HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home नेपाल तथा विश्व समाचार मगरहरूले राष्ट्रको नेतृत्व गर्नुपर्छ–डा. देव थापा

मगरहरूले राष्ट्रको नेतृत्व गर्नुपर्छ–डा. देव थापा

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीस मगर

पौष १६, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष (बाह्र मगरात) डा. देव थापामगरले दमौलीमा आगामी माघ १३ गतेदेखि हुने नेपाल मगर विद्यार्थी संघको आसन्न सातौं राष्ट्रिय महाधिवेशनले नयाँ इतिहास कोर्ने कामना गर्नुभएको छ । 

संघको दमौलीमा शुक्रबार केन्द्रीय समितिको सातौं पूर्ण बैठकको उद्घाटन गर्दै डा. थापाले राज्यप्रणालीको त्रुटिका कारण मगर जाति पछाडि परेको चर्चा गर्दै जातीय पहिचान सुरक्षित गर्न मगर भाषा, धर्म र संस्कृतिको जगेर्ना गरिनुपर्नेमा जोड दिनुभयो । अब मगर जातिले राष्ट्रको नेतृत्व गर्नुपर्ने बेला आएको भन्दै डा. थापाले आपसमा झगडा र फुट नभई एकजुट भएर अधिकारका लागि संघर्ष गर्नु आवश्यक भएको बताउनुभयो ।

नेपाली कांग्रेसकी सभासद् पार्वती रानामगर ‘उर्मिला’ले अहिलेसम्म राजनीतिक दलहरूले मगर जातिलाई खाली उपयोग मात्रै गरेको आरोप लगाउनुभयो । मगर जातिको अधिकारको संवैधानिक सुनिश्चितताका लागि दलीय स्वार्थभन्दा माथि उठ्नु आवश्यक रहेको भन्दै सभासद् उर्मिलाले मगरात स्वायत्त राज्य स्थापनाका लागि आफू प्रतिबद्ध भएको बताउनुभयो ।

नेपाल मगर संघका केन्द्रीय सदस्य ताराबहादुर थापामगरले मगर जातिभित्र विद्यमान भाषिक, सांस्कृतिक विविधतालाई बुद्धिमतापूर्वक संरक्षण र विकास गर्नुपर्ने बताउँदै मगर समुदायको एकताका लागि सबै लाग्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघका वरिष्ठ उपाध्यक्ष यमबहादुर आलेमगरले मगर विद्यार्थीको महाधिवेशन तनहुँ जस्तो मगर बाहुल्य भूमिमा हुन लाग्नु अत्यन्त महत्वपूर्ण भएको भन्दै महाधिवेशनलाई ऐतिहासिक बनाउन प्रशस्त तयारी गरिएको जानकारी दिनुभयो । राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय युवा मोर्चाका केन्द्रीय सदस्य झकबहादुर सारूमगरले सबै मगर एक भए मात्र मगर समुदायको अधिकार सुनिश्चित हुनसक्ने बताउनुभयो ।

बैठकको उद्घाटन सत्रमा नेपाली कांग्रेसका तनहुँ क्षेत्र नं. ३ का संविधानसभा उम्मेदवार ताराराज रानामगर, पूर्व जिविस उपसभापतिद्वय निरबहादुर थापामगर र बलबहादुर आलेमगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष राजेन्द्र कुमाल, नेपाल मगर संघ तनहुँका अध्यक्ष वसन्त आलेमगर, राष्ट्रिय जनमुक्ति पार्टी तनहुँकी उपाध्यक्ष मन्धरी आलेमगर, नेपाल राष्ट्रिय मगर संघ तनहुँका अध्यक्ष इन्द्रबहादुर आलेमगर, नेपाल मगर संघ तनहुँका उपाध्यक्ष क्या. खिलबहादुर थापामगर, व्यास नगर समितिका अध्यक्ष क्या. तिलबहादुर रानामगर, मगर गुठ समिति दमौलीका अध्यक्ष सु. बहादुरसिंह थापामगर, मगर मोई गुठ समिति दमौलीकी अध्यक्ष मीना थापामगर, नेपाल मगर लेखक संघ तनहुँकी अध्यक्ष गीता थापामगरलगायतले महाधिवेशनको सफलता तनहुँ जिल्लाको प्रतिष्ठासँग गाँसिएको भन्दै सफल र ऐतिहासिक बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

मगर विद्यार्थी संघकी केन्द्रीय महिला उपाध्यक्ष रेनुका काउचामगरको स्वागत मन्तव्यसँगै सुरु भएको उद्घाटन सत्रको सञ्चालन महासचिव नरेन्द्र थापामगरले गर्नुभएको थियो । उद्घाटनसत्रको समापन गर्दै अध्यक्ष माधवकुमार दर्लामीमगरले महाधिवेशनको भव्य सफलताका लागि तनहुँबासीले उत्साहजनक तयारी थालेकोमा धन्यवाद दिँदै महाधिवेशन नसकिएसम्म कुनै कुराको कमी नहुने गरी तयारी गर्न मगर विद्यार्थीहरूलाई निर्देशन समेत दिनुभयो ।

यस्तै, संघको सातौं पूर्ण केन्द्रीय बैठक विभिन्न समसामयिक निर्णय गर्दै शनिबार सम्पन्न भएको छ । विभिन्न केन्द्रीय सदस्यहरूले बैठकमा रिपोर्टिङ गरेपछि अध्यक्ष दर्लामीमगरले आफ्नो प्रस्ताव संशोधनसहित पारित गराउनुभएको थियो । बैठकको निर्णयानुसार पौष मसान्तसम्ममा महाधिवेशन प्रतिनिधिहरूको नामावली र प्रतिनिधि शुल्क बुझाइसक्नुपर्ने छ । त्यस्तै, अध्यक्ष माधवकुमार दर्लामीमगरको युरोप भ्रमण समेत बैठकले स्वीकृत गरेको छ । अध्यक्ष दर्लामी यही पौष २७ गते युरोप प्रस्थान गर्ने कार्यक्रम छ । जस अन्तर्गत बेल्जियम, जर्मनी, स्पेन, फ्रान्स, इटालीलगायतका देशमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । अध्यक्ष दर्लामी, पोखरा विश्वविद्यालयका पूर्व उप–कुलपति समेत रहनुभएका वित्तशास्त्री प्रा.डा. केशरजङ्ग बरालमगरको नेतृत्वको भ्रमणटोलीसँगै युरोप भ्रमणमा जान लाग्नुभएको हो ।

 
Comments (1)
about the magar
1 Thursday, 05 January 2012 09:31
tara chochangi mgr

mathi ullekh gariye ka kura haru bhawna bat atma bata bolinu parchha. annetha gohiko aasu hune chha. aatma bhari nepali kangres, uml & mau badi ka kura lukai badhetale magar ka kura gardai hidchhan bhane hamro samaj ko abastha kasto hola ?

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)