हुन आग्रह गर्दछ।
नेपाली जनताको चाहना अनुसारको सरकारको आदेश अनुसार चलेको सेनालाई बदनाम बनाएर आफ्नो पार्टीको कथित सेनालाई आधिकारिता प्रदान गर्ने उद्येश्यबाट प्रेरित माओवादी रणनीति देशका लागि घातक हुनसक्दछ। नेपाली जनसम्पर्क समिति हंगकंग माओवादीको रणनीतिप्रति सजग र शतर्क हुन आम नेपाली जनता र अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्दछ। माओवादीको पछिल्लो क्रियाकलाप नेपाल र नेपालीको हितविपरित त छदैछ यसले समग्र दक्षिण एशियाको शान्ति बिथोल्ने खतरा पैदा गर्दैछ। माओवादीको सेनालाई बदनाम र कमजोर बनाउने षड्यन्त्रविरुद्ध सशक्त रुपमा प्रस्तुत हुनुपर्ने आवश्यकता औल्याउदै लोकतन्त्रवादी र राष्ट्र्वादीलाई एकतावद्ध हुन आग्रह गर्दछ।
इश्वर खाँण
अध्यक्ष नेपाली जनसम्पर्क समिति हंगकंग


















होईन भने नेपालको राजनीति लुछाचुडिमै खरानी हुन्छ ।