HongKongNepali.com, The Next Media

Saturday
Aug 02nd
Home नेपाल तथा विश्व समाचार उपचारपछि घर फिर्ने भइन् नरीमाया "तपाईहरुले लगाउनुभएको गुनको ऋण कसरी तिरु ?"

उपचारपछि घर फिर्ने भइन् नरीमाया "तपाईहरुले लगाउनुभएको गुनको ऋण कसरी तिरु ?"

E-mail Print PDF
AddThis Social Bookmark Button

मीना थापा मगर

पोखरा, चैत्र ११

‘गाउँलेले ऋण तिर्न सक्दैन भनेर पैसा सापटी सम्म दिन चाहेनन् तर तपाईहरुले लगाउनु भएको गुनको ऋण म कसरी तिरुँ ? म नतमस्तक छु तपाईहरुले दिनुभएको सहयोगको सह्राहना सम्म गर्न सक्दिन । तपाईहरुलाई धन्यवाद सम्म दिएर पनि नपुग्ने त्यो शब्द म कसरी व्यक्त गरुँ ?’ यो वाक्य थियो श्रीमाया थापा मगरको । विगत २६ दिन अघिदेखि चरक हस्पिटलमा उपचाररत छोरी नरीमाया थापा मगरको सहयोगार्थ जम्मा गरिएको रकम ४० हजार ४ सय ४४ रुपैयाँ बुझ्दै बलिनधारा आसुको भेलसँगै उब्जेको उनको भावना ।


तनँहु जिल्ला भिरकोट गा.वि.स वडा न. ६ निवासी पदम वहादुुर थापा तथा आमा श्रीमाया थापाकी १२ वर्षकी छोरी नरिमाया विगत २६ दिनदेखि उपचारको लागि चरक हस्पिटलमा राखिएकी छिन् । फागुन १६ गते घांस काट्न जाँदा रुखवाट लडेर गम्भिर घाइते भएकी नरीमायाको फोक्सो र आन्द्रामा असर पर्नुका साथै दाहिने हात समेत भाच्चिएको अवस्थामा उनको उपचार भैरहेको छ । उनको शल्यक्रियापछि १७ दिनसम्म चरक हस्पिटलको आकस्मिक कक्षमा उपचार भई हाल सर्जरी वार्डको वेड न. ७० मा उपचार गराइरहेकी छिन् ।


‘घरबाट आउँदा म सँग एक पैसा पनि थिएन, गाउँलेहरुले छोरीलाई सिधै यही भर्ना गरिदिए । छोरी बाँच्छे कि बाँच्दिनन् ठम्म्याउनै गाह्रो भो त्यसमाथि कति खर्च लाग्ने हो त्यो एकीनसम्म भएन । एकैचोटी डाक्टरले छोरीको अपरेसन गरे बाँच्छ नत्र बचाउन गाह्रो छ भनिदिए । मैले डाक्टरलाई बिन्ति गरे  म सँग पैसा छैन, अपरेसन नगरिकन मेरो छोरी बचाइदेऊ । एकहातले आँसु पु्छ्दै श्रीमायाले पिडा सुनाइन् । ‘जसरी पनि तिम्रो छोरी बचाउन अपरेसन गर्नै पर्छ भनेपछि अपरेसनको लागि सही गरे’ । गाउँघरबाट खोजेर ल्याएको २० हजार भर्ना गर्दा र बस भाडामा नै सकियो । हस्पिटल स्रोतका अनुसार उनको उपचारको लागि रु १ लाख लाग्ने भएपछि अर्को पिडाले सतायो श्रीमायालाई ।


