HongKongNepali.com, The Next Media

Friday
Oct 24th
Home नेपाल तथा विश्व समाचार नेपाल मगर संघको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न

नेपाल मगर संघको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

२०११ डिसेम्बर १६, गत शनिवारदेखि गुल्मी जिल्लाको सदरमुकाम तमघासमा शुरु भएको नेपाल मगर संघको १० औं राष्ट्रिय महाधिवेशन दुई दिन ढिलो गरी नयाँ नेतृत्व चयन गर्दै विहिवार सकिएको सहमतिवाट नेतृत्व चयन गर्ने व्यापक पहल भएपनि त्यसो हुन नसकेपछि निर्वाचन प्रणालीवाट महेन्द्र थापा मगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै विहीवार सकिएको हो

अध्यक्ष महेन्द्र थापाले सय ८० मत प्राप्त गरी विजयी भएका हुन उनका प्रतिस्पर्धी वमकुमारी वुढा मगरले सय ४४ मत प्राप्त गरेकि थिईन संघको वरिष्ठ उपाध्यक्षमा वसन्त घर्ति निर्विरोध निर्वाचित भएका छन भने महिला उपाध्यक्ष श्याममाया पुनले सय ५८ मत लिई निर्वाचित भएकि थिईन उनका प्रतिस्पर्धी मनु थापा मगरले सय ३८ मत प्राप्त गरेका थिए

क्षेत्रीय उपाध्यक्षहरुमा पुर्वाञ्चलवाट गंगावहादुर थापा, मध्यमाञ्चलवाट चित्रवहादुर लुङ्गेली, पश्चिमाञ्चलवाट वालसिंङ काउछा मगर, मध्य पश्चिमाञ्चलवाट गुरुप्रसाद घर्ति सुदुर पश्चिमाञ्चलवाट तेज तरामी मगर निर्वाचित भएका छन भने १२ मगरात भाषिक उपाध्यक्षमा डा. देववहादुर थापा १८ मगरात भाषिक उपाध्यक्षमा कर्णवहादुर वुढा मगर निर्वाचित भएका छन

समितिको महासचिवमा नविन रोका निर्वाचित भएका छन रोकाले सय मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी वालकृष्ण काउछाले सय मत प्राप्त गरेका छन् त्यस्तै मुख्य सचिवमा ओम थापा, कोषाध्यक्षमा क्याप्टेन कुलप्रसाद पुन निर्विरोध निर्वाचित भएका छन सय को अत्याधिक मतले विजयी हुने संगठन सचिव ज्ञानेन्द्र पुनका प्रतिस्पर्धी तेजेन्द्र खामले ८५ मत प्राप्त गरेका छन् त्यस्तै प्रचारप्रसार प्रकाशन सचिव माधवकुमार दर्लामी सय ८९ मत लिई विजयी भएका छन् भने विदेश सचिव रक्षा वहादुर रैका निर्विरोध निर्वाचित भएका छन्

लुम्विनी अञ्चलवाट केन्द्रीय सदस्य पदका लागि पिताम्वर सारु, गमवहादुर थापा मिना थापा निर्वाचित भएका छन् निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण समेत गराईएको थियो

घोषणा सभामा अध्यक्ष पदका प्रतिस्पर्धी वमकुमारी वुढा, पुर्व मन्त्री भिमकुमारी वुढा, संघका निवर्तमान अध्यक्ष झकवहादुर थापा, नवनिर्वाचित अध्यक्ष महेन्द्र थापा लगायतले मन्तव्य राखेका थिए यस्तै नवनिर्वाचित केन्द्रीय समितिको प्रथम वैठक पनि आजै वसेको समितिको अर्को वैठक पौष २० गते केन्द्रीय कार्यालय काठमाण्डौमा वस्ने भएको

महाधिवेशनमा देशभरीका ६३ जिल्ला, भातृसंगठन देशवाट गरी सय १९ जना प्रतिनिधी सय जना पर्यवेक्षकको सहभागीता रहेको थियो मंसिर २४ गतेबाट सुरु भएको महाधिवेशनको अर्थमन्त्री बर्षमान पुनले शनिवार उद्घाटन गरेका थिए ऐतिहाँसिक सहमतिको आधारमा नेतृत्व चयन गर्ने भन्दै लामो समयसम्म प्रयास जारी राखे पनि सहमति हुन नसकेपछि महाधिवेशन निर्वाचन पद्धतिमा धकेलिएको थियो

 
Comments (1)
very good
1 Monday, 19 December 2011 22:54
dal bdr chochangi
kucho le badarne dhulo hawale badar chha bhane dherai ramro jun party ko neta haru dharma bhaneko afim ho saskriti bhaneko bikrti ho manchhe chandrama ma pugi sake k ko jati k ko bhasa bhandai hin chhan uniharuko kare karta haru jatiye sastha ma ayera kam garchhu bhanchha bhane very good

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)