अनु थापा मगर र रुद्र श्रीस मगर
२९ जनवरी २०११, पोखरा। मगर समुदायका प्रख्यात विद्वान् डा. हर्षबहादुर बुढामगरको मधुमेह रोगका कारण ८३ वर्षको उमेरमा काठमाडौंको अलका अस्पतालमा शुक्रबार निधन भएको छ।
बागलुङको गलकोटमा जन्मनुभएका स्वर्गीय डा. बुढामगर मगर समुदायका एक अग्रज अगुवा हुनुहुन्छ। वर्तमान नेपाल मगर संघ तत्कालीन नेपाल लाङ्घाली परिवार संघको संस्थापक केन्द्रीय अध्यक्ष समेत रहिसक्नुभएका डा. बुढामगरले भारतको पटना विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो। बेलायती सेनाबाट सेवा निवृत्त भएपछि डा. बुढामगरले मगर जातिको इतिहास खोज अनुसन्धानमा लामो समय बिताउनुभएको छ। दुई छोरा र छ छोरीका बाबु डा. बुढामगरका प्राचीन किराँत वंश र मगरहरु मग्यार र मगरहरु मगर र मगर शक्तिहरु श्री ५ महेन्द्र ः अन्तरंग र व्यक्ति नेपालका प्रथम सहिद लखन थापामगर माष्टर मित्रसेन थापामगर लगायतका चर्चित पुस्तक गरी १९ वटा पुस्तक प्रकाशित छन्।
यसैबीच डा. बुढामगरको निधनप्रति मगर संघ संस्थाहरुले शोक व्यक्त गरेका छन्। नेपाल मगर संघ कास्कीले एक शोक विज्ञप्ति प्रकाशित गरी डा। बुढामगरको निधनप्रति दुःख व्यक्त गरेको छ। अध्यक्ष पूर्णबहादुर रानामगरद्वारा जारी शोक विज्ञप्तिमा राष्ट्रले एक होनहार प्रतिभा गुमाउनु्परेकोमा समग्र मगर समुदाय नै स्तब्ध भएको उल्लेख गरिएको छ। साथै मगर समुदायको व्यक्तित्व भएकै कारण डा। बुढामगर जस्तो राष्ट्रको ऐतिहासिक साहित्यिक साँस्कृतिक पक्षमा महत्वपूर्ण योगदान पुर् याएका व्यक्तित्वको निधनप्रति सरकारी बेवास्ताको निन्दा समेत गरिएको छ। यसैगरी नेपाल मगर लेखक संघ गण्डकी अाचल समिति नेपाल मगर विद्यार्थी संघ कास्की गणतान्त्रिक मगर विद्यार्थी माच पृथ्वीनारायण क्याम्पस समिति लगायतका संघ संस्थाहरुले समेत डा। बुढामगरको निधनप्रति शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन्।


















