HongKongNepali.com, The Next Media

Thursday
Apr 24th
Home विचार / दृष्टिकोण नेपाली भाषा की खसनेपाली भाषा ?

नेपाली भाषा की खसनेपाली भाषा ?

E-mail Print PDF
AddThis Social Bookmark Button

राजु सुब्बा

खस भाषालाई मात्र नेपाली भाषा मान्ने हो भने खस भाषा नजान्ने चाहि नेपाली हुन कि होइन्न ? नेपाली हुनलाई के खसभाषा अनिवार्य जानेकै हुनुपर्दछ ? त्यसैले संविधानमा स्पष्ट ब्याख्या होस नेपालभित्र बोलिने सबै भाषा नेपाली भाषा हुन र सम्पर्कको भाषा ‘खस नेपाली’ भाषा हो । खस भाषालाई नेपाली भाषा भन्नु खसभाषीको अस्तित्व पनि हराउनु हो । त्यसैले हामीले खस नेपाली भाषा भन्यौ भने शुद्ध र सहअस्तित्व रहन्छ । सरकारी कामकाजीको भाषा खस नेपाली र अंग्रेजी हुनुपर्दछ । त्यसो गर्दा सामान्य ब्यवहारबाटै हामी अन्र्तराष्ट्र सम्म पहुँच र सम्पर्क राख्न सक्दछौ । एकथरी जमात खस भाषा मात्र यो देशको कामकाजी भाषा हुनसक्दैन भन्छन, अहिले पनि खस नेपाली भाषा सबै नेपालीले बोल्दैनन् बुझदैन्न । त्यसैले आफ्नो मातृभाषा, खस नेपाली अनि अंग्रेजी सिक्नु ठूलो भार र समस्या हुने भएकोले खस नेपाली नजान्नेले सिधै अंग्रेजी सिकोस र खस नेपाली जान्नेले खस नेपाली नै प्रयोग गर्न सकोस । देवनागरी अक्षरमा लेखिएको खस नेपाली भाषाको प्रभाव र महत्व पनि ठूलो छ यसलाई उपेक्षा गर्न मिल्दैन ।

 

अंग्रेजहरुले बोल्ने अंग्रेजी भाषा पनि अहिले उनीहरुको नियन्त्रणमा छैन । हिजो कोलोनिज मुलुकहरुबाट अंग्रेजी भाषामा धेरै शब्दहरु आए भने संयुक्त राष्ट्रसंघले अन्र्तराष्ट्रिय सम्पर्क भाषाको मान्यता पश्चात धेरै मुलुकहरुले प्रयोगमा ल्याए र ती नयाँनयाँ ठाँउहरुबाट नयाँ शब्दहरु अंग्रेजी भाषामा आउने गरेका छन् । त्यसैले पनि अंग्रेजी भाषाका शब्दकोशहरु दशक–दशकमा परिमार्जन गर्नुपर्दछ अर्थात एक्सपायर हुनेगर्दछ । मातृभाषाको रुपमा अंग्रेजी बोल्ने स्वयं पनि भाषामा कठिनाई ब्यहोर्दै आएका छन् । भाषालाई सँधै ब्याकरणले नियन्त्रण गरे पनि यसको विकास, विस्तार र बिकृति निरन्तर हुने भएकोले पुनः ब्याकरणले भाषालाई पछ्याउनुपर्दछ त्यसैले भाषा विज्ञानमा प्राचिन शब्दहरुकै प्रचलन र प्रयोग हुन पर्दछ भन्ने मान्यता राख्नु हुदैन ।

 

विश्वका छ भाषालाई सयुक्त राष्ट्र संघले अन्र्तराष्ट्रिय सम्पर्क भाषाको मान्यता दिएपनि नेपालको प्राचिन इतिहास र प्रभाव अंग्रेजी भाषासंग देखिएकोले कानुनतः म्यान्ड्रिन (चाइनिज), फ्रेन्च, अरबिक, स्पानीस र रसियन आदि लिन सकेपनि ब्यवहारमा अंग्रेजी अनुकुल देखिन्छ । अंग्रेजी भाषाको प्रभाव र पहूच दिनानुदिन बढ्दो छ । अर्को पाटो के पनि हो भने नेपालमा धेरै भाषीहरु भएको र उनीहरुको मध्येबाट एक भाषालाई मात्र सरकारी कामकाजको मान्यता दिदा अर्को भाषीहरुले विरोध र विमती जनाउने अवस्था छ । अंग्रेजी भाषा नेपालदेखि बाहिरको भाषा र विश्वको सबैभन्दा बढि मुलुकमा प्रयोग हुँदै आएको सजिलो र लोकप्रिय भाषा भएकोले यसलाई सबैले स्वीकार्दछन् ।

 

खस नेपालीलाई मात्र सरकारी कामकाजीको मान्यता भएको बखत खस भाषा नजान्नेहरुको हकमा पूर्ण अन्याय हुनेछ । खस नेपाली र अंग्रेजी दुबै भाषा नजान्नेलाई सिकाउनै परेको खण्डमा अंग्रेजी सिकाउनु उपयुक्त हुनेछ किन की उच्च तहका विकास र विज्ञानका पुस्तक, ग्रन्थहरु अँग्रेजीमा लेखिएका छन् र अन्र्तराष्ट्रसंग सिधै सम्पर्क गर्ने पुल झै बन्दछ । खस नेपाली भाषामा पनि पुस्तक, ग्रन्थहरु छन्, यद्यपि अंग्रेजी भाषाको तुलनामा एकदमै न्यून छन् । तुलनात्मक रुपबाट हेर्दा खस नेपाली जान्नेले पनि अंग्रेजी जान्नै पर्ने बाँध्यता छ तर अंग्रेजी जानेकाले निश्चित प्रयोजन बाहेक खसनेपाली जान्न आवश्यक हुँदैन ।

