HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home नेपाल तथा विश्व समाचार गुरुकुल शिक्षा मासिकको बिमोचन भयो

गुरुकुल शिक्षा मासिकको बिमोचन भयो

E-mail Print PDF
AddThis Social Bookmark Button


हरि बहादुर शारु
असोज २१,तानसेन पाल्पा
प्लस मिडिया कन्सर्न पाल्पाद्धारा प्रकाशित गुरुकुल शिक्षा मासिक पत्रिकाको राष्ट्रिय सूचना आयोगका अध्यक्ष तथा साहित्यकार बिनय कुमार कसजुले विमोचन गर्नु भयो । तानसेनमा आयोजित विमोचन कार्यक्रमका प्रमुख अथिति समेत रहुनु भएका कसजुले अहिलेको शिक्षा समाज सुधारका लागि हुनु पर्ने भएकोले पत्रिकाले २१ औँ शताब्दीको शिक्षालाई सुहाउँदो सामग्री पस्कन सक्षम हुनु पर्ने बताउनु भयो । उहाँले मोफसलबाट प्रकाशित पत्रिकाहरुको लागि चुनौतिहरु धेरै भए पनि यो पत्रिकाले निरन्तरता पाउनेमा आफु विश्वस्त भएको उल्लेख गर्नु भयो ।

गुरुकुल शिक्षा मासिकका प्रधान सम्पादक डा.मुरारी पराजुलीले शैक्षिक क्षेत्रको उत्थान र बिकासका लागि पाल्पाबाट पत्रिका प्रकाशनको शुरुआत गरेको बताउनु भयो । अहिले सम्मको सञ्चार मिडियाले शैक्षिक दुनियाँलाई समेट्न नसकेकोले त्यस क्षेत्रलाई समेट्ने प्रयास गरिएको उहाँले उल्लेख गर्नु भयो । बिमोचन समारोहका प्रमुख समालोचक गोपाल प्रसाद बस्यालले पत्रिकाले उठान गरेका विषयहरु उत्प्रेरक र समय सन्दर्भिक भएको बताउनु भयो ।
 
प्लस मिडिया कन्सर्न पाल्पाका अध्यक्ष मेहर सिं थापाको अध्यक्षतामा चलेको बिमोचन कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा परिक्षण समितिका सदस्य धनेन्द्रराज घिमिरे, एनेकपा माओवादीका दल बहादुर राना, नेपाली काँग्रेस पाल्पाका सचिव माधव नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुल बहादुर कुवर, नेकपा एकिकृत पाल्पाका अध्यक्ष नबिन थापा, शिक्षक युनियन पाल्पाका कोषाध्यक्ष लक्ष्मी ढुंगाना, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष राजेश कुमार अर्याल, बुद्धिजिबी बनमाली निराकार, जिल्ला शिक्षा कार्यालय पाल्पाका प्रतिनिधि तथा स्रोत व्यक्ति टेक बहादुर खत्री, गुरुकुल मासिकका सम्पादक असबीर सारु, कार्यकारी सम्पादक दल बहादुर गुरुङ, प्रबन्ध सम्पादक राजेन्द्र पाण्डे लगायतले पत्रिकाको निरन्तरताको बोल्नु भएको थियो ।

 

 
Comments (1)
Thanks
1 Sunday, 16 October 2011 18:33
Mhar singh Thapa
Dear hari sir,
thanks for Appricate news. it is one of the Good prictice on Education.

Thanks

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)