यसैगरी झापामा चैत २१ गते मङ्गलबार हत्या गरिएका पत्रकार यादव पौडेलको परिवारलाई रु १० लाख आर्थिक सहयोग गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। हत्याको छानबिन गर्न गृहमन्त्रालयको मातहत रहने गरी समिति गठन गरिएको मन्त्री पुनले बताए। अर्थमन्त्री पुनका अनुसार विगतमा समायोजन रोजेका तर फेरि स्वैच्छिक अवकाशमा जान इच्छुक माओवादी सेनाका लडाकुहरूलाई उपलब्ध गराउन आवश्यक रकम शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।
पूर्वमन्त्री सिद्धराज ओझा, पत्रकार गोपाल थपलिया र लोकसेवा आयोगका सदस्य टीकादत्त निरौलालाई उपचार खर्च उपलब्ध गराउने तथा स्वर्गीय नमनारायण झाको उपचारमा भएको खर्च सरकारले व्यहोर्ने निर्णय भएको पनि मन्त्री पुनले जानकारी दिए। साथै मन्त्रिपरिषद्ले केही दिनअघि आगलागीमा परेका गोरखाका पीडित परिवारलाई पनि क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउने निर्णय गरेको छ । अर्थमन्त्री पुनका अनुसार बाली विकास समिति र राष्ट्रिय मुस्लिम आयोग गठन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ। बैठकले नेपाली सेनाका प्रेमप्रकाश थापालाई उपरथी र दीपक कार्कीलाई सहायक रथीमा बढुवा गरेको छ।
श्रोत: रासस




















we want spread the word Gautama BUDDHA was BORN in our NEPAL throughout the whole world......