 

लामो समयदेखि चल्दै आएको विभेदकारी भाषा, साहित्य र संस्कृतिलाई पूर्वराजा महेन्द्रले झनै बढावा दिएर एक देश, एक नरेश, एक धर्म, एक भाषा अभियानको बेला कैयौं अन्य भाषाका पुस्तकहरु मूर्खतापूर्वक जलाइदिए । त्यसको पीडा बोकेका नेपालीहरु पुनः त्यहि अभियानलाई निरन्तरता दिन चाहदैन्न । राणा शासकहरुले बहुभाषा र बहुलिपीलाई प्रयोग गरेको प्रमाणहरु पाइन्छन् । त्यसको मुख्य कारण २ बटा हुन सक्दछ । पहिलो अन्य भाषा, लिपीको अस्तित्वलाई स्वीकार गरेको र दोस्रो हो त्यसवेला सम्बन्धित ब्यक्ति, समुदायले नयाँ भाषा बुझ्दैन थिए । यसरी इतिहास हेर्ने हो भने शाहकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल भन्दा राणाकाल निक्कै समावेशी चरित्रको देखिन्छ । समाजशास्त्रीहरुका अनुसार कुनै जातिको अन्त गर्न उनीहरुको भाषा, लिपी, संस्कार, संस्कृति र इतिहासको नष्ट गर्नुपर्दछ तब उ आफै हराउँदछ त्यो सूत्र हिजो नेपालका विभिन्न समुदायहरु माथि प्रयोग भएको स्पष्ट हुन्छ । निर्माणाधिन नेपालको संविधानमा भाषा सम्बन्धमा स्पष्ट ब्याख्या हुनुपर्दछ । सरकारी कामकाजी भाषाको रुपमा अंग्रेजी र देवानगरी लिपीमा लेखिने खस नेपाली भाषा उल्लेख गर्नुपर्दछ । त्यस्तैगरी नेपाली साहित्यको बारेमा पनि स्पष्ट हुनुपर्दछ । देशको नाम नेपाल र विशेषण ‘नेपाली’ रहेको हुनाले नेपाल भित्र रहेका दर्जनौ भाषाहरुको आ–आफ्नै साहित्य रहेको छ ती सबै साहित्य नेपालको हो र ती सबै नेपाली साहित्य हुन् ।

 

नेपाली भाषालाई खस, पर्वते, गोर्खाली, पहाडे भन्ने गरेको पाइन्छ । यस खस भाषालाई “नेपाली” नामाकरण गर्ने प्रथम ब्यक्ति ब्याकरकार जे. ए. एटन भएको बताइन्छ । एटनबाट प्रयोग पछि पनि गोर्खाभाषा, गोर्खाली भाषा भनिएको र वि. सं. १९९० मा मात्र नेपाल सरकारले नेपाली भाषा भन्न शुरु गरेको हो । यसरी खस भाषालाई हरण गरेर नेपाली भाषा भनिनु र नेपाली भाषा भनिन शुरु गरेपछि खस भाषाको मौलिक संरचना तोडिनु दुःखद पक्ष हो । देशको नाम नेपाल भएकोले भाषा नेपाली नै भन्न आवश्यक हुदैन । चिनले उसको सम्पर्क भाषालाई म्यान्ड्रिन भन्दछ । त्यसैले नेपाली मात्र होइन, खस नेपाली लेख्नु उपयुक्त देखिन्छ र यो चलनचल्तिमा पनि छ । त्यस्तैगरी गुरुङ भाषालाई ‘गुरुङ नेपाली’, तामाङ भाषालाई ‘तामाङ नेपाली’ र लिम्बु भाषालाई ‘लिम्बु नेपाली’ भनेर लेख्न सकिन्छ । त्यस्तै नेपालको सिमा बाहिर लिम्बु इन्डियन, गुरुङ इन्डियन आदी भनिन्छ ।

 

नेपाल भित्र धेरै भाषा भएकोले नेपाली भाषाहरु तथा खस नेपाली भाषा भन्नु शुद्ध र सहि हुन्छ । त्यस्तै नेपाली साहित्य भित्र ‘खस नेपाली भाषा’ साहित्य सहित गुरुङ नेपाली साहित्य, थारु नेपाली साहित्य लगायतका सम्पूर्ण नेपालका साहित्य भन्ने बुझिन्छ । यतिबेला नेपाली साहित्य र नेपाली भाषाहरुको बारेमा नीतिनिर्माण तहका, लेखन क्षेत्रका, बौद्धिकबर्ग सबै स्पष्ट हुनुपर्दछ तब मात्र निष्पक्ष संविधान बन्न सक्दछ र नेपाली समाज युगौयुग सन्तुलित सहिष्णुतामा रहन सक्दछ ।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)