HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home नेपाल तथा विश्व समाचार संघीय लिम्बुवानको सङ्गठन विस्तार

संघीय लिम्बुवानको सङ्गठन विस्तार

E-mail Print PDF
AddThis Social Bookmark Button

२०१२ जनवरी ४,लिम्बुवानको सशक्त राजनीतिक सङ्गठन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको जनजागरण अभियान एवम् प्रत्येक गाउँगाउँसम्म सङ्गठन विस्तार गर्ने कार्यक्रम अन्तर्गत  ताप्लिजोङ क्षेत्र नं। २ को दोभानमा गरिएको ऐतिहासिक आमसभापछि २०६८ पुस १५ गते हाङ्पाङमा संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाङ्पाङ गाउँ समिति गठन गरिएको छ ।

मञ्च सम्बद्ध संघीय लिमबुवान राज्य परिषदका केन्द्रीय सदस्य तथा उपत्यका उपाध्यक्ष विष्णु यक्सोको विशेष आतिथ्य तथा ताप्लिजोङ जिल्ला उपाध्यक्ष भुपेन्द्र माबो, जिल्ला सदस्य नरेन्द्र मादेन, एलभी फिल्ड कमाण्डर राजा माबो, एलभी वीरेन्द्र माबो र  लिम्बुवानी कलाकार खगेन्द्र यक्सोको आतिथ्य एवम् उपस्थितिमा हाङपाङको सरस्वती उच्च माविको प्राङ्गणमा पुस १५ गते भएको भेलाले स्थानीय राजेन्द्र यक्सोको अध्यक्षतामा ११ सदस्यीय संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाङ्पाङ गाउँ समिति गठन गरेको हो ।

 

संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाङ्पाङ गाउँ समितिमा अध्यक्ष राजेन्द्र यक्सो, उपाध्यक्षः प्रेम यक्सो, सचिवः जीवन चोङ्बाङ, सह(सचिवः दिलकुमार यक्सो, कोषाध्यक्षः अमर लाओती र सदस्यहरू काजीमान पङ्धाक्, अशोक आङ्बुहाङ, रामभक्त यक्सो, शेरबहादुर यक्सो, मनबहादुर यक्सो र यज्ञबहादुर यक्सो रहेका छन् ।

 

त्यसैगरी, यही भेलाले लिम्बुवान भोल्युण्टियर्स ९एलभी० को सिभिल कमाण्ड नवीन यक्सोको कमाण्डमा प्राइमरी कमाण्डरहरू फिरोज यक्सो, खगेन्द्र गुरुङ, दीपक आङ्बुहाङ र एलभीहरू चेतन प्रसाइँ, निखिल यक्सो, कमानसिङ यक्सो, मिलन यक्सो लगायत २१ सदस्यीय एलभी कमाण्ड समेत गठन गरिएको छ । साथै, सल्लाहकारको रुपमा संघीय लिम्बुवान तुम्याहाङ परिषद हाङपाङ गाउँ कार्य समिति अमरबहादुर यक्सो र हर्क यक्सोको संयोजकत्वमा गठन गरिएको छ ।

लिम्बुवानको सन्दर्भमा ऐतिहासिक कदम मानिएको यस भेलाले मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाङपाङ गाउँ कार्य समितिमा अधिकांश स्थानीय शिक्षक तथा बौद्धिक व्यक्तित्वहरू सङ्गठनमा आवद्ध हुनु भएको छ । पुस ३ गते ताप्लिजोङको दोभानमा सम्पन्न ऐतिहासिक आमसभापछि लिम्बुवानका केन्द्रीय सदस्य विष्णु यक्सोको नेतृत्वमा ताप्लिजोङ क्षेत्र नं। २ को चाङ्गे, नेसुम, सोबुवा र हाङपाङ गाउँमा लिम्बुवानका लागि  सचेतना तथा जनजागरण अभियान नै चलाइएको थियो ।

उक्त भेलाले आगामी माघ २५ र २६ गते एलभी प्राइमरी कमाण्डका अध्यक्ष र सचिवलगायतलाई जिल्ला कमिटिले प्रशिक्षण गराउने र अबको हरेक शनिबार गाउँ कमिटिको बैठक बसी सङ्गठन विस्तार गर्ने निर्णय समेत गरिएको छ । साथै, लिम्बुवान ताप्लिजोङको २ नम्बर क्षेत्र हाङ्पाङमा आगामी ६ महिनाभित्र एक क्षेत्रीय आमसभा तथा विशेष प्रशिक्षण कार्यक्रम गर्ने योजना समेत तय गरिएको छ ।

कार्यक्रममा बोल्दै स्थानीय एमाओवादी गाउँ कमिटिका सचिव दिलकुमार सावाले यो ९ जिल्ला लिम्बुवान लिम्बुवान नै हो भन्दै  लिम्बुवानवासी भएको नाताले जुनसुकै पार्टीमा रहे पनि लिम्बुवान चाहनेहरूले लिम्बुवानको नारालाई बुलन्द पार्न आह्वान गर्नुभयो । साथै, वहाँले ए नेकपा माओवादीले लिम्बुवानको नारा छोडेको दिन आफू माओवादी नरहने कुरा समेत बताउनु भयो ।

स्थानीय सरस्वती उच्च माविका प्राचार्य हर्क यक्सोले आफू जन्मिदै कम्युनिष्ट भएको परिवारमा जन्मेको तर पनि आफ्नो रगत र माटोको पहिलो  नाता लिम्बुवानसँग भएकोले अब लिम्बुवान हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी, केन्द्रीय सदस्य तथा कार्यक्रमका विशेष अतिथि विष्णु यक्सोले आफ्नो जीवनका सम्पूर्ण चाहनाहरू पूरा भएर अब यूकेको नागरिक हुन पाउँदा पनि आफू यूके नगएर उही जन्मभूमि हाङपाङ र लिम्बुवानको नागरिक हुन सारा कुरा त्यागेर अहिले लिम्बुवानको आन्दोलनमा लागेको बताउँदै सबैलाई यो आन्दोलनमा साथ दिएर लाग्न हार्दिक आह्वान गर्नुभयो ।

यसरी नै परिषद ताप्लिजोङका जिल्ला उपाध्यक्ष भुपेन्द्र माबोले अब यो लडाइँमा सबै जातजाति भाषा, धर्म समुदायले साथ नदिएसम्म यो लिम्बुवान बनाउने यात्रा अधुरो रहने भएकोले सबै लिम्बुवानावासीले काँधमा काँध, साथमा साथ मिलाउनको लागि आह्वान गर्नुभयो । साथमा, एलभी फिल्ड कमाण्डर अतिथि राजा माबोले सबै एलभीहरूलाई अनुशासित भएर सबैसँग सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो ।

नव गठित समितिका सबै पधाधिकारी तथा सदस्यहरूले सङ्गठनको लक्ष्य(उद्देश्य अनुसार लिम्बुवानको लागि लागिपर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा उपस्थित् अतिथि लिम्बुवानी कलाकार खगेन्द्र यक्सोले भेलालाई सम्बोधन गर्दै आफूले लिम्बुवानका लागि विभिन्न गीत(सङ्गीतमार्फत् लिम्बुवानको आवाज उठाउँदै आएको बताउँदै वहाँले आखिर जुनसुकै जाति र जुनसुकै पार्टीले जेसुकै भने पनि आखिरिमा सबै लिम्बुवानवादीहरू एकहुनुको विकल्प नरहेको बताउनु भयो । वहाँले लिम्बुवानवादी सङ्गठनहरू जतिसुकै भएपनि गन्तव्य एउटै भएकोले जतिसक्दो चाडो एक भएर एउटै युद्ध मैदानमा उत्रनको लागि आह्वान गर्नुभयो ।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)