ओली कमरेडलाई पार्टीको तेस्रो वरियतामा राखिएकोमा मेरो कुनै विमति छैन’, प्रेस चौतारी मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका महासचिव पोखरेलले भने- मेरो असन्तुष्टि छ भनेर बाहिर आएको कुरामा कुनै सत्यता छैन। उनले पार्टीलाई एक ढिक्का र सङ्गठित बनाउन सबैको सल्लाहमा वरियता तोकिएको पनि बताए।
तर उनले नेता ओलीलाई संविधान सभा सदस्य (सभासद्) बनाउने कुरामा पार्टीमा कुनै छलफल नभएको भने ठोकुवा गरे। ‘उहाँलाई सभासद् बनाउने कुरा पार्टीमा छलफल भएको छैन’, पोखरेलले भने- तर एमालेलाई फेरि सरकारकोनेतृत्व गर्ने जिम्मेवारी आए ओली कमरेड पनि प्रधान मन्त्री बन्न सक्षम छन्। वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिँदै नेता पोखरेलले भने- अरु जोसुकै नेताको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन एमाले तयार छ, तर बाबुराम भट्टराई हुँदैन।

















