Home विचार / दृष्टिकोण

Opinion

संयुक्त गठबन्धनको आन्दोलन आफैमा प्रत्युत्पादक

नेपालमा नेपाली जनताले विविध खाले आन्दोलनको सामना विगत ७ दशक देखि अनुभव गर्दै आएका छन । आन्दोलनकारीले हरेकआन्दोलनहरु जनताकै लागि हो भन्दै वकालत गर्ने गर्दछन र गर्दै आएका छन । यो सवाल एक हद सम्म सहि भएता पनि आन्दोलनको असर दैनिक जिविकोपार्जन गर्ने मजदुर, सर्वसाधरण, विधार्थीहरु, विरामी र राष्ट्रको अर्थतन्त्रमा त्यसले के कति असर पार्दछ भन्ने सवालमा पनि विचार विश्लेष्ण गर्नु जरुरी छ । कुनै निश्चित समुदायको मागका लागि सम्पूर्ण समुदायले दुख. कष्ट पाउनु आफैमा राम्रो पक्ष होइन आफनो अधिकारको माग गर्दै गर्दा अरुको पनि अधिकारका सवालमा सोच्नु जरुरी छ ।

नेपाली जनताको लामो संघर्ष र वलिदान पश्चात बि सं ०३ असोज २०७२ मा मधेशी मोर्चा र जनजातिहरु असन्तुष्ट हुदा हुदै पनि दुई तिहाई मतको समर्थनले नेपालको संविधान जारी भयो । जारी भए पश्चात मधेशी मोर्चाले तत्कालै मधेशमा आन्दोलन शुरु गर्यो । जसको फलस्वरुप मधेशमा दर्जनौ व्यक्तिहरुले आफनो ज्यान गुमाए भने केही सुरक्षाकर्मीहरुले पनि ज्यान गुमाउन बाध्य भए । नेपाली जनताले भारतबाट अघोषित नाकाबन्दीको सामनो भोग्नु पर्यो ।जुन नाकाबन्दीका कारण नेपाली जनताले अहिले सम्म पनि कालोबजारीको सामना व्यहोर्नु परिरहेको अवस्था छ । सरकारले यो संविधान जारी भएता पनि प्रक्रियागत ढंगले संविधान शंसोधन गर्ने सकिने भएकाले वार्तामा आउन आग्रह गरेको देखिन्छ । तर मधेशी मोर्चाले विगतको वार्ताहरुका कारण वार्तामा बस्नुको कुनै औचित्य नभएको जिकिर गर्दछ । तर सरकारले भने वार्ताको आवहान गर्दै आएको छ ।

मधेशी मोर्चाहरुको आफनो माग आपैमा सान्दर्भिक भएता पनि राष्ट्र र राष्ट्रियताका सवालमा गम्भिर भएको पाइदैन तथापि माग गर्ने अधिकार पार्टी र समुदायलाई भएकोमा कुनै दईमत छैन । तर तिनै मधेशीमोर्चाहरुको आन्दोलनमा आदीवासी जनजातिहरुको आन्दोलन त्यती लचिलो र ओझिलो देखिन्न किनकी मधेशी मोर्चाको माग र आदीवासी जनजातिको माग नेपाल सरकार समक्ष सूत्रबद्ध भएता पनि यी दुई समूहको माग फरक छन भन्ने कुरा हामीले बुइmनु जरुरी छ । मधेशी मोर्चा सीमांकन, स्वायत प्रदेश, नागरिक्ता, जनसंख्या, समानुपातिक निर्वाचन मुख्य माग छ । यत्ता जनजातिहरु, जातिय पहिचान सहितको राज्य र जनसंख्याको आधारमा समानुपातिक समावेशीको मुख्य माग गर्दै आएका छन । यधपि अरु पनि मागहरु छन तथापि मुख्य माग भनेका सायद यिनै हुन भन्ने मलाई लाग्द छ ।

मधेशी मोर्चा र जनजातिहरुको मागका सवालमा स्पष्ट हुनु जरुरी छ । मागका  सवालहरुको गहन अध्यायन गर्ने हो भने यहां राजनीतिक चलखेलको शुरुवाट भएको छ, भन्नेमा कुनै दुइमत छैन । नेपाली आदिवासी जनजातिहरुले आफनो आन्दोलन आफै हाक्न सक्छन तर मधेशी मोर्चा संग संयुक्त आन्दोलन गर्नु जनजातिका लागि अपरिहार्य छैन । किनकी मधेशी मोर्चा सीमांकनको माग गर्दछन जनजातिहरु प्हिचान सहितको राज्यको माग  गर्दछन । मधेशीहरु जनसंख्यको आधारमा निर्वाचन क्षेत्र भन्छन, जनजातिहरु जनसंख्यको आधारमा राज्यका हरेक अंगमा समानुपातिक समावेशीको पक्षमा छन ।यी यावट सवालहरु अध्यायन र विश्लेष्ण गर्दा मधेशी मोर्चाहरु संगको संयुक्त गठबन्धनको आन्दोलन जनजातिका लागि सहज छैन । मधेशी मोर्चाको माग पुरा हुनेहो भने जनजाित हौ भन्नेहरुको पनि पत्तासाफ हुने कुरामा कुनै दुईमत छैन । यो आन्दोलनमा जनजाति नेताहरुको आफनो स्वार्थ पुर्तिका निम्ति लागेको आभास हुन्छ ।

जनजातिका मागका सवालमा पहिला पनि राजनीतिक धुर्वीकरणका कारण जनजाति आन्दोलन सफल नभएका नजिरहरु हामी समक्ष जगजाहेर छन । चाहे त्यो दश बर्षे जनयुद्ध र त्यस पश्चात उत्पन्न विभिनन राजनीतिक घटनाक्रमले प्रष्ट पारेको अवस्था हो । अहिले मधेशी मोर्चा संग गठबन्धन गरेर आन्दोलन गर्नु जनजातिको लागि संयुक्त आन्दोलन घाटक र  आफैमा सहज पक्ष होईन । किनकी फरक धु्रवको माग भएकाले संयोजन हुन सक्दैन भोली सरकारले मागका सवालमा छलफल गर्ने भन्यो भने मधेशी मोर्चाको मागका सवालमा छलफल गर्ने वा जनजातिका सवालमा छलफल गर्ने र कसको मागलाई सरकारले सम्बोधन गर्ने यो सवालमा स्पष्ट नभईकन राजनीतक स्वार्थका लागि आन्दोलन गर्नु जनजातिहरुकै विरुद्धमा छ । नेपाल सरकारले मोर्चालाई सम्बोधन गरेर वार्ताका लागि आव्हान गर्यो तर विविध कारणहरु देखाउदै त्यो सर्वदलीय बैठकलाई मधेशी मोर्चाले संयुक्त गठबन्धनलाई पत्र नपठाएको भन्दै बहिष्कार गर्यो ।

जसको कारणले अहिले मधेशी मोर्चाहरु भित्र पनि संयुक्त गठबन्धनका सवालमा विवाद शुरु भएको छ । किनकी फरक माग र उद्देश्यका कारण आन्दोलनमा लागेका दुई धु्रवका मधेशी मोर्चा र आदीवासी जनजाति भएकाले आन्दोलनको सार्थक्तामा र गन्तव्यमा पुग्छ भन्ने सवालमा प्रश्न चिन्ह खडा भएको छ । यो संयुक्त गठबन्धनको आन्दोलन जनजातिहरुका लागि साच्चैकै प्रत्युत्पादक हुनेमा कुनै र्दुमत छैन ।

 

लेखक: नेत्र पहराई , २ मे २०१६

 

 

प्रदेशी छोरा भाग्यमानी वा अभागी

केदार कुँवर

पोखरा २९, नेपाल

हालसंयुक्त अरब दुवइ,

मानिसले आफ्नो जीवनकालमा भोग्दै आइरहेका अनुभव तथा अनुभुतिहरूबाट ज्ञान हासिल गरि जीवनको भविष्यका मार्गहरूका बारेमा सोच्न बाध्य हुन्छ। कुनै समय त्यस्तो लाग्थ्यो म जस्तो भाग्यमानी यो संसारमा कोही छैन। म आफ्ना वरिपरि रहेका सबै सुख र खुशिहरू मेरा बुबा आमाले नै...

Read more...

देश बिगार्न मा हाम्रो सकृयता किन

अयोध्या प्रसाद श्रीवास्तव

माओवादी सँग रास रचाएर प्रमुख राजनीतिक दलहरुको क्रिया कलाप बाट देश जुन अवस्था मा पुगेको छ् त्यो सर्वविदित नै छ् । चाहे पहाडवासी होउन या तराइवासी लगभग नेत्रित्व पन्क्ती का सबै जना यस् रासलीला का पात्र छ्न र थोरै धेरै इच्छा ले ,अनिच्छा ले सबै दोशी हुन पुगेका छ्न ।सबै धमिलो पानी...

Read more...

नेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु

अयोध्या प्रसाद श्रीवास्तव

द्धितीय विश्वयुद्धको समाप्ति पछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ । विभिन्न राष्ट्र्हरुले आ आफनो शासन व्यवस्था को प्रकृतिको आधारमा राष्ट्र्यि अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित...

Read more...

मंगोलहरुको स्वाभिमान किन जाग्दैन ?

जीवन मंगोल

“गद्दारले धोका दिन्छ, कायरले घुँडा टेक्छ, बीरहरु लड्छन् र इमान्दारहरु अघि बढ्छन् ।” होचिमिन्ह । आहा ! सुन्दै हामी कति बीर, हेर्दै कति बीर जस्तो । हुन पनि हामी पराक्रमी बीर रावणका सन्तान । बुद्ध जस्तै शान्त हामी भित्रको अत्यन्त नम्रता र इमान्दारिता । लाग्छ हामी कतै मूर्ति जस्तै । आफ्नै निम्...

Read more...

मेरो अनुभवमा ट्राफिक टिकेट

मेरो अनुभवमा ट्राफिक टिकेट

नेपालमा दोस्रो भुकम्प गएको खबरले मन दुखिरहेको थियो छोरी शिरीष, ईश्टमित्र साथै देशको अवस्थालाई सम्झेर। त्यस्तो अवस्थामा मैले आफ्नै सामुन्ने गति नाप्ने यन्त्र लिएर उभिरहेको पुलिस अफिसरलाई पनि ख्यालै नराखी गाडी कुदाउँदा स्पिडि टिकेटको भागिदार बने। ट्राफिकको चाप बढेसँगै यस सम्बन्धि नियम कानून पनि त्यत्त...

Read more...

मगर समुदाय र दशैं-तिहार (दशैं मगरको मौलिक चाड होइन, तिहार हो)

एमएस थापा मगर

नेपालको विशेष गरी पश्चिमी भागमा मगर समाजले मनाउने सबैभन्दा ठूलो चाड दशैं र त्यसपछि तिहार हो । तर मगर समाजमा यो चाडपर्व मनाउने चलन कहिलेबाट सुरु भयो ? यसको ऐतिहासिक महत्व र कारण के हो ? यस सम्बन्धमा वास्तविक खोजी नगरी पुर्खाले मान्दै आएको भनी सबै मगरहरुले आँखा चिम्ली मान्दै आएको बुझिन्छ ...

Read more...
More Articles...
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 22

Latest News

Good News!