घरको आर्थिक अवस्था निकै नाजुक भएकोले सहयोगको याचना सहित विभिन्न संघसंस्था, व्यक्ति, समुदाय र कार्यालयमा आफ्नो छोरीको जीवन वचाउनको लागि धाइन् श्रीमाया । उनको साथमा थिए आफन्ै वडाका वडा संयोजक दुर्गा बहादुर आले मगर । उनी भन्छिन् ‘सिमित व्यक्तिहरुबाट मात्र सहयोग भयो । गरिवलाई त सबैले हेप्दा रहेछन् । आफूले सकेको सहयोग गर्न पनि चाहेनन् । तर तपाईंहरुको यो सहयोग सोच्नै नसक्ने खालको रह्यो ।’ शुरुमा आफ्नो छोरी बाँच्छे भन्ने अनुमानसम्म नगरेकी श्रीमायाले केही मगर युवाहरुको सहयोग र आश्वासन पाएपछि भने अब त केही होला कि भन्ने हिम्मत जाग्यो । उनका बाबु दमको रोगी भएको र घरको आय स्रोत केही नभएकोले केही विपद भइहाल्यो भने आर्थिक स्रोत जुटाउन हम्मेहम्मे हुने वडा संयोजक दुर्गा बहादुर आले बताउछन् । उनी भन्छन्– मैले यति धेरै विरामीलाई हेरचाह गरे, गाउँको सेवामा पनि लागे तर यो बिरामीको जस्तो अप्ठ्यारो परिस्थिति कहिल्यै पनि आएन । कहिलेकाँही विरामीलाई खुवाउन खानेकुरा किन्ने पैसा पनि हुँदैनथ्यो । उनको सहयोगको लागि कैयौं आफन्तहरुलाई बिन्ति गरें तर प्रायः विफल भयो । धन्य, तपाईहरुको ठूलो सहयोगले आज उनले नयाँ जिवन पाइन् ।’


नरमायाको लागि औषधी किनिने नेशनल फार्मेसीका प्रोपाइटर केशरी प्रसाद तिवारी भन्छन्– ‘उनको लागि एकदम हाई डोजको औषधी प्रयोग गरिन्थ्यो जुन औषधी पानीमा खेर गइरहेछ कि भन्ने लागेको थियो, तर आज उनी बाँच्न सफल भईन्, त्यही नै गर्वको कुरा हो ।’नरीमायाको घरको आर्थिक स्थिति अत्यन्त नाजुक भएको कारण जवनरक्षाको लागि पोखरामा मगर विद्यार्थी संघ कास्कीको अगुवाइमा नरीमाया वचाउ अभियानमा सहयोग समिति गठन गरिएको थियो । जसको संयोजकमा विनोद रखाली मगर र सदस्यहरुमा मिना थापा मगर, रुद्र श्रीस मगर र गम्भिर राना मगर रहेका थिए । झण्डै १ हप्तासम्म देश तथा विदेशमा रहेका मगर संघ, विभिन्न व्यक्तित्वहरुबाट रकम संकलन गरी शनिबार एक कार्यक्रमका बीच नरीमायाकी आमा श्रीमाया थापा मगरलाई ४० हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिएको थियो । अभियानका संयोजक विनोद रखाली मगर तथा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगरले सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग गर्ने सहयोग दाताहरुमा कतारमा रहेका मगरहरुको साझा सस्था प्रवासी मगर संघका महासचिव शरण थापा मगरको नेतृत्वमा संकलित रु २६ हजार ६ सय, नेपाल मगर संघ माटेपानी इकाइ समितिबाट रु. ५ हजार १ सय ५, सम्राट रेष्टुरेष्ट चिप्लेढुंगाबाट रु. २ हजार ५ सय ५, नेपाल मगर महिला संघ रामबजारबाटर रु.५००, जौमाया थापा मगरबाट रु. १०००, मगर विद्यार्थी पिएन क्याम्पस इकिाइ समितिबाट रु.१८३०, मगर विद्यार्थी संघ कालिका बुहमुखीबाट १९२२, ट्राफिक प्रहरी कास्कीका प्रमुख विर वहादुर वुढा मगरबाट रु १००५ लगायत विभिन्न व्यक्ति तथा मगर संघहरुबाट सायोग प्राप्त भएको थियो । हालसम्म रु ५० हजार संकलन भएको र विदेशी संघसंस्थाहरुबाट अझै सहयोग आउने क्रम जारी रहेकोले अर्को कार्यक्रमको आयोजना गरी बाँकी रकम हस्तान्तरण गरिने अभियानका संयोजक विनोद रखाली मगरले बताउनुभयो ।


नरीमाया बाँच्छिन् भन्ने कसैले नसोचेको अवस्थामा पोखराका मगर युवाहरुको सहयोगमा उनले नयाँ जीवन पाएकोमा गर्व हुँदै दुर्गा बहादुर भन्छन् ‘नरीमायाको लागि निशुल्क शिक्षाको व्यवस्थाको लागि पहल गर्ने छु ।’ करिब १ महिलनाको उपचार पछि नयाँ जीवनसँगै अब नरीमाया आइतबार घर फर्किदै छिन् ।

 
Comments (1)
thank you
1 Sunday, 25 March 2012 13:53
binod rakhali magar
thank u all..............!
for ur help

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News!

free counters

(Since April 2